९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

अमेरिकामा क्यान्सरसँग लडिरहेका विवेक पंगेनीको निधन

४ पुष २०८१, बिहीबार १४:३२

काठमाडौँ | अमेरिकामा क्यान्सरसँग लडिरहेका नेपाली युवा विवेक पंगेनीको अस्पतालमा उपचारकै क्रममा निधन भएको छ। विवेकलाई ब्रेन क्यान्सर भएको थियो ।

चौंथो स्टेजको क्यान्सरसँग लडिरहेका विवेकलाई बचाउन उनकी पत्नी सिर्जना सुबेदीले भरपुर प्रयास गरेकी थिइन्। श्रीमानका लागि गरेको त्याग र समर्पणले सामाजिक सञ्जालमा समेत धेरैको प्रशंसा पाएको थियो।

विवेकको स्वास्थ्य अवस्था केही दिनदेखि गम्भीर बनेको थियो। अन्ततः उनको हिजो निधन भएको सिर्जनाका पिता शिव सुवेदीले पुष्टि गरेका छन्। विवेकका पिता मिनराज पंगेनीले छोरा गम्भीर भएपछि अमेरिका प्रस्थान गरेका थिए। शव नेपाल ल्याउनेबारे निर्णय हुन बाँकी छ।

२०७९ सालमा भौतिकशास्त्रमा पीएचडीका लागि फुल स्कलरशिपमा अमेरिका पुगेका थिए। अमेरिका पुगेको पाँच महिनापछि आमाको निधन हुँदा उनी नेपाल फर्किएका थिए। आमाको काजकिरिया सकेर अमेरिका जाने तयारीमा थिए।
अमेरिका जाने अघिल्लो दिन स्वास्थ्य परीक्षणका लागि अस्पताल लैजाँदा थाहा भयो, विवेकलाई क्यान्सरले गाँजिसकेको रहेछ । चौंथो स्टेजमा पुगेको ब्रेन ट्युमर देखिएको थियो । त्यसपछि उनीहरु निर्धारित दिनमै अमेरिका गए र विवेकलाई त्यहाँको अस्पतालमा भर्ना गरियो ।

अमेरिका पुगेपछि विवेकको दुईपटक शल्यक्रिया गरियो र ७०% ट्युमर हटाइयो। बाँकी उपचारका लागि किमोथेरापी र रेडियसन गरियो। सिर्जनाले श्रीमानको अवस्था बारे सामाजिक सञ्जालमार्फत जानकारी गराउँदै सहयोगको अपिल गरेकी थिइन्। त्यसपछि गो फन्डमार्फत १ लाख २ हजार डलरभन्दा बढी रकम संकलन भएको थियो।

विवेकको मृत्युअघि चार महिना अगाडि उनका भाइको पनि दुर्घटनामा निधन भएको थियो। विवेकको परिवारले छोटो समयमै दुई ठूला क्षति सहनुपरेको छ।

विवेक र सिर्जनाको प्रेम र संघर्षको कथा टिकटकमा निकै चर्चित थियो। उनीहरूको असामयिक मृत्युले धेरैलाई मर्माहत बनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो