२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भैरहवा मेडिकल कलेजमा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा डिस्पोज

२०८१, ५ पुष शुक्रबार १५:२८

काठमाडौँ | भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज तथा शिक्षण अस्पताल परिसरमा फेला परेको शंकास्पद वस्तु डिस्पोज गरिएको छ।

भैरहवास्थित नेपाली सेनाको श्री काली भक्ति गणको टोलीले अस्पतालको पार्किङ क्षेत्रमा घडी, तार र ब्याट्री जडान गरी ह्याण्डलाई डोरीले बाँधेर राखिएको प्रेसर कुकरलाई पड्काएर डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डीएसपी सुरज कार्कीले जानकारी दिए।

फेला परेका प्रेसर कुकर जीर्ण अवस्थामा थियो। जसलाई पड्काएर डिस्पोज गरिएको हो। ‘उक्त वस्तु कसले र किन राख्यो अझै खुलेको छैन’, डीएसपी कार्कीले भने, ‘अस्पताल प्रशासनसँग चन्दा माग गरेको लगायतको विषयमा हामीलाई उजुरी प्राप्त भएको छैन तर घटनाका सम्बन्धमा हामी अनुसन्धान गर्दैछौँ।’

ब्यागमा शंकास्पद वस्तु राखिएको देखिएपछि अस्पताल प्रशासनले जिल्ला प्रशासन कार्यालय रुपन्देहीलाई खबर गरेको थियो। बम पड्काएर डिस्पोज गर्दा अस्पतालमा कुनै क्षति नभएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक