८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भैरहवा मेडिकल कलेजमा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा डिस्पोज

५ पुष २०८१, शुक्रबार १५:२८

काठमाडौँ | भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज तथा शिक्षण अस्पताल परिसरमा फेला परेको शंकास्पद वस्तु डिस्पोज गरिएको छ।

भैरहवास्थित नेपाली सेनाको श्री काली भक्ति गणको टोलीले अस्पतालको पार्किङ क्षेत्रमा घडी, तार र ब्याट्री जडान गरी ह्याण्डलाई डोरीले बाँधेर राखिएको प्रेसर कुकरलाई पड्काएर डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डीएसपी सुरज कार्कीले जानकारी दिए।

फेला परेका प्रेसर कुकर जीर्ण अवस्थामा थियो। जसलाई पड्काएर डिस्पोज गरिएको हो। ‘उक्त वस्तु कसले र किन राख्यो अझै खुलेको छैन’, डीएसपी कार्कीले भने, ‘अस्पताल प्रशासनसँग चन्दा माग गरेको लगायतको विषयमा हामीलाई उजुरी प्राप्त भएको छैन तर घटनाका सम्बन्धमा हामी अनुसन्धान गर्दैछौँ।’

ब्यागमा शंकास्पद वस्तु राखिएको देखिएपछि अस्पताल प्रशासनले जिल्ला प्रशासन कार्यालय रुपन्देहीलाई खबर गरेको थियो। बम पड्काएर डिस्पोज गर्दा अस्पतालमा कुनै क्षति नभएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ