८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रहरी समक्ष मिलनले स्विकारे- पारिवारिक तनावले मन अस्थिर हुँदा बुबा र भाइको हत्या गरेँ

९ पुष २०८१, मंगलवार १३:०२

काठमाडौँ | बालकोटमा हुलाक कार्यालयका कर्मचारी कुलप्रसाद आचार्य र उनका छोरा प्रवीणको हत्या प्रकरणमा प्रकरीले उनकै जेठा छोरा मिलन आचार्यलाई पक्राउ गरेको छ ।

उनी मंगलबार बिहान आफै महाराजगन्जस्थित प्रहरी वृत्तमा पुगेर आफूले बालकोटमा बुबा र भाइलाई मारेको स्विकारेका हुन् ।

उनले आत्मसमर्पण गरेपछि उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोली आवश्यक सोधपुछका निम्ति त्यहाँ पुगेको अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले बताए ।

हत्या गर्नुको कारणमा भने उनले प्रेमिकासँगको र पारिवारिक तानव भएको बताएका छन् । एक अनुसन्धान अधिकृतले भने, ‘भाइ र बाबुबाट आफूमाथि तनाव भएपछि हत्या गरेको बताएका छन् । यसको विष्तृत अनुसन्धान हामी गर्दैछौं ।’

पछिल्लो समय भाइ प्रविण कुलतमा फसेको, बाबु पनि डिप्रेशनको बिरामी रहेकाले आफूलाई तनाव भएको हत्या गरेको उनको भनाइ रहेको प्रहरीले स्रोतले बतायो । बाबु र भाइको हत्यापछि आफूले आत्महत्याको प्रयास समेत गरेको उनले बताएका छन् ।

मिलनलाई उद्दृत गर्दै एक अनुसन्धान अधिकृतले भने, ‘बाबु र भाइको हत्यापछि आत्महत्याको प्रयास पनि गरेको थिएँ । तर सफल भएन ।’

५ दिन अघि मात्र काठमाडौं आएका आचार्य र उनका कान्छा छोरा प्रवीण सोमबार कोठामै मृत फेला परेका थिए । सँगै रहेका जेठा छोरा मिलन भने रातिनै फरार भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ