२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

मिलनको बयान: बाबु र भाइको हत्यापछि आत्महत्याको प्रयास पनि गरेको थिएँ, तर सफल भएन

२०८१, ९ पुष मंगलवार १४:२२

काठमाडौँ | भक्तपुरको बालकोटमा बाबु र भाइको हत्या गरेपछि आफूले पनि आत्महत्याको प्रयास गरेको मिलन आचार्यले बताएका छन्। खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ का ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका छोरा २२ वर्षका प्रवीण आचार्य बालकोटमा मृत फेला परेका थिए।

कोठाभित्र उनीहरूको शव फेला परे पनि सँगै बसेका जेठा छोरा २५ वर्षका मिलन आचार्य भने ढोकामा चाबी लगाएर बाहिरिएका थिए। उनी शनिबार राति साढे ३ बजेतिर स्कुटरमा बाहिरिएको सीसीटीभी फुटेजमा देखिएको थियो।

मिलनले सोमबार बिहान भने आफैँ प्रहरी कार्यालयमा गएर बाबु र भाइको हत्या गरेको बयान दिएका छन्। प्रहरी वृत्त महाराजगन्जमा पुगेका मिलनले बाबु र भाइको हत्या गरेर आफू पनि आत्महत्या गर्ने सोचले घटना गरेको बताएका छन्। आइतबार आत्महत्याका लागि भक्तपुरको बिरुवा भन्ने ठाउँमा पुगेको र सलको पासो लगाएर मर्ने प्रयास गरेको उनले बताएका छन्। उनको घाँटीमा पनि चोट रहेको अनुसन्धानमा संलग्न प्रहरीको भनाइ छ।

‘भक्तपुरको बिरुवा भन्ने ठाउँमा गएर रुखमा झुण्डिएको तर सल चुँडिएको बयान दिएका छन्। उनको घाँटीमा पनि चोट लागेको देखिन्छ। हामी यसलाई थप पुष्टि गर्ने प्रयासमा छौँ’, अनुसन्धान अधिकारीले भने।

‘बुबा पनि डिप्रेसनको बिरामी हुनुहुन्थ्यो। भाइ पनि खासै नपढ्ने कुलतमा लागे जस्तो थ्यो। आफू पनि ६ पटक लोकसेवाको परीक्षा दिएँ। कहिले सुब्बा कहिले खरिदार तर पास हुन सकिनँ। आफ्ना कारण पनि परिवारलाई तनाव भयो जस्तो लाग्यो। मैले पनि केही गर्न सकिनँ। यो भन्दा त बाबुलाई पनि मुक्ती दिँदा ठिक हुन्छ भनेर मार्ने निर्णय गरेको हुँ’, उनले प्रारम्भिक सोधपुछमा भनेका छन्, ‘बाबु र भाइको हत्यापछि आत्महत्याको प्रयास पनि गरेको थिएँ । तर सफल भएन । कुनै झगडा परेर हत्या गरेको होइन।’

मिलनले डमबेल र सिलौटोले हानेर बुबा र भाइलाई मारेको प्रहरी सामु बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा