४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

मिलनको बयान: बाबु र भाइको हत्यापछि आत्महत्याको प्रयास पनि गरेको थिएँ, तर सफल भएन

९ पुष २०८१, मंगलवार १४:२२

काठमाडौँ | भक्तपुरको बालकोटमा बाबु र भाइको हत्या गरेपछि आफूले पनि आत्महत्याको प्रयास गरेको मिलन आचार्यले बताएका छन्। खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ का ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका छोरा २२ वर्षका प्रवीण आचार्य बालकोटमा मृत फेला परेका थिए।

कोठाभित्र उनीहरूको शव फेला परे पनि सँगै बसेका जेठा छोरा २५ वर्षका मिलन आचार्य भने ढोकामा चाबी लगाएर बाहिरिएका थिए। उनी शनिबार राति साढे ३ बजेतिर स्कुटरमा बाहिरिएको सीसीटीभी फुटेजमा देखिएको थियो।

मिलनले सोमबार बिहान भने आफैँ प्रहरी कार्यालयमा गएर बाबु र भाइको हत्या गरेको बयान दिएका छन्। प्रहरी वृत्त महाराजगन्जमा पुगेका मिलनले बाबु र भाइको हत्या गरेर आफू पनि आत्महत्या गर्ने सोचले घटना गरेको बताएका छन्। आइतबार आत्महत्याका लागि भक्तपुरको बिरुवा भन्ने ठाउँमा पुगेको र सलको पासो लगाएर मर्ने प्रयास गरेको उनले बताएका छन्। उनको घाँटीमा पनि चोट रहेको अनुसन्धानमा संलग्न प्रहरीको भनाइ छ।

‘भक्तपुरको बिरुवा भन्ने ठाउँमा गएर रुखमा झुण्डिएको तर सल चुँडिएको बयान दिएका छन्। उनको घाँटीमा पनि चोट लागेको देखिन्छ। हामी यसलाई थप पुष्टि गर्ने प्रयासमा छौँ’, अनुसन्धान अधिकारीले भने।

‘बुबा पनि डिप्रेसनको बिरामी हुनुहुन्थ्यो। भाइ पनि खासै नपढ्ने कुलतमा लागे जस्तो थ्यो। आफू पनि ६ पटक लोकसेवाको परीक्षा दिएँ। कहिले सुब्बा कहिले खरिदार तर पास हुन सकिनँ। आफ्ना कारण पनि परिवारलाई तनाव भयो जस्तो लाग्यो। मैले पनि केही गर्न सकिनँ। यो भन्दा त बाबुलाई पनि मुक्ती दिँदा ठिक हुन्छ भनेर मार्ने निर्णय गरेको हुँ’, उनले प्रारम्भिक सोधपुछमा भनेका छन्, ‘बाबु र भाइको हत्यापछि आत्महत्याको प्रयास पनि गरेको थिएँ । तर सफल भएन । कुनै झगडा परेर हत्या गरेको होइन।’

मिलनले डमबेल र सिलौटोले हानेर बुबा र भाइलाई मारेको प्रहरी सामु बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ