८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ललितपुरको रेस्टुरेन्टमा युवकको हत्या प्रकरण : उधारो रकमबारे भएको थियो विवाद

९ पुष २०८१, मंगलवार १६:४६

काठमाडौँ | ललितपुरको च्यासलस्थित हिमालय कलेजबाट बीई तेस्रो सेमेष्टर पुरा गरेका इन्जिनियरिङका विद्यार्थी नयन गुरुङ सोमबार साँझ साथीहरूसँग कलेज नजिकैको क्याफेमा गए । सेमेष्टर पुरा गरेको खुसियालिमा उनीहरुसँगै बसेर ‘टाउन हब’ नामको क्याफेमा गएर खुसीयाली मनाएका हुन् ।

करिब ९ बजेर २० मिनेटमा त्यहाँबाट निस्कनेबेला बिल तिर्न खोजे । क्याफेको काउण्टरमा बसेका २६ वर्षीय हेमराज भट्टले गुरुङसँग पुरानो उधारो रकम पनि माग्दै भने, ‘पहिलाको बाँकी तिर्नुपर्छ ।’

आफूहरू लामो समयदेखि सो क्याफेमा खाने गरेको र त्यहाँ खाता रहेको नयनले बताए । सुनसरी घर भएका २३ वर्षीय नयन सातदोबाटोमा बस्थे । उनले सोमबारबो बिल थोरै उठेको हुनाले सो रकम तिरेर पुरानो बाँकी नै राखेर निस्किए । तर, निस्केको केही बेरमा उनी साथीहरूसँग फेरि क्याफेमा फर्किए । डडेलधुरा घर भएका भट्ट र नयनको बिचमा फेरि विवाद हुन थाल्यो । विवादको चुरो थियो, ‘भट्टले उधारो राखेको रकम मागे ।’ नयनले उनलाई भने, ‘हामी पुरानो ग्राहक हौँ, तपाई पछि क्याफेमा काम गर्न आएको हुनाले धेरै कुरा थाहा छैन ।’

त्यसपछि भट्टले चक्कु प्रहार गरेर नयनको हत्या गरेको ललितपुरका एसएसपी शेखर खनालले बताए । उनले भने, ‘उधारोको विवादमा हत्या भएको देखिन्छ ।’

नयन र उनका साथीहरू करिब साढे ३ वर्षदेखि सो क्याफेका ग्राहक थिए । चक्कु प्रहार भएपछि नयनलाई बिएण्डबी अस्पतालमा लगिएको थियो । अहिले उनको शव पोष्टमार्टमको लागि पाटन अस्पतालमा राखिएको एसएसपी खनालले बताए । हत्यामा संलग्न हेमराज भट्टलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ