२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ललितपुरको रेस्टुरेन्टमा युवकको हत्या प्रकरण : उधारो रकमबारे भएको थियो विवाद

२०८१, ९ पुष मंगलवार १६:४६

काठमाडौँ | ललितपुरको च्यासलस्थित हिमालय कलेजबाट बीई तेस्रो सेमेष्टर पुरा गरेका इन्जिनियरिङका विद्यार्थी नयन गुरुङ सोमबार साँझ साथीहरूसँग कलेज नजिकैको क्याफेमा गए । सेमेष्टर पुरा गरेको खुसियालिमा उनीहरुसँगै बसेर ‘टाउन हब’ नामको क्याफेमा गएर खुसीयाली मनाएका हुन् ।

करिब ९ बजेर २० मिनेटमा त्यहाँबाट निस्कनेबेला बिल तिर्न खोजे । क्याफेको काउण्टरमा बसेका २६ वर्षीय हेमराज भट्टले गुरुङसँग पुरानो उधारो रकम पनि माग्दै भने, ‘पहिलाको बाँकी तिर्नुपर्छ ।’

आफूहरू लामो समयदेखि सो क्याफेमा खाने गरेको र त्यहाँ खाता रहेको नयनले बताए । सुनसरी घर भएका २३ वर्षीय नयन सातदोबाटोमा बस्थे । उनले सोमबारबो बिल थोरै उठेको हुनाले सो रकम तिरेर पुरानो बाँकी नै राखेर निस्किए । तर, निस्केको केही बेरमा उनी साथीहरूसँग फेरि क्याफेमा फर्किए । डडेलधुरा घर भएका भट्ट र नयनको बिचमा फेरि विवाद हुन थाल्यो । विवादको चुरो थियो, ‘भट्टले उधारो राखेको रकम मागे ।’ नयनले उनलाई भने, ‘हामी पुरानो ग्राहक हौँ, तपाई पछि क्याफेमा काम गर्न आएको हुनाले धेरै कुरा थाहा छैन ।’

त्यसपछि भट्टले चक्कु प्रहार गरेर नयनको हत्या गरेको ललितपुरका एसएसपी शेखर खनालले बताए । उनले भने, ‘उधारोको विवादमा हत्या भएको देखिन्छ ।’

नयन र उनका साथीहरू करिब साढे ३ वर्षदेखि सो क्याफेका ग्राहक थिए । चक्कु प्रहार भएपछि नयनलाई बिएण्डबी अस्पतालमा लगिएको थियो । अहिले उनको शव पोष्टमार्टमको लागि पाटन अस्पतालमा राखिएको एसएसपी खनालले बताए । हत्यामा संलग्न हेमराज भट्टलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक