२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँमा मापसे गरी चलाएको तीव्र गतिको मोटरसाइकल बिजुलीको पोल ठोकिँदा एक युवकको मृत्यु

१६ पुष २०८१, मंगलवार १३:०६

काठमाडौँ | काठमाडौँको धर्मस्थलीमा मादक पदार्थ खाएका युवकले चलाएको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलको पछाडि सवार अर्का युवकको मृत्यु भएको छ।

गएराति साढे नौबजे काठमाडौँको तारकेश्वर नगरपालिका-२ काभ्रेस्थलिस्थित मिलन धर्मस्थली स्कुल अगाडि बा ९६ प ६५४९ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडक छेउमा रहेको बिजुलीको पोलमा ठोकिँदा मोटरसाइकको पछाडि सवार युवकको मृत्यु भएको हो।

मृत्यु हुनेमा संखुवासभाको चैनपुर नगरपालिका- ९ घर भई काठमाडौँको बौद्ध बस्दै आएका ३३ वर्षीय कमल राइ रहेका काठमाडाैँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी रन्जय राउतले जानकारी दिए।

दुर्घटनामा मोटरसाइकल चालक सोही ठाउँका २६ वर्षीय सुवाश राई गम्भीर घाइते भएका छन्। उनको ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनामा गम्भीर घाइते भएका कमलको उपचारको क्रममा ग्रिनसिटी अस्पतालमै मृत्यु भएको हो। ‘राति मापसे गरेर तीव्र गतिमा मोटरसाइकल कुदाउँदा दुर्घटना भएको देखिन्छ,’ एसपी राउतले भने।

त्यसैगरी गएराति नै काठमाडौँको कोटेश्वरमा नम्बर नखुलेको मोटरसाइकलले दुईवटा मोटरसाइकललाई ठक्कर दिँदा एक युवक घाइते भएका छन्।

काठमाडौँ महानगरपालिका-३२ कोटेश्वर भाटभटेनी नजिक कोटेश्वरबाट बालकुमारी तर्फ जादै गरेको बागमती प्रदेश ०२-०४० प १८०५ नम्बरको मोटरसाइकल र बागमती प्रदेश ०२-०४० प १८०५ नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिँदा दुर्घटना भएको हो।

दुर्घटनामा बागमती प्रदेश ०२-०४० प १८०५ नम्बरको मोटरसाइकल चालक मकवानपुरको बकैया गाउँपालिका- ६ स्थायी घर भई हाल ललितपुरको इमाडोल बस्ने २३ वर्षीय मिलन विक रहेका प्रहरीले जनाएको छ।

उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै