२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गौशालास्थित होटलमा मृत भेटिएकी युवतीको हत्या भएको आशंका

२०८१, १८ पुष बिहीबार १३:०४

काठमाडौँ | काठमाडौँ महानगरपालिका–९ गौशाला स्थित बागमती होटलमा मृत फेला परेकी युवतीको हत्या भएको आशंका गरिएको छ । कागेश्वरी मनोहरा नगरपालिका घर भएकी सुस्मिता खड्का बुधवार ३०८ नम्बर कोठामा मृत अवस्थामा फेला परेकी थिइन् ।

घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ । उनको हत्या भएको आशंका गरिएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले जानकारी दिए । उनी पुस १६ मा सो होटलमा पुगेकी थिइन् ।

शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए । उनले भने, ‘घटनाबारे अनुसन्धान भइरहेको छ ।’

ढोका नखुलेपछि फुटाएर हेर्दा उनी मृत अवस्थामा भेटिएकी हुन् । उनी स्नातक तह तेस्रो वर्षमा अध्ययनरत थिइन् । मृतकका परिवारले प्रहरी वृत्त गौशालामा घटना अनुसन्धानका लागी जाहेरी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै