२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

के भएको थियो सचिन परियारलाई ?

१८ पुष २०८१, बिहीबार १४:३०

काठमाडौँ | बालगायक सचिन परियारको उपचारका क्रममा बिहीबार निधन भएको छ। महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उनको बिहीबार बिहान १० बजेर ४५ मिनेट जाँदा निधन भएको अस्पतालका निर्देशक प्राडा घनश्याम गुरुङले जानकारी दिए।

लामो समयदेखि विभिन्न समस्यासँग जुद्धै आएका सचिनलाई पछिल्लो समय संक्रमणको उपचारका लागि अस्पताल भर्ना लगिएको थियो। अस्पतालमा भर्ना गर्दा उनको अवस्था गम्भीर थियो। उपचारमा संलग्न एक चिकित्सकका अनुसार सचिनलाई अस्पतालमा भर्ना गर्दा ‘सेप्टिक सक’मा थिए। सेप्टिक सकको अवस्था भनेको शरीरमा संक्रमण तीव्र गतिले फैलिरहँदा शरीरका अङ्गलाई चाहिने रगत, अक्सिजन र पोषक तत्वलगायतका तत्वको कमी भइ अवस्था गम्भीर हुनु हो।

गम्भीर अवस्थामा रहेका सचिनलाई आइसीयूमा राखेर उपचार भइरहेको थियो। तर चिकित्सकहरुले हरसम्भव प्रयास गर्दा पनि बचाउन नसकेको अस्पतालले जनाएको छ।

सचिनलाई मस्तिष्कमा पानी जम्ने समस्याले लामो समयदेखि सताइरहेको थियो। यसका साथै उनलाई डाइबिटिज इन्सिपिडसको पनि समस्या थियो। चिकित्सकहरुका अनुसार डाइबिटिज इन्सिपिडसको समस्या भनेको निकै दुर्लभ समस्या हो। यो समस्या भएका व्यक्तिको मिर्गौलाले अत्यधिक मात्रामा पिसाब बनाउने गर्छ।

सचिनको ६ महिना अघि नै त्रिवि शिक्षण अस्पतालमा मस्तिष्कमा जमेको पानीलाई कम गर्न शल्यक्रिया गरेर पाइप राखिएको थियो। यसका साथै सचिनको समस्या बढ्दै गएर कम्मरभन्दा मुनीको भाग समेत नचल्ने अवस्था आइसकेको थियो।

१३ वर्षीय सचिनको स्वास्थ्य अवस्थामा समस्या आएको र उपचारको लागि रकम आवश्यकता भएको भन्दै उनको परिवारले केही समयअघि आर्थिक सहयोगको मागसमेत गरेको थियो।

सचिन भाइरल बालगायकका रुपमा परिचित थिए। उनले गाएक गितहरु सामाजिक सञ्जालहरुमा भेट्न सकिन्छ। सचिनले महानयक राजेश हमालसँग एक म्युजिक भिडियो अभिनय गरेका थिए भने हास्य श्रृखला ‘मेरी बास्सै’मा पनि अभिनय गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै