२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गौशालास्थित होटेलमा मृत भेटिएकी सुस्मिताको मृत्युको कारण अझै खुलेन

२०८१, १९ पुष शुक्रबार १५:३३

काठमाडौँ | गौशाला, पिंगलास्थानस्थित होटेलमा मृत फेला परेकी सुस्मिता खड्काको मृत्युको कारण अझै खुलेको छैन । ओखलढुंगाका देवबहादुर थापासँगै वाग्मती होटेलको ३०८ नम्बर कोठामा बस्न पुगेकी खड्काको शव बुधबार फेला परेको थियो ।

उनीसँगै बस्दै आएका २३ वर्षीय थापा भने फरार छन् । प्रहरीले उनको खोजी जारी राखेको छ ।

मृत भेटिएकी सुस्मिताको शरीरको बाहिरी भागमा कुनै चोटपटक छैन । तर, उनीसँगै बसेका युवा भागेका कारण उनको हत्या भएको प्रहरीको आशंका छ ।

प्रहरीले शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाएको छ । तर, दुई दिनसम्म पनि पोष्टमार्टम रिपोर्ट नआउँदा उनको मृत्युको कारण खुल्न नसकेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले पोष्टमार्टम रिपोर्ट आइनसकेको बताए ।

अनुसन्धानमा खटिएका प्रहरीका अनुसार सुस्मिताको मृत्यु भएपछि हाल फरार रहेका थापाले बाहिरबाट चाबी लगाएर भागेका थिए । फरार रहेका थापा मंसिर ३० गते मात्रै जापानबाट काठमाडौं आएको खुलेको छ । उनी बिहीबार फर्किने तयारीमा थिए ।

प्रहरीले थापाको ट्राभल रोक्का राख्न अध्यागमन कार्यालयलाई पत्राचार गरिसकेको छ । प्रहरीका अनुसार सुस्मिता समेत जापान जाने तयारीमा थिइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै