८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गौशालास्थित होटेलमा मृत भेटिएकी सुस्मिताको मृत्युको कारण अझै खुलेन

१९ पुष २०८१, शुक्रबार १५:३३

काठमाडौँ | गौशाला, पिंगलास्थानस्थित होटेलमा मृत फेला परेकी सुस्मिता खड्काको मृत्युको कारण अझै खुलेको छैन । ओखलढुंगाका देवबहादुर थापासँगै वाग्मती होटेलको ३०८ नम्बर कोठामा बस्न पुगेकी खड्काको शव बुधबार फेला परेको थियो ।

उनीसँगै बस्दै आएका २३ वर्षीय थापा भने फरार छन् । प्रहरीले उनको खोजी जारी राखेको छ ।

मृत भेटिएकी सुस्मिताको शरीरको बाहिरी भागमा कुनै चोटपटक छैन । तर, उनीसँगै बसेका युवा भागेका कारण उनको हत्या भएको प्रहरीको आशंका छ ।

प्रहरीले शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाएको छ । तर, दुई दिनसम्म पनि पोष्टमार्टम रिपोर्ट नआउँदा उनको मृत्युको कारण खुल्न नसकेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले पोष्टमार्टम रिपोर्ट आइनसकेको बताए ।

अनुसन्धानमा खटिएका प्रहरीका अनुसार सुस्मिताको मृत्यु भएपछि हाल फरार रहेका थापाले बाहिरबाट चाबी लगाएर भागेका थिए । फरार रहेका थापा मंसिर ३० गते मात्रै जापानबाट काठमाडौं आएको खुलेको छ । उनी बिहीबार फर्किने तयारीमा थिए ।

प्रहरीले थापाको ट्राभल रोक्का राख्न अध्यागमन कार्यालयलाई पत्राचार गरिसकेको छ । प्रहरीका अनुसार सुस्मिता समेत जापान जाने तयारीमा थिइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी