सलिम अन्सारी | साउन ५, प्यूठान | गएको वर्ष १० साउनको मध्यरातले सारा प्यूठानबासीहरुलाई कहिले निको नहुने चोट दिएर गयो । आफनै आखा अगाडि वर्षौ देखि पसिना बगाएर जोडेको थोरधे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सलिम अन्सारी | साउन ५, प्यूठान | गएको वर्ष १० साउनको मध्यरातले सारा प्यूठानबासीहरुलाई कहिले निको नहुने चोट दिएर गयो । आफनै आखा अगाडि वर्षौ देखि पसिना बगाएर जोडेको थोरधे"/>
२८ पुष २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फोप्ली पहिरोको एक बर्ष

५ श्रावण २०७४, बिहीबार ०६:२६

सलिम अन्सारी | साउन ५, प्यूठान | गएको वर्ष १० साउनको मध्यरातले सारा प्यूठानबासीहरुलाई कहिले निको नहुने चोट दिएर गयो । आफनै आखा अगाडि वर्षौ देखि पसिना बगाएर जोडेको थोरधेरको घर सम्पती  र जग्गा जमिन पहिरो सँगै बगेको त्यो दिन । साझसम्म हरियो गाउँ हेरेर सुतेका फोप्ली बासीले आधा रातमा पहिरोले सोहोरेको बिहान हेर्नुपर्ने नियती भोगे । त्यो साउने झरीले धेरैको घर पुरियो, मन चिरियो, कैयौं घर परिवार बिस्थापित भए । एउटा सुन्दर मानव बस्ती खण्डहर बन्यो । धेरै जना सहराबिहिन बन्न पुगे । जिल्लाकै सवैभन्दा बढी मानिस बसोवास गर्ने गाउँ बस्ती फोप्ली सहित अन्य गाउँ पनि गल्र्यामगुर्लुम ढले । आधा रातमै त्यो डाडा अस्थायी शिविरमा परिणत भयो ।

साउन ८ गतेबाट सुरु भएको बर्षा १० गते साझ सम्म निकै बाक्लिएको थियो।।रात जती छिप्पिदै गयो त्यती नै आकाशबाट पानी दर्किन थाल्यो । निरन्तरको बर्षालाई यहाँको भिरालो जमीनले थेग्नै सकेन । एकाएक ठूलठूला पहिराहरु जान थाले । जमिनमा पानीका मुल निस्कन थाले । पहिरासंगैै घरहरु बग्न थाले । अँधेरी रातको मुसलधारे झरिमा कतै भागेर जाने ठाउँ नै थिएन । बारिको पाटा, ढिक, कान्ला र बाटाहरु सबै ठाउँ पहिरोले भत्काइसकेको थियो। रातको एक बजि नसक्दै कैयौं परिवारका सदस्यलाई पहिरोले निलीसकेको थियो ।बिहान उजेली हुनै थाल्दा फोप्लीको वार्ड नम्वर ३ चारिवाङमा दर्जन बढी चाँपीएका थिए । यहाँ पहिरोले पुरीएर २६ जनाको ज्यान गइसकेको थियो । ती मध्ये १७ जना एउटै कुल घरानका थिए । कैयौ मानिस घाइते थिए । मानिसका शव यत्रतत्र छरिएका थिए । गाइवस्तु पशुचौपाय समेत हार गुहार मागीरहेका थिए ।

भाग्यले बाँचेकाहरु बिच गाउको अम्विका माध्यमिक बिद्यालयमा भेला भै बसेका थिए । फोप्ली बासीका लागि सवैभन्दा सुरक्षित त्यो थलोमा स्थानीयको ठूलो भीड जम्मा भइसकेको थियो । गाउँभरि पहिरोको दृश्य देख्दा सवै स्तव्ध हुनै नै भए सदरमुकाममा उद्वारका लागि खवर दिँदा पत्यारलाग्दो घटना थिएन । वरिपरि जता हेर्यो त्यतै धाँजा फाटेको देखेपछि हतास र होस हवास गुमाएकाहरुको कम्ति संख्या थिए ।

कोही मन थाम्न नसकेर रुँदै मोबाइल मार्फत आफन्तसँग सम्पर्क गर्न खोजिरहेका थिए । कोहिँ आफन्तहरु हताहतीमा परेकाहरु भक्कानो छोडेर रोइरहेका देखिन्थे । मन थामीसक्नु थिएन यहाँको दृश्य वर्णन गर्दा, उफ !  उनिहरु आफनो थातथलो पहिरोसँगै मितेरी लगाएकाले पहिरो पिडितको आफन्त कोहिँ छैनन् जस्तो थियो । जस्तै सडकछाप । घर फर्किने अवस्था थिएन । गाउँ पुग्ने सडक पहिरोले क्षतबिच्छेद थिए । बाहिरवाट उद्वार र राहतको कुनै आश थिएन । खानेपानी, बिजुली अवरुद्ध थियो । लगातारको झरि, जताततै पहिरो, धाँजा फाटेको जमिन, एकसरो लुगा, भोको पेटमा महिला, केटाकेटीको आर्तनाद, बृद्धाबृद्धको हारगुहार कसरी सँझनु त्यो क्षण बाफरे ! 

 पीडादायी त्यहिदिन सँझेर पहिरो पीडित नवराज बुढाथोकीको चेहरा क्षणभरमै बदलिन्थ्यो, कालोनिलो हुन्थे । त्यो रातको उनि कल्पना समेत गर्न चाहदैनन् पत्रकारहरुसँग । भन्छन्, त्यस्तो रात कहिल्यै नआओस । मलिन स्वरमा उनले भने, ‘सवथोक गुमायौ, एक बर्ष सम्म पनि पीडाका घाउहरु कम हुन सकेका छैन्न । ’उनि सोध्छन सरकार राहत कहिले आउँछ।

साउन १० गते देखि सुरु भएको पहिरोले बिस्थापित भएकाहरु सुरक्षित ठाउँसम्म अझै पनि पुग्न सकेका छैनन् । पहिरो गएको ५ दिनपछि मात्र फोप्लीमा नेपाली सेनाको हेलिकोप्टर बाहेक उद्धार र राहत लिएर पुग्ने संयन्त्र भनेको रेडक्रस र प्रशासन मात्रै हुन । प्रशासनले मृतक परिवारलाइ १ लाख रुपैयाँ उपलव्ध गराए पनि बिस्थापितहरु दयनिय अवस्थाबाट मुतm हुन सकेका छैनन् ।

पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न आएका तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालले भुकम्प पीडित सरह सेवा सुविधा उपलव्ध गराउने प्रतिवद्धता जनाएपनि पहिरो पिडितहरु आकाशको फल आँखा तरी मर भनेजस्तै भएको छ । प्रधानमन्त्री आफैले गरेको प्रतिबद्धता पूरा नगरेकोमा स्थानीयको गहिरो चित्त दुखाइ छ । दाहालले असोजमा यहाँ आएर घर निर्माणका लागि तत्तकाल ३ लाख रुपैयाँ अनुदान र सहुलियतमा ५ लाख ऋण दिने घोषणा गरेका थिए । उ बेला भनिएको दशै खर्च १५ हजार रुपैयाँ बाहेक पीडितले अरु केहि पाएका छैनन् ।

जोखिम उस्तै, त्रासमा स्थानीय

उत्तरी प्यूठानमा बर्षायाम सुरु भएसँगै पहिरोको जोखिम र त्रास समेत बढदै गएको छ । अहिले पनि गाउँका कोहि ढुक्कले निदाउन समेत सक्ने अवस्था छैन । गत बर्ष फोप्ली, बहाने, खवाङ, पुजा, अर्खा, रजवारा लगायतका गाउँहरुमा अबिरल वर्षा सहितको बाढी र पहिरोले उच्च धनजनको नोक्सानी पुर्यायो । घटनाको एक बर्ष पुग्न नपाउँदै फेरी त्यहि श्रृंखला दोहोरिन थालेका छन । मध्य असारमा घरमा सुतिरहेकी रजवारा ३ की १७ बर्षिया युवती तुलसा घर्तीले पहिरोमा पुरिएर अकालमै ज्यान गुमाइन् ।

त्यस्तै पहिरोमा हराइरहेका नौबहिनी गाउँपालिकाकै लिघा कसेरीका १७ बर्षिया जुगमान घर्ती र उनका १३ बर्षिया भाइ शुनिल घर्ती मगर अझै भेटिएका छैनन् ।  फोप्ली वार्डका सामाजिक परिचालक युवराज भण्डारीका अनुसार हल्का पानी परेपनि कहालिलाग्दो पीडा झेलेका बाढी पहिरो पीडितहरु फेरी तीनै दिन दोहोरिने त्रासमा रहने गरेको बताउँछन । गाउँको गातिना र भिरकुना वस्ति धेरै जोखिमा छ । उनले भने, ‘पहिरोको जोखिम टरेको छैन । बर्षायाम सुरु भएसँगै यहाँ पहिरो खस्ने क्रम सुरु भएको छ भने स्थानीयहरु घर छोडन थालेका छन ।’

जनता आवास कार्यक्रम मार्फत हालै निर्माण भएका घरहरु समेत पहिरोको जोखिममा रहेको सामाजिक परिचालक भण्डारीले जानकारी दिए । पहिरोपछि स्थलगत अध्यनका लागि आएका भुगर्भबिद सहितको प्राबिधिक टोलीले अद्ययन प्रतिबेदन केन्द्रमा बुझाएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए् ।उनले बिस्तृत अध्यनका लागि भुगर्भबिदको अर्को टोली बर्षा सकिए लगत्तै जिल्ला आउने जानकारी दिए।    बाढीबाट प्रभावित ठाउँको जोखिमबारे प्रतिवेदन समय मै नआउँदा स्थानीयमा जोखिमको त्रास हटेको छैन ।पहिरो पीडितको पुनर्वासका लागि आवास निर्माणको काम समेत भइरहेकोे छ । प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले पहिरो प्रभावित क्षेत्रको भौगोलिक अध्यनपछि सुरक्षित स्थानमा घर निर्माण गर्ने काम गरिएको बताएका हुन । उनले अहिले सम्म ६० वटा घर निर्माण गरिसकिएको जानकारी दिए । सहरी बिकास तथा भवन डिभिजन कार्यालय रोल्पा र कारितास नेपालको सहयोगमा फुलवारी एकिकृत ग्रामीण बिकास सँस्था नेपाल मार्फत आवासगृह निर्माणको काम सुरु गरिएको हो ।

डिभिजन कार्यालय रोल्पा मार्फत जनता आवास कार्यक्रम अन्र्तगत २० विपन्न दलित परिवार र फुलवारी मार्फत ४० घर निर्माण गरिएका हुन । पीडित मध्य १० परिवारले आफै आवासको व्यवस्था मिलाएका थिए । जिल्ला दैवि प्रकोप राहत तथा उद्धार समितीले बाकी ८ परिवारको व्यावस्थापनका लागि जग्गा किन्ने निर्णय गरिएको प्रजिअ पौडेले सुनाए । वर्षातपछि तत्काल उनिहरुको आवासको व्यवस्था गरिने उनले जनाए ।

गत साउनमा पहिरो जाँदा फोप्लीमा झण्डै ८० घरपरिवार बिस्थापित भएका हुन । पहिरोमा पुरिएर जिल्लाभरमा ५३ जनाले ज्यान गुमाएका थिए । दुइ जना अझै बेपत्ता छन । ८ जना घाइते भएका थिए । पहिरोबाट फोप्लीमा मात्रै २७ जनाको ज्यान गएको थियो भने एक जना अझै सम्म बेपत्ता छन । यहाँ ७८ घर पूर्ण रुपमा बिस्थापित भएको जिल्ला प्रशासनले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आर्थिक विकासका लागि कानुन संशोधन गरेका छौ : गृहमन्त्री लेखक काठमाडौँ–४ का पूर्व वडाअध्यक्ष ७ करोड ठगेको आरोपमा पक्राउ तीन तहको सरकारमा विभाजन हुँदा आयोजनाहरु समस्याग्रस्त भएका छन् : रवी सिंह स्कर्पियो र कार ठोकिएर दुर्घटना हुँदा ८ जना घाइते युवाहरुको सबैभन्दा ठूलो समस्या भनेको जागिर नपाउनु हो : सांसद तोसिमा कार्की आइटीलाई विदेशी मुद्रा आर्जन गर्ने उद्योगका रुपमा विकास गरिन्छ : प्रधानमन्त्री ओली कोलम्बियामा विमान दुर्घटना हुँदा १० जनाको मृत्यु पृथ्वी जयन्तिको अवसरमा राप्रपा नेपालद्वारा निकालिएको र्‍याली नेपाल एकीकरणमा पृथ्वीनारायण शाहसहित सबै पुर्खाहरू प्रति उच्च सम्मान व्यक्त गर्दछुः प्रधानमन्त्री ओली जलवायु परिवर्तनको मुद्दा मुलुक विशेषको नभई विश्वव्यापी मुद्दा हो : अर्थमन्त्री पौडेल लमजुङ केन्द्रबिन्दु भएर गयो भूकम्प पृथ्वीनारायण शाहको शालिकमा राष्ट्रपति पौडेलले गरे माल्यार्पण आज काठमाडौँका यी स्थानमा विद्युत आपूर्ति नहुने चालु आर्थिक वर्षको पाँच महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड रेमिट्यान्स भित्रियो पाकिस्तान सुपर लिगको डायमन्ड क्याटेगोरी ड्राफ्टमा सन्दीप लामिछाने, अन्य को को छन् ? आज पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती देशभर मनाइँदै यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमय दर कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना एनआरएनएलाई नेपालमा बस्न १० वर्षसम्म भिसा शुल्क नलाग्ने च्याटजीपीका संस्थापकमाथि बहिनीलाई यौनशोषणको आरोप