शंकर के.सी/साउन ६, सल्यान । सल्यानमा जिल्ला हुलाक कार्यालयले संचालन गरेका टेलिसेन्टर बन्द हुने अवस्थामा पुगेका छन् । 

ग्रामीण क्षेत्रका बासिन्दाल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

शंकर के.सी/साउन ६, सल्यान । सल्यानमा जिल्ला हुलाक कार्यालयले संचालन गरेका टेलिसेन्टर बन्द हुने अवस्थामा पुगेका छन् । 

ग्रामीण क्षेत्रका बासिन्दाल"/>

२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सल्यानका टेलिसेन्टरमा कार्यरत कर्मचारी विनाकाम तलव खाँदै

२०७४, ६ श्रावण शुक्रबार ०६:५७


शंकर के.सी/साउन ६, सल्यान । सल्यानमा जिल्ला हुलाक कार्यालयले संचालन गरेका टेलिसेन्टर बन्द हुने अवस्थामा पुगेका छन् । 

ग्रामीण क्षेत्रका बासिन्दालाई आधुनिक सञ्चार सुविधा दिन लाखौं रुपिया खर्च गरेर खरिद गरेका टेलिसेन्टरका उपकरणहरु प्रयोगमा नआई बिग्रदै गएका छन् । कतिपय स्थानका टेलिसेन्टर दक्ष प्राविधिक र उपकरण अभावमा प्रयोग विहिन बन्दै गएका छन् ।

ग्रामीण क्षेत्रमा सूचनाको पहुँच विस्तार गर्न, कम्प्युटर सिकाउन, फोटोकपी, लेमिनेसन, स्क्यानिङ, फ्याक्स गर्नका लागी बजार मूल्य भन्दा कम शुल्क लिएर सेवा उपलब्ध गराउन टेलिसेन्टरको स्थापना गरिए पनि मेसिन विग्रिनु, प्राविधिक समस्या, नियमित विद्युतको अभाव जस्ता कारणले कतीपय टेलिसेन्टर प्रयोगविहिन अवस्थामा जस्तै रहेको जिल्ला हुलाक अधिकृत धिरेन्द्र भण्डारीले जनाए ।

उनका अनुसार जिल्लामा ५ स्थानमा टेलिसेन्टर छन् । थारमारे, मालनेटा, जैतपानी, लुहाम र कपुरकोट गरि ५ स्थानमा टेलिसेन्टर स्थापना गरिएको भएपनि धेरैजसो प्रयोगमा नआएको पाइएको छ ।

पछिल्लो समय फोटोकपि, फ्याक्स, लेमिनेशन, इमेल इन्टरनेट जस्ता सेवा निजि क्षेत्रबाटै दिन थालेकाले पनि सेवाग्राहिहरु टेलिसेन्टर सम्म नधाउने गरेको हुलाक अधिकृत भण्डारीले बताए ।

उनले भने– ‘हुलाकले सञ्चालन गरेका टेलिसेन्टर दिउँसो मात्र सञ्चालनमा आउने हुँदा पनि सर्वसाधारणको आकर्षण हुन सकेको छैन । कतिपय स्थानमा टेलिसेन्टर भन्दा निजी पहलमा खोलिएका सञ्चार सेवा प्रभावकारी भएपछि पनि हाम्रा टेलिसेन्टर प्रयोगविहिन बन्न थालेका हुन् ।’

निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्ने गरी नीति–निर्माण र कार्यान्वयन गर्न नसक्दा हुलाक सेवा अहिले प्रयोगविहिन बन्दै गएको हो ।

नया प्रविधि सहित थप सुविधा विस्तार गर्न नसक्दा हुलाक सेवा तथा टेलिसेन्टर पनि प्रयोगमा आउने अवस्था छैन । टेलिसेन्टरमा काम गर्ने कर्मचारिहरुले पनि त्यत्तिकै तलव पचाइरहेका छन् भने लाखौँ मुल्यका उपकरणहरु विग्रदै गएका छन् । तर, राज्यले भने त्यसलाई कसरी प्रभाबकारी बनाउने भनेर खासै चासो देखाएको पाइदैन ।

सरकारले चासो देखाएर स्तारोन्नती गरे सहुलियत दरमा सेवा लिन सकिने अबस्था रहे पनि सरोकारवाला निकायको मौनताले टेलिसेन्टरहरुले स्थानीयलाई सेवा दिन सकेका छैनन् ।

स्थलगत अध्ययन नै नगरी इन्टरनेट सेवा नभएका स्थानमा पनि टेलिसेन्टर खोल्नु, समुदायलाई प्रयोगका लागि आकर्षण गर्न नसक्नु जस्ता कमजोरि रहेको जानकारहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह