काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशका केही प्रदेशमा आंशिक बदलीको सम्भावना रहेको जनाएको छ । आज बिहान तराईका धेरै स्थानहरुमा हुस्सु र कुहिरो लागेको छ ।
आज दिउँसो कोशी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
यस्तै, राति भने कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
बिहानको समयमा देशका तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।