२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

कुरुवा बसेका व्यक्ति नै अस्पतालको शौचालयमा मृत फेला

२०८१, २४ माघ बिहीबार १६:५१

धनगढी | धनगढीस्थित नोभा हस्पिटलको शौचालयमा कञ्चनपुरको वेदकोट नगरपालिका-६ सिसैयाका रवीन्द्र राना बुधबार राति मृत फेला परेका छन् । डेढ वर्षका भतिजाको उपचारका क्रममा उनी अस्पतालमा कुरुवा बसेका थिए ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कवीन्द्रसिंह बोहराका अनुसार राना बुधबार राति २ बजेतिर अस्पतालको शौचालयमा लडेको अवस्थामा मृत भेटिएका हुन् ।

शौचालय गएका उनी धेरै बेरसम्म नफर्किएपछि अस्पतालका सुरक्षा गार्डले ढोका खोलेर हेर्दा उनी मृत अवस्थामा फेला परेका थिए ।

हाल मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । प्रहरीले घटनाको विस्तृत अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ