८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापाको होटेलमा युवकको मृत्यु, सँगै बसेकी केटी साथीसहित दुईजना पक्राउ

२५ माघ २०८१, शुक्रबार ११:५१

झापा | झापामा एक युवकको मृत्यु घटनाको अनुसन्धानका क्रममा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ । सुनसरीको धरान उपमहानगरपालिका–१५ की २३ वर्षीया मुना विक र झापाकै बिर्तामोड नगरपालिका–५ की ४८ वर्षीया यामकुमारी उप्रेतीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

गए राति (माघ २४) बिर्तामोड–४ स्थित एभरेस्ट होटेल एन्ड लजमा बसेका झापाको हल्दिबारी गाउँपालिका–१, गोलधापका ३० वर्षीय सागर बेस्राको मृत्यु भएको थियो । सागर र उनकी केटी साथी मुना उक्त लजमा राति खाना खाएर सुतेका थिए ।

पछि राति करिब ११ बजे लजको कोठाभित्र बाथरुमको ढोकाछेउ भुइँमा लडेर सागर बेहोस भएका थिए । त्यसपछि उनलाई मुना र होटेल सञ्चालक यामकुमारीले बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा पुर्‍याएका थिए । अस्पतालले उनको मृत्यु भइसकेको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

“अनुसन्धानका लागि होटेल सञ्चालकसहित दुई महिलालाई नियन्त्रणमा लिएका छौँ,” झापाका डीएसपी कृष्णकुमार चन्द्रले भने, “थप अनुसन्धान भइरहेको छ ।”

सुनसरीकी मुना झापाको कनकाई नगरपालिका–७, दुर्गापुरमा बस्दै आएकी थिइन् । मुना र यामकुमारीलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता