साउन ७, काठमाडौं । महिला बालबालिका तथा समाजकल्याण समिति सभापति रञ्जु झा ठाकुरले अहिलेको जनविरोधी स्वस्थ्य संरचना र गैरजिम्मेवार व्यक्तिहरुलाई तह लगाउन कठोर "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ७, काठमाडौं । महिला बालबालिका तथा समाजकल्याण समिति सभापति रञ्जु झा ठाकुरले अहिलेको जनविरोधी स्वस्थ्य संरचना र गैरजिम्मेवार व्यक्तिहरुलाई तह लगाउन कठोर "/>

९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वास्थ्य क्षेत्र सुधार गर्न निर्मम व्यक्ति मन्त्री बन्नुपर्छः सभापति ठाकुर

७ श्रावण २०७४, शनिबार १४:३२


साउन ७, काठमाडौं । महिला बालबालिका तथा समाजकल्याण समिति सभापति रञ्जु झा ठाकुरले अहिलेको जनविरोधी स्वस्थ्य संरचना र गैरजिम्मेवार व्यक्तिहरुलाई तह लगाउन कठोर तर विज्ञव्यक्ति स्वास्थ्य मन्त्री बन्नुपर्ने बताएकी छन् । 

सभापति ठाकुरले शनिबार राजधानीको संवाद डबलीमा डा.सुबोध कुमार पोखरेलको ‘दिल चोर’ कविता संग्रहको लोकार्पण कार्यक्रममा बोल्दै सभापति ठाकुरले देशैभरी जनताको स्वास्थ्यमा व्यापार भएको बताएकी छन् । उनले जनताको स्वास्थ्यप्रति राज्यबाटै लापरबाही भइरहेको बताइन् । 

स्वास्थ्य क्षेत्र संवेदनशील क्षेत्र भएको बताउँदै सभापति ठाकुरले भनिन्, ‘डा.सुबोध पोखरेल साहित्यकार र राजनीतिज्ञसँगै मेडिकल डाक्टर पनि भएकाले अबको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी उहाँलाई दिनु पर्छ ।’ 

सभापति ठाकुरले आफू तराई–मधेसको समाजबाट निकै दुःख गर्दै यो ठाउँमा पुगेको बताइन् । उनले उत्पीडित जनताको अधिकारको लागि कसैसँग सम्झौता नगर्ने बताइन् । 

त्यसैगरी संगीतकार सम्भुजीत बास्कोटाले डा.पोखरेलको कविता संग्रहको चर्चा गर्दै भने, ‘पोखरेल साहित्य, राजनीति, प्रशासक तथा मेडिकल विज्ञ हुनाले त्रिवेणी होइन चर्तुवेणी नै हुनुहुन्छ ।’

समाजसेवी डा.भोला रिजालले सो कविता संग्रह विविध आयामले भरिपूर्ण रहेको भन्दै उत्कृष्ट भएको धारणा व्यक्त गरे । त्यसैगरी, डा. दमोदर पोखरेलले आफू मुटु रोग विशेषज्ञ भएको र कविता संग्रहको नाम पनि दिल चोर भएकाले निकै मन छोएको बताए । त्यस्तै, युवा साहित्यकार क्षितिज भण्डारीले यति धेरै गहन विषयहरु एउट पकेट बेकका रुपमा आएकोले आम मानिसलाई उपयोगि हुने धारणा व्यक्त गरे । 

कविता संग्रहलाई सत्याल पब्लिकेशनले प्रा.लि.ले प्रकाशन तथा वितरणको जिम्मा लिएकोमा धन्यवाद दिँदै लेखक पोखरेलले भने, ‘कवितालाई आम रुपले किनेर पढ्ने प्राथमिकता दिन छाडेको समयमा प्रकाशकले जिम्मा लिएकोमा मलाई हौसला मिलेको छ ।’ 

कार्यक्रममा पब्लिकेशनका अध्यक्ष अजय सत्यालले सहित्यलाई पनि प्राथमिकता दिनु आजको आवाश्यकता भएको धारणा राखे । अक्षरधाम प्रकाशन प्रालिका प्रकाशक छायादत्त न्यौपानेलगायतले कृतिबारे चर्चा गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता