साउन ७, काठमाडौं । महिला बालबालिका तथा समाजकल्याण समिति सभापति रञ्जु झा ठाकुरले अहिलेको जनविरोधी स्वस्थ्य संरचना र गैरजिम्मेवार व्यक्तिहरुलाई तह लगाउन कठोर "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ७, काठमाडौं । महिला बालबालिका तथा समाजकल्याण समिति सभापति रञ्जु झा ठाकुरले अहिलेको जनविरोधी स्वस्थ्य संरचना र गैरजिम्मेवार व्यक्तिहरुलाई तह लगाउन कठोर "/>

२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वास्थ्य क्षेत्र सुधार गर्न निर्मम व्यक्ति मन्त्री बन्नुपर्छः सभापति ठाकुर

२०७४, ७ श्रावण शनिबार १४:३२


साउन ७, काठमाडौं । महिला बालबालिका तथा समाजकल्याण समिति सभापति रञ्जु झा ठाकुरले अहिलेको जनविरोधी स्वस्थ्य संरचना र गैरजिम्मेवार व्यक्तिहरुलाई तह लगाउन कठोर तर विज्ञव्यक्ति स्वास्थ्य मन्त्री बन्नुपर्ने बताएकी छन् । 

सभापति ठाकुरले शनिबार राजधानीको संवाद डबलीमा डा.सुबोध कुमार पोखरेलको ‘दिल चोर’ कविता संग्रहको लोकार्पण कार्यक्रममा बोल्दै सभापति ठाकुरले देशैभरी जनताको स्वास्थ्यमा व्यापार भएको बताएकी छन् । उनले जनताको स्वास्थ्यप्रति राज्यबाटै लापरबाही भइरहेको बताइन् । 

स्वास्थ्य क्षेत्र संवेदनशील क्षेत्र भएको बताउँदै सभापति ठाकुरले भनिन्, ‘डा.सुबोध पोखरेल साहित्यकार र राजनीतिज्ञसँगै मेडिकल डाक्टर पनि भएकाले अबको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी उहाँलाई दिनु पर्छ ।’ 

सभापति ठाकुरले आफू तराई–मधेसको समाजबाट निकै दुःख गर्दै यो ठाउँमा पुगेको बताइन् । उनले उत्पीडित जनताको अधिकारको लागि कसैसँग सम्झौता नगर्ने बताइन् । 

त्यसैगरी संगीतकार सम्भुजीत बास्कोटाले डा.पोखरेलको कविता संग्रहको चर्चा गर्दै भने, ‘पोखरेल साहित्य, राजनीति, प्रशासक तथा मेडिकल विज्ञ हुनाले त्रिवेणी होइन चर्तुवेणी नै हुनुहुन्छ ।’

समाजसेवी डा.भोला रिजालले सो कविता संग्रह विविध आयामले भरिपूर्ण रहेको भन्दै उत्कृष्ट भएको धारणा व्यक्त गरे । त्यसैगरी, डा. दमोदर पोखरेलले आफू मुटु रोग विशेषज्ञ भएको र कविता संग्रहको नाम पनि दिल चोर भएकाले निकै मन छोएको बताए । त्यस्तै, युवा साहित्यकार क्षितिज भण्डारीले यति धेरै गहन विषयहरु एउट पकेट बेकका रुपमा आएकोले आम मानिसलाई उपयोगि हुने धारणा व्यक्त गरे । 

कविता संग्रहलाई सत्याल पब्लिकेशनले प्रा.लि.ले प्रकाशन तथा वितरणको जिम्मा लिएकोमा धन्यवाद दिँदै लेखक पोखरेलले भने, ‘कवितालाई आम रुपले किनेर पढ्ने प्राथमिकता दिन छाडेको समयमा प्रकाशकले जिम्मा लिएकोमा मलाई हौसला मिलेको छ ।’ 

कार्यक्रममा पब्लिकेशनका अध्यक्ष अजय सत्यालले सहित्यलाई पनि प्राथमिकता दिनु आजको आवाश्यकता भएको धारणा राखे । अक्षरधाम प्रकाशन प्रालिका प्रकाशक छायादत्त न्यौपानेलगायतले कृतिबारे चर्चा गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह