२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

पर्यटक भिसामा नेपाल प्रवेश गरी धर्म प्रचारमा संलग्न १७ अमेरिकीसहित १८ जना विदेशी पक्राउ

२०८१, २५ माघ शुक्रबार १६:५७

धरान | धर्म प्रचार गरेको आरोपमा १७ अमेरिकी र १ भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूलाई सुनसरीको धरान-५, देउराली सौगातचोकस्थित प्रेरणा कल्याणकारी समाजको भवन निर्माणको आवरणमा धर्म प्रचार गरेको आरोपमा पक्राउ गरिएको हो।

सुनसरी प्रहरी प्रशासनका अनुसार पक्राउ पर्ने अमेरिकी नागरिकहरूमा र्‍यान म्याथ्यु कार्टर, साइलस ड्यानियल फक्स, रसेल टमस होवेल्स, रोज ब्रायन होवेल्स, मार्क अलान समर्स, म्याथ्यु ब्रायन केनेडी, प्याट्रिक इरभिन समर्स, डुआन माइकल गोडलिङ, बेन्यामिन वार्ड कौफ म्यान, ब्रायन वार्ड कौफ म्यान, डिलन ज्याक्सन बोन्जो, क्याथलिन सु मूर, डासन एन्ड्रु कार्टर, जेम्स नाथन अस्टिन, विलियम रेमन्ड भिभियानो जुनियर, केनेथ डेभिड ग्रे र जेम्स रे मर्फी थर्ड छन्। त्यस्तै, भारतको पश्चिम बंगालका वसन्त लामा पनि पक्राउ परेका छन्।

प्रहरीका अनुसार उनीहरू पर्यटक भिसामा नेपाल प्रवेश गरेर श्रमदानको बहानामा चर्च निर्माणमा संलग्न भएका थिए। नेपालको अध्यागमन नियम उल्लंघन गरेको भन्दै उनीहरूलाई नियन्त्रणमा लिइएको छ।

पक्राउ परेका विदेशी नागरिकलाई जिल्ला प्रहरी कार्यालय, सुनसरीको हिरासतमा राखिएको छ भने उनीहरूको राहदानी अध्यागमन विभागमा पठाइएको छ। एक प्रहरी अधिकारीका अनुसार, उनीहरू १५ दिने पर्यटक भिसामा नेपाल प्रवेश गरेका थिए, तर भिसा उल्लंघन गर्दै धार्मिक प्रचारमा संलग्न भएको प्रमाण भेटिएको छ।

अध्यागमन स्रोतका अनुसार उनीहरूलाई कसुरको मात्रा हेरी के कारबाही गर्ने भन्ने विषयमा अनुसन्धान भइरहेको छ । अध्यागमन ऐन-२०४९ मा उनीहरूलाई निश्चित अवधिका लागि नेपाल प्रवेश गर्न नपाउने गरी निष्कासन गर्न सकिने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ