८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

पर्यटक भिसामा नेपाल प्रवेश गरी धर्म प्रचारमा संलग्न १७ अमेरिकीसहित १८ जना विदेशी पक्राउ

२५ माघ २०८१, शुक्रबार १६:५७

धरान | धर्म प्रचार गरेको आरोपमा १७ अमेरिकी र १ भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूलाई सुनसरीको धरान-५, देउराली सौगातचोकस्थित प्रेरणा कल्याणकारी समाजको भवन निर्माणको आवरणमा धर्म प्रचार गरेको आरोपमा पक्राउ गरिएको हो।

सुनसरी प्रहरी प्रशासनका अनुसार पक्राउ पर्ने अमेरिकी नागरिकहरूमा र्‍यान म्याथ्यु कार्टर, साइलस ड्यानियल फक्स, रसेल टमस होवेल्स, रोज ब्रायन होवेल्स, मार्क अलान समर्स, म्याथ्यु ब्रायन केनेडी, प्याट्रिक इरभिन समर्स, डुआन माइकल गोडलिङ, बेन्यामिन वार्ड कौफ म्यान, ब्रायन वार्ड कौफ म्यान, डिलन ज्याक्सन बोन्जो, क्याथलिन सु मूर, डासन एन्ड्रु कार्टर, जेम्स नाथन अस्टिन, विलियम रेमन्ड भिभियानो जुनियर, केनेथ डेभिड ग्रे र जेम्स रे मर्फी थर्ड छन्। त्यस्तै, भारतको पश्चिम बंगालका वसन्त लामा पनि पक्राउ परेका छन्।

प्रहरीका अनुसार उनीहरू पर्यटक भिसामा नेपाल प्रवेश गरेर श्रमदानको बहानामा चर्च निर्माणमा संलग्न भएका थिए। नेपालको अध्यागमन नियम उल्लंघन गरेको भन्दै उनीहरूलाई नियन्त्रणमा लिइएको छ।

पक्राउ परेका विदेशी नागरिकलाई जिल्ला प्रहरी कार्यालय, सुनसरीको हिरासतमा राखिएको छ भने उनीहरूको राहदानी अध्यागमन विभागमा पठाइएको छ। एक प्रहरी अधिकारीका अनुसार, उनीहरू १५ दिने पर्यटक भिसामा नेपाल प्रवेश गरेका थिए, तर भिसा उल्लंघन गर्दै धार्मिक प्रचारमा संलग्न भएको प्रमाण भेटिएको छ।

अध्यागमन स्रोतका अनुसार उनीहरूलाई कसुरको मात्रा हेरी के कारबाही गर्ने भन्ने विषयमा अनुसन्धान भइरहेको छ । अध्यागमन ऐन-२०४९ मा उनीहरूलाई निश्चित अवधिका लागि नेपाल प्रवेश गर्न नपाउने गरी निष्कासन गर्न सकिने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता