१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

छुरा प्रहार गरी भारतीय अर्बपति रावको हत्या, २९ वर्षीय नाति पक्राउ

२८ माघ २०८१, सोमबार १२:५४

काठमाडौँ | भारतीय राज्य तेलंगानाको राजधानी हैदराबादबाट एउटा हृदयविदारक घटना सार्वजनिक भएको छ।

त्यहाँ वेल्जन ग्रुप अफ इन्डस्ट्रिजका संस्थापक ८६ वर्षीय वेलामती चन्द्रशेखर जनार्दन रावको आफ्नै घरमा हत्या भएको हो।

अर्बपति वेलामतीको हत्याको आरोप अरू कसैलाई नभएर उनका आफ्नै २९ वर्षीय नाति किलारु कीर्ति तेजालाई लागेको छ। यही फेब्रुअरी ६ राति सोमाजीगुडास्थित वेलामतीको घरमा ७० पटकभन्दा बढी चक्कुले आक्रमण गरियो।

रिपोर्टअनुसार सम्पत्ति बाँडफाँडलाई लिएर भएको चर्को विवादपछि हत्या गरिएको हो। तेजाले आफ्नो हजुरबुबालाई सम्पत्ति राम्ररी बाँडफाँड नगरेको आरोप लगाउँदै विरोध गरेको बताइएको छ।

यो विवादपछि रिसको आवेगमा तेजाले रावलाई धेरैपटक छुरा प्रहार गरेको आरोप छ। उनको शरीरमा ७० ठाउँमा चक्कुका चोट लागेका छन्।

झगडाका क्रममा तेजाकी आमा अर्थात् रावकी छोरी सरोजिनी देवीले छुट्याउने प्रयास गरेकी थिइन् तर सकिनन्। उनलाई पनि चोटपटक लागेको छ। उनलाई अस्पताल लगिएको छ र हाल उपचार जारी छ।

अमेरिकाबाट स्नातकोत्तर डिग्री पूरा गरेपछि तेजा हालै हैदराबाद फर्किएका थिए। उनी र उनकी आमा छुट्टाछुट्टै बस्थे तर आक्रमण हुनुभन्दा अघि दुवै जना रावको निवासमा थिए। आक्रमणपछि तेजाविरुद्ध हत्या आरोपमा जाहेरी दर्ता गरिएको छ। उनलाई फेब्रुअरी ८ मा हिरासतमा लिइएको थियो र प्रहरीले अपराधबारे थप अनुसन्धान सुरु गरेको छ।

जनार्दन राव एक प्रसिद्ध उद्योगपति थिए। जहाज निर्माण, ऊर्जा र औद्योगिक अनुप्रयोगसहित धेरै क्षेत्रमा उनको योगदान थियो।

एलुरुको सरकारी जनरल अस्पताल र तिरुमला तिरुपति देवस्थानम जस्ता संस्थाहरूलाई गरेको परोपकारी दानका लागि पनि उनलाई सम्झिइन्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल