१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्रम्पविरुद्ध गोविन्द केसीले अमेरिकी दूतावास घेर्ने

५ फाल्गुन २०८१, सोमबार १६:३२

काठमाडौँ | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध डा. गोविन्द केसीले अमेरिकी दुतावसा घेर्ने भएका छन् । ट्रम्पको प्रशासनले हालै लिएका कदमहरूले नेपाल लगायत संसारका विभिन्न देश तथा त्यहाका नागरिकहरूलाई जलवायु परिवर्तन, जन स्वास्थ्य, शिक्षा र जीविकोपार्जन जस्ता क्षेत्रमा नकारात्मक असर पारेको भन्दै केसीले दुतावस घेर्ने भएका हुन् ।

फागुन ६ गत मंगलबार दिउसो ३ः३० बजे केसीले नेपालस्थित अमेरिकी दूतावास अगाडि शान्तिपूर्ण आन्दोलन गर्ने भएका बताए।

पश्चिम एसियाको गाजा पट्टीका प्यालेस्टाइनीहरूको जातीय सफाया गर्ने खालका प्रस्तावले त्यहाँको भू–राजनीति अस्थिर बनेको र अन्तर्राष्ट्रिय मानवीय कानुनको पनि खिल्ली उडाएकोविरुद्धमा समेत आन्दोलन गर्ने उनले बताए।

अनाहकमा गत तीन वर्षदेखि रुसले छेडेको युद्ध बेहोरिरहेको युक्रेनले पाइरहेको अमेरिकी सहयोगको अनिश्चितताले युक्रेनको लगायत अन्य छिमेकी राष्ट्रहरूको पनि अस्तित्व खतरामा परेको समेत केसीको ठहर छ।

ट्रम्पले गरेको निर्णयहरूमाथि पुनर्विचारको लागि शान्तिपूर्ण प्रदर्शनी तथा दूतावासमा ज्ञापनपत्र बुझाउने केसीको तयारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक