१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महाकुंभ मेला : गंगा-यमुना नदीमा फेकल कोलिफर्म बढ्यो, यो शरीरमा पुग्यो भने हुन सक्छन् यी जोखिमहरू ?

७ फाल्गुन २०८१, बुधबार १५:३९

काठमाडौँ | उत्तर प्रदेशको प्रयागराजको गंगा नदीको पानी गुणस्तर स्नानका लागि असुरक्षित रहेको पाइएको छ। केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डको रिपोर्टअनुसार, गंगाको पानीमा फिकल कोलिफर्म (Faecal Coliform) को मात्रा अत्यधिक उच्च रहेको जनाएको छ, जसका कारण पानी नुहाउनयोग्य नभएको हो।

सोमबार राष्ट्रिय हरित न्यायाधिकरण (NGT) लाई बुझाइएका प्रतिवेदनमा केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डले प्रयागराजका विभिन्न स्थानहरूमा लिइएका पानीका नमुनाहरूले स्नानका लागि असुरक्षित रहेको जानकारी दिएको हो।

विशेषगरी संगम नजिकका दुवै नदीका धेरै ठाउँमा यो ब्याक्टेरियाको स्तर बढेको पाइएको थियो । यसको उपस्थितिले अन्य रोगजन्य जीवाणुहरू जस्तै भाइरस साल्मोनेला, र ई. कोलाईको सम्भावित उपस्थितिलाई जनाउँछ, जसले गम्भीर रोगहरू निम्त्याउन सक्छ।

टाइम्स अफ इन्डियाको रिपोर्ट अनुसार सीपीसीबीले आफ्नो रिपोर्टमा प्रयागराजमा रहेको गंगा फेकल कोलिफर्म ब्याक्टेरियाले दूषित भएको बताएको छ। पानीको गुणस्तर खस्किँदै गएपछि प्रयागराजका खोलाको पानी नुहाउन योग्य नभएको प्रतिवेदनमा उल्लेख छ । फेकल कोलिफर्म ब्याक्टेरिया मानिस र जनावरको दिसामा पाइन्छ र ढलको माध्यमबाट पानीमा प्रवेश गर्दछ।

प्रयागराजमा अहिले पनि कुम्भ मेला चलिरहेको छ । हरेक दिन लाखौं मानिस प्रयागराज पुगेर डुब्न थालेका छन् । यस्तो अवस्थामा गंगा र यमुनाको पानीमा फेकल ब्याक्टेरियाको वृद्धिले भक्तहरूको स्वास्थ्यमा गम्भीर खतरा निम्त्याउन सक्ने प्रतिवेदनमा उल्लेख छ ।

हिन्दुस्तान टाइम्सको रिपोर्टका अनुसार सीपीसीबीले नदी फेकल कोलिफर्म ब्याक्टेरियाले अत्यधिक दूषित भएको बताएको छ। यसको मुख्य कारण ढलको पानी प्रशोधन नहुनु हो ।

यस्ता छन् फिकल ब्याक्टेरियासँग सम्पर्कबाट स्वास्थ्यमा पर्ने जोखिमहरू:

  • आन्द्रा सम्बन्धी संक्रमणहरू: ई. कोलाई र साल्मोनेलाजस्ता रोगजन्य जीवाणुहरूको कारण पाचन प्रणालीमा संक्रमण भई पखाला, बान्ता, र पेट दुख्ने समस्या हुन सक्छ।
  • छाला र आँखा संक्रमणहरू: प्रदूषित पानीसँग सम्पर्क हुँदा छालामा र्‍याश, आँखा चिलाउने, र फंगल संक्रमणहरू हुन सक्छन्।
  • टाइफाइड ज्वरो: साल्मोनेलाटाइफी जीवाणुबाट सर्ने यो गम्भीर ज्वरो प्रदूषित पानी पिउँदा वा त्यससँग सम्पर्क हुँदा हुन सक्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल