बावुबाट समेत बलात्कृत छन् छोरीहरु, कहाँ छ महिलाको सुरक्षा ?

Posted on: 25 Jul, 2017


कविता उपाध्याय/ साउन १०, रोल्पा । घरभित्र होस् वा गाउँ समाजमा, विद्यायलय होस् वा बनजंगलमा, बाटोघाटोमा होस् वा पानी पधेरोमा, आफन्तको साथमा हुँदा होस् वा पराईसंगको सामीप्यतामा कही कतै छोरीहरुले आफ्नो जीवनलाई सुरक्षित भएको महसुस गर्न सकिरहेका छैनन् । 

जन्मदिने बाबुबाट समेत छोरीहरु बलात्कृत हुनुपर्छ भने कहाँ हुन्छ महिलाको सुरक्षा ? आज यो प्रश्नको जवाफको पर्खाइमा बाँच्न बिबस छन् रोल्पाली चेलीहरु । 

२०७२ साल साउन ८ गते ह्वामा रोल्पाकी १२ वर्षिया बालिका आफ्नै ४० वर्षिय बाबुबाट बलात्कृत भइन् । स्कूल बिदाका दिनमा बाबु छोरी संगसंगै बनमा दाउरा गर्न गएका बेला जन्मदिने बाबुले जवर्जस्ती करणी गर्न खोज्दा ती बालिका रोइन् कराइन् तर त्यो निर्दयी बाबुको मन पलाएन । ती अबोध बालिकाको केही नलागेपछि अन्तमा उनी जन्मदिने बाबुबाट बलात्कृत भएरै छोडिन् । 

बालिकाका अनुसार उनका बाबुले करिव १ वर्ष पहिलेदेखि उनलाई पटक पटक जवर्जस्ती करणी गर्दै आएका थिए । कसैसंग यो कुरा खुलासा गरे ती बालिकाकी आमा हजुरआमा र उनी स्वयंलाई मार्ने धम्की दिएपछि बालिका चुपचाप बाबुबाटै भएको हिंसा सहेर बाँच्न विवस भइन् । पटक पटकको यौन शोषणबाट अत्यधिक पीडा भएपछि करिव १ वर्षपछि बालिकाले आफ्नी आमासंघ घटनाका बारेमा रोइरोइ सबैकुरा खुलासा गरिन् । 

पिडीतकी आमा असह्य पीडा बोकेर सरासर जिल्ला प्रहरी कार्यालय रोल्पामा उजुरी गर्न आइन् । प्रहरीले घटनाबारे अनुसन्धान ग¥यो  र पीडकलाई आवश्यक कारबाहीका लागि अदालबाट कानूनी प्रकृया अघि बढायो । 

यसैगरी २०७३ बैशाख १० गते रातको १२ बजे कोटगाउँ रोल्पामा एक बालिकालाई उनका बाबुले जर्वर्जस्ती करणी उद्योग गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाको तथ्यांकमा उल्लेख छ  । प्रहरीका अनुसार ५८ वर्षिय आफ्नै बाबुले  १५ वर्षिया कान्छी छोरीलाई जवर्जस्ती करणी उद्योग गरेका हुन्  । पीडितका अनुसार अत्यधिक मादक पदार्थ सेवनगरी डर धम्की देखाई बाबुले छोरीलाई जवर्जस्ती करणी गर्न खोजेका थिए । तर मदिराले मातेका बाबुलाई उनकी छोरीले लछार पछार गरी उम्कीन सफल भइन् । 

यस्तै २०७३ मंसीर १३ गते बिहान ६ बजे हार्जङ रोल्पाकी एक महिला आफ्नै सहोदर ५० वर्षिय जेठाजुबाट बलात्कृत भइन् । पीडितका अनुसार उनका जेठाजुले खुकुरी चक्कु देखाई काट्ने मार्ने धम्की दिदै पीडितलाई जवर्जस्ती करणी गरे । छोराछोरी घरमा रहेको र श्रीमान् विदेश गएको मौकापारी पीडक जेठाजुले घर बाहिर काममा गएकी बुहारीको अस्मिता लुटेको पीडितको भनाइ छ । यसरी घटना घटिसकेपछि २०७३ मंसिर १६ गते पीडितले इलाका प्रहरी कार्यालय सुलिचौरमा मुद्धा दर्ता गराइन् । सुलिचौर प्रहरीले आवश्यक अनुसन्धान गरी जिल्ला अदालत रोल्पाको आदेश अनुसार २०७३ पुष ५ गतेदेखि  पीडितलाई पुर्पक्षका लागि थुनामा राख्यो । 

यसैगरी २०७३ पुस २० गते विद्यालय गएकी राङ्सी रोल्पाकी ६ वर्षिया बालिकालाई बाल शिक्षाको कक्षामै १९ वर्षिय युवकले जवर्जस्ती करणी  गर्न खोजेपछि बालिका रुदै कराउदै घर गएकी थिइन् । घटना घटेको ४ दिनपछि पिडीतकी आमाले इलाका प्रहरी कार्यालय घर्तीगाउँमा २०७३ पुस २४ गते जाहेरी दिइन् । जाहेरी दिए लगत्तै प्रहरीले पीडकलाई पक्राउ गरी आवश्यक अनुसन्धान शुरु ग¥यो ।  २०७३ माघ १३ गतेदेखि जिल्ला अदालत रोल्पाको आदेश अनुसार प्रहरीले पीडकलाई थुनामा राखेको छ । विद्यालयकी शिक्षिका बिदामा रहेका कारण आफ्ना भाइलाई सट्टा शिक्षकको रुपमा विद्यालय पठाएको र भाइले नै विद्यालय बिदा भइसकेपछि बालिकालाई ललाई फकाइ जवर्जस्ती करणीको प्रयास गरेको पीडितकी आमाले बताइन् । 

यस्तै २०७३ भदौ १६ गते दिनको १२ बजे नुवागाउँ रोल्पाकी १५ वर्षिया एक किशोरीलाई मोवाइल चार्ज गर्ने बाहनामा २६ वर्षिय युवकले जवर्जस्ती करणी गरे । ती किशोरी पुरुषको कब्जाबाट उम्कन धेरै प्रयास गरिन् तर उनको जोर चलेन । आखिर बलात्कारको शिकार बनेरै छोडिन् । घटना घटिसकेपछि पीडितकी आमा मार्फत इलाका प्रहरी कार्यालय होलेरी रोल्पामा जाहेरी प¥यो । प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान गरी आवश्यक कारबाहीका लागि प्रकृया अगाडि बढायो । 

२०७२ फागुन ११ गते जंकोट रोल्पाकी १२ वर्षिया बालिका सामुदायिक वनमा घाँस, सोत्तर ल्याउन गएका बेला दिउसको ३ बजे १७ वर्षिय किशोरबाट बलात्कृत भइन् । पीडकले पीडित बालिकालाई आर्थिक प्रलोभनमा पारी सहमतीबाट यौन सम्पर्क गर्न खोजेको भएपनि बालिकाले नमानेपछि जवर्जस्ती करणीमा परेको पीडितको भनाइ छ । घटना पश्चात जिल्ला अदालत रोल्पामा उजुरी प¥यो । हाल जिल्ला अदालतले सो मुद्धा उपर फैसला गरी ८ वर्षका लागि पीडकलाई थुनामा राखेको छ । 

यी त प्रतिनिधि घटनाहरु मात्र हुन् । जिल्लामा यस किसिमका घटनाहरु समय समयमा घटिरहेका हुन्छन् । नाबालिकादेखि बृद्धाहरु सम्मपनि बलात्कृत भइरहेका घटना सार्वजनिक हुनुले पुरुषहरु महिला प्रति कति जिम्मेवार छन् भन्ने कुराको तथ्य छर्लङ्ग भइरहेको छ । 

जिल्ला प्रहरी कार्यालय रोल्पाको तथ्यांक अनुसार विभिन्न आर्थिक वर्षमा हाड नाता करणी, जवर्जस्ती करणी र जवर्जस्ती करणी उद्योग समेतका मुद्धा दर्ता भएका छन् । हाल ती सबै घटनाहरु उपर आवश्यक कारबाहीका लागि प्रकृया अघि बढाइएको अपराध अनुसन्धान शाखाले जनाएको छ ।  शाखाका अनुसार प्रहरी कार्यालयमा जवर्जस्ती करणी र जवर्जस्ती करणी उद्योगका मुद्धाहरु मात्र दर्ता हुने तर हाड नाता करणीका मुद्धाहरु भने सीधै अदालतमा जाने गरेका छन् । जवर्जस्ती करणीभित्र हाडनाता परेको भए सम्वन्धीत मुद्धामात्र प्रहरीमा हुने बताइएको छ । 

यस्तै जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरिक्षक गजेन्द्रकुमार चौधरीका अनुसार यस किसिमका अमानवीय घटनाहरु फौजदारी अपराध अन्तर्गत पर्दछन् । 

यी घटनाहरुले समाज एवम् पीडितको शारिरीक तथा मानसिक अवस्थामा नकारात्मक असर पारिरहेको हुन्छ । त्यसैले यस किसिमका घटनाहरु न्यूनिकरणका लागि चेतनामूलक कार्यक्रमहरुको खाँचो पर्ने चौधरीको भनाइ छ । उहाँका अनुसार यो गलत काम हो, यस किसिमका घटनाहरु आपराधिक घटना हुन् भन्ने बारेमा सबैले बुझ्न र बुझाउन सकेमात्र यी घटनाहरु न्यूनिकरण हुन सक्छन् ।

कानून ब्यवसायी एवम् अधिबक्ता माघवप्रसाद आचार्यका अनुसार यीनै कुराहरुलाई मध्यनजर गर्दै मुलुकी ऐनको ब्यवस्था भएको हो । यसरी बलात्कार गर्ने बलात्कारीहरुलाई उमेर अनुसारको सजायको ब्यवस्था छ । त्यसमा पनि हाडनाता करणी गर्नेलाई –जवर्जस्ती बलात्कारको यौटा सजाय र तल्लो उमेरकी बालिका छ भने थप सजाय हुने तथा उमेर पुगेकी महिला छ भने सो अनुसारको सजाय हुने ब्यवस्था छ । त्यसैले यस किसिमका अपराध गर्नेहलाई कानूनको दायरामा ल्याउनै पर्नेमा उहाँको जोड छ । 

यस्तै महिला नेतृ पुष्पा श्रेष्ठले यस किसिमका अमानवीय घटना घटाउनेहरुलाई जीवन्त कारागारको सजाय वा फासी दिने ब्यवस्था भएमात्र घटना न्यूनिकरण हुने बताउनु भएको छ । 

सरोकारवाला हरुका अनुसार आधा आकास ढाकेका महिलाहरुलाई जव सम्म समाजले दोश्रो दर्जाको संज्ञा दिन छोड्दैन तव सम्म महिला हिंसा न्यूनिकरण हुनै सक्दैन । त्यसैले समाजमा घट्ने अनेक किसिमका घटनाहरु न्यूनिकरण गर्नका लागि सर्बप्रथम महिला हिंसा अन्त हुन जरुरी छ । 

समाजमा महिलाहरु कुटिनु, पिटिनु तथा बलात्कृत हुनु तथा बलात्कारको प्रयासमा पर्नुपनि पनि महिला हिंसाकै विभिन्न स्रुप भएको उनीहरुको भनाइ छ । त्यसैले महिला आमा हुन्, श्रीमती हुन्, छोरी हुन्, बुहारी हुन् अनि सिंगो समाज निर्माणका पहरेदार हुन् भन्ने कुरालाई सबैले मनन गर्न सकेमात्र यस किसिमका घटनाहरु नयूनिकरण भई समावेशी र समतामूलक समाज निर्माणमा टेवा पुग्नेमा सबैको जोड छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!