१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जेलेन्स्कीद्वारा अमेरिकी प्रस्ताव अस्वीकार

९ फाल्गुन २०८१, शुक्रबार १६:५६

काठमाडौँ | ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले युक्रेनमा रहेको महत्वपूर्ण खनिजमा अमेरिकी पहुँच बढाउने सम्झौता गर्न माग गरेका छन् ।

तर युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले भने खनिज सम्झौता गर्ने अमेरिकी माग अस्वीकार गर्नुभएको छ । यो सम्झौताले रूससँगको युद्धको क्रममा युक्रेनलाई अमेरिकाले प्रदान गरेको सहयोगको मात्रालाई प्रतिबिम्बित गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइ छ ।

युक्रेनमा लिथियम र टाइटेनियम सहित महत्वपूर्ण तत्व र खनिजहरूको ठूलो भण्डार रहेको छ । साथै ठूलो मात्रामा कोइला, ग्यास, तेल र युरेनियम भण्डारहरू पनि रहेका छन् ।

युक्रेनमा दुर्लभ खनिजहरूमा अमेरिकी पहुँचलाई सहायताको बदलामा वा अमेरिकाले पहिले नै प्रदान गरेको सहयोगको क्षतिपूर्तिको रूपमा पनि साटासाट गर्न सकिने सुझाव सुरक्षा सल्लाहकार वाल्ट्जले दिएका थिए ।

तर राष्ट्रपति जेलेन्स्कीले सो प्रस्ताव अस्वीकार गर्दै आफुले राज्य बेच्न नसक्ने प्रतिक्रिया दिनु भएको थियो । जेलेन्स्की र किथ केलोगबीच कीभमा भएको बैठकमा युक्रेनी नेताले युक्रेनमा युद्ध समाप्त गर्न अमेरिकासँग लगानी र सुरक्षा सम्झौता गर्न तयार रहेको घोषणा गरेपछि अमेरिकाले यस्तो प्रस्ताव गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’