२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दक्षिण कोरियामा नेपालीको मृत्यु: करिब ६ महिना अघि मात्रै कोरिया पुगेका थिए तुलसी

२०८१, १३ फाल्गुन मंगलवार १२:४६

काठमाडौँ | दक्षिण कोरियामा रोजगारीका लागि पुगेका नेपाली श्रमिक तुलसी पुन मगर मृत अवस्थामा फेला परेका छन्। माग्दी जिल्लाको मालिका गाउँपालिका–१ निस्कोटका मगर शुक्रबार राति छल्लानाम्दो याङामगुनस्थित नान उसङ बंगुर फार्ममा मृत भेटिएका हुन्। उनी रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत करिब ६ महिना अघि मात्रै कोरिया पुगेका थिए।

मगरका सहकर्मीहरूले रोजगारदाता र सुपरभाइजरबाट निरन्तर भइरहेको यातना सहन नसकेर उनले आत्महत्या गरेको दाबी गरेका छन्। केही दिनअघि मात्र मगरसहित ६ नेपाली श्रमिकले कुटपिट भइरहेको भन्दै उद्धारका लागि भिडियोमार्फत अपिल गरेका थिए। उक्त भिडियोमा लालबहादुर तामाङ, प्रेमबहादुर तामाङ, रुकबहादुर सिंह, सुरेन्द्र थिङ, घनश्याम घिमिरे, र तुलसी पुन मगरले आफूहरूमाथि भइरहेको दुर्व्यवहारबारे जानकारी गराएका थिए।

लालबहादुर तामाङले भिडियोमा भनेका थिए, “म यहाँ आएको दुई महिना नपुग्दै चार पटक कुटाइ खाइसकें। एक्लाएक्लै सीसीटीभी नभएको ठाउँमा लगेर कुट्छ। त्यसैले म यो कम्पनीमा बस्न चाहन्नँ। दैनिक यातना दिन्छ।” तुलसी पुन मगरले समेत आफूलाई कुटपिट भइरहेको बताएका थिए।

घटनापछि नेपाली दूतावासका श्रम काउन्सिलर मैया कँडेल, कोरियाको आधिकारिक प्रवासी ट्रेड युनियन (एमटीयू) का अध्यक्ष उदय राई, र गैरआवासीय नेपाली संघ, कोरियाका अध्यक्ष विपिनकुमार गुरुङ घटनास्थल पुगेका थिए। पीडित श्रमिकहरूले नेपाली सुपरभाइजर सुजन शाह र कोरियन रोजगारदाताले मिलेर उनीहरूलाई कुट्ने, मोबाइल बोक्न नदिने, तथा कम्पनीबाट बाहिर निस्कन नदिने आरोप लगाएका छन्। दोषीमाथि कारबाहीको माग राख्दै उनीहरूले दूतावाससँग सहयोगको अनुरोध गरेका छन्।

कम्पनीमा ३ महिलासहित १५ नेपालीले काम गर्थे। तर फार्मका सुपरभाइजर शाहले सबै जना एक ठाउँमा उभिएर साहुसँग आफूमाथि भएका दुर्व्यवहारको कुरा राख्न नसकेको स्वीकार गरेका छन्। ‘दुई साताअगाडि नै साहुसमक्ष कुरा गर्नुपर्थ्यो। त्यो बेला सबैको साथ सहयोग पाएको भए यो अवस्था देख्नुपर्ने थिएन,’ सुपरभाइजर शाहले टोलीसमक्ष भनेका छन्, ‘कोही पनि डरले साहुको अगाडि उभिन नै सकेन। अहिले यस्तो घटना भयो। मलाई पनि फर्केर नेपाल जानु छ। मैले अन्याय गरेको छैन।’

कोरियाका लागि नेपाली राजदूत शिवमाया तुम्बाहाम्फेले घटनाको निष्पक्ष छानबिन गर्न कोरिया सरकारलाई आग्रह गरिएको बताइन्। उनले भनिन्, “घटनाबारे बुझ्न श्रम काउन्सिलरको टोली पठाइएको थियो। कोरियाको कानुनअनुसार प्रहरीले अनुसन्धान गर्नेछ।”

घटनास्थल पुगेकी श्रम काउन्सिलर कँडेलका अनुसार रोजगारदाताले कमजोरी सुधार गर्ने प्रतिबद्धता जनाएका छन्। पीडितमध्ये एक श्रमिकलाई सोमबार नै अर्को कम्पनीमा काम गर्न पाउने गरी रिलिज पेपर दिइएको छ भने अन्यलाई १५ दिनभित्र उपलब्ध गराइनेछ।

प्रवासी ट्रेड युनियन (एमटीयू) ले रोजगारदाताविरुद्ध प्रहरीमा उजुरी दिने जनाएको छ। अध्यक्ष उदय राईका अनुसार कानुनी रूपमा न्याय दिलाउन वकिलमार्फत मुद्दा लडिनेछ। उनले भने, “कोरिया सरकारले बोलाएर ल्याएका प्रवासी श्रमिकमाथि बढ्दो शोषण भइरहेको छ। सन् २०२२ मा मात्रै १७३ जनाले आत्महत्या गरेका छन्।”

कोरियामा पछिल्लो ५ वर्षमा ईपीएसमार्फत पुगेका ८५ जना नेपाली श्रमिकको मृत्यु भइसकेको छ। तीमध्ये अधिकांश बिरामी वा आत्महत्याका कारणले ज्यान गुमाएका छन्।

एमटीयूका अध्यक्ष राईले कोरियामा रोजगारदातालाई बढी अधिकार दिइएको भन्दै श्रमिकमाथि शोषण भइरहेको बताए। उनले भने, “२० जनाले गर्ने काम १० जनालाई गराइन्छ। कानुनी रूपमा ठूला कारबाही हुँदैन। कुटपिटको मुद्दा प्रहरीमा पुर्‍याउँदा प्रमाण अपुग भएको भन्दै फिर्ता गरिन्छ।”

नेपाल सरकारले २००७ देखि ईपीएस अन्तर्गत कोरियामा श्रमिक पठाउँदै आएको छ। हालसम्म १ लाख ३० हजार नेपाली श्रमिक कोरिया गइसकेका छन्। हाल ७३ हजार नेपाली त्यहाँ कार्यरत छन्। तर ईपीएसमार्फत गएका श्रमिकको समस्या नेपाल सरकारसँग दर्ता हुने व्यवस्था छैन। नेपाली श्रमिकहरू सिधै कोरियाको श्रम कार्यालयमा उजुरी दिन बाध्य छन्, जसका कारण उनीहरूका समस्या श्रम मन्त्रालयसम्म आइपुग्दैनन्।

वैदेशिक रोजगार विभागका प्रवक्ता गुरुदत्त सुवेदीका अनुसार कोरियामा श्रमिकले भोग्ने समस्या विभागमा उजुरीका रूपमा आइपुग्दैन। उनले भने, “कोरियामा रहेका श्रमिकले तलब नपाउने, कम्पनी परिवर्तन गर्न नपाउने जस्ता समस्याहरू सामना गरिरहेका छन्।”

राईका अनुसार कोरियामा कृषि क्षेत्रमा काम गर्ने अधिकांश श्रमिक ग्रामीण भेगमा बस्नुपर्ने बाध्यता भएकाले उनीहरूको बजारसँग पहुँच हुँदैन। यसले उनीहरूको मानसिक स्वास्थ्यमा समेत गम्भीर असर पुर्‍याउने गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी