२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

यौन प्रस्ताव अस्वीकार गर्दा हत्या

२०८१, १९ फाल्गुन सोमबार ११:२४

बुटवल | रुपन्देहीको सियारीमा मृत भेटिएकी महिलालाई यौन प्रस्ताव अस्वीकार गर्दा हत्या भएको खुलेको छ । दाङको लमही नगरपालिका–७ मा घर भएकी संगीता चौधरीको सियारी गाउँपालिका बेथरी सडक खण्डमा फागुन ८ गते शव फेला परेको थियो ।

बुटवल–११ कालिकानगरमा बसेर मजुरी गर्दै आएकी संगीतालाई रुपन्देहीको तिलोत्तमा नगरपालिका–१२ का अजय भनिने अमेरिकी थारूले हत्या गरेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सुरज कार्कीले जानकारी दिए । उनका घटना भएको दिन दुवै जनाले मादक पदार्थ सेवन गरेको र अमेरिकीले संगितालाई यौन प्रस्ताव राखेका थिए ।

तर, प्रस्ताव अस्वीकार गरेपछि उनले संगीतालाई ढुंगाले टाउकोमा हानेर हत्या गरी परालले छोपेर छाडेको अवस्थामा प्रहरीले शव फेला पारेको थियो ।

प्रहरीले ‘क्राइमसिन’बाट हत्यामा प्रयोग भएको ढुंगा २ थान, सेलफोन एक थान, टोपी एक थान, चप्पल एक जोर दशीको रूपमा बरामद भएको जनाएको छ ।

फरार रहेका थारूलाई पक्राउगरी अदालतबाट आठ दिनको म्याद थप गरेर घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ