४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

यौन प्रस्ताव अस्वीकार गर्दा हत्या

१९ फाल्गुन २०८१, सोमबार ११:२४

बुटवल | रुपन्देहीको सियारीमा मृत भेटिएकी महिलालाई यौन प्रस्ताव अस्वीकार गर्दा हत्या भएको खुलेको छ । दाङको लमही नगरपालिका–७ मा घर भएकी संगीता चौधरीको सियारी गाउँपालिका बेथरी सडक खण्डमा फागुन ८ गते शव फेला परेको थियो ।

बुटवल–११ कालिकानगरमा बसेर मजुरी गर्दै आएकी संगीतालाई रुपन्देहीको तिलोत्तमा नगरपालिका–१२ का अजय भनिने अमेरिकी थारूले हत्या गरेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सुरज कार्कीले जानकारी दिए । उनका घटना भएको दिन दुवै जनाले मादक पदार्थ सेवन गरेको र अमेरिकीले संगितालाई यौन प्रस्ताव राखेका थिए ।

तर, प्रस्ताव अस्वीकार गरेपछि उनले संगीतालाई ढुंगाले टाउकोमा हानेर हत्या गरी परालले छोपेर छाडेको अवस्थामा प्रहरीले शव फेला पारेको थियो ।

प्रहरीले ‘क्राइमसिन’बाट हत्यामा प्रयोग भएको ढुंगा २ थान, सेलफोन एक थान, टोपी एक थान, चप्पल एक जोर दशीको रूपमा बरामद भएको जनाएको छ ।

फरार रहेका थारूलाई पक्राउगरी अदालतबाट आठ दिनको म्याद थप गरेर घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ