२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिभिल अस्पतालका सञ्चालक साह पक्राउ

१९ फाल्गुन २०८१, सोमबार १३:१७

रौतहट | रौतहटको चन्द्रनिगाहपुरमा रहेको सिभिल अस्पताल प्रालिका सञ्चालकमध्येका एक जना पक्राउ परेका छन् । गत शनिबार मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अस्पताल अनुगमन गर्ने क्रममा सो अस्पताल मापदण्डविपरीत सञ्चालन नभएको र दर्ता समेत नभएको पाइएपछि अस्पताल बन्द गर्ने पत्र थमाएका थिए ।

मुख्यमन्त्री सिंहले सम्पूर्ण प्रक्रिया पूरा गरेर मात्र अस्पताल सञ्चालन गर्न भन्दै बन्द गर्ने पत्र थमाएको भए पनि सो अस्पतालका सञ्चालकले अस्पताल खोलेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिभिल अस्पतालका सञ्चालक मध्यका एकजना राजन साह रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी राजकुमार राईले जानकारी दिए ।

अस्पताल नखोल्न पटक–पटक सम्झाइ बुझाइ गर्दा समेत साहले अटेर गरी अस्पताल खोलेपछि सोमबार बिहान उनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा राखिएको डिएसपी राईले बताए । चन्द्रनिगाहपुरको ट्रमा हाइवे सेन्टर, सिभिल अस्पताल, चन्द्रपुर सामुदायिक अस्पताल, पब्लिक लाइफ केयर पोलिक्लिनिक, चपुर सिटी अस्पताल, हिमालयन पोलिक्लिनिक प्रालि, चपुर अर्थोपेडिक एण्ड जनरल अस्पताल, चन्द्रपुर आँखा तथा दाँत उपचार केन्द्र, एपोलो अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहले पत्र दिएका थिए ।

सिभिल अस्पताल तथा रिसर्च सेन्टरले सामान्य बिरामी भएर जाँदा पनि अनावश्यक रुपमा जाँच गराई विभिन्न शीर्षकमा लुट्ने गरेको स्थानीयको गुनासो छ । मुख्यमन्त्री सतिशकुमार सिंहले अनुगमनको क्रममा त्रुटि नै त्रुटि फेला परेको सो अस्पतालले अस्पतालसम्बन्धी हुनुपर्ने कुनै पनि मापदण्ड पूरा गरेको नपाइएको बताउँदै तत्काल अस्पताल बन्द गर्न चिठी काटेका थिए ।

उनले अस्पतालले आइसीयू तथा अप्रेशन सञ्चालन गरेपनि त्यसको आधारभूत मापदण्ड पनि पूरा नगरेको भन्दै सञ्चालक राजनकुमार साहसँग झोक्किएका थिए । उनले बिना दर्ता अस्पताल सञ्चालन गरेको भन्दै तत्काल त्यहाँ उपचाररत बिरामीहरू अन्य अस्पतालमा सारेर अस्पताल बन्द गर्न निर्देशन दिएका थिए । तर सञ्चालक साहले अटेर गरेर अस्पताल खोलेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

अस्पतालमा एकपटक उपचार गरेपछि बिरामीहरू फर्केर नजाने भएकाले अस्पतालले अनावश्यक महँगो शुल्क जोडेर लिने गरेको गुनासो व्याप्त भएपनि कारबाहीको लागि कुनै पनि निकायले चासो नदिएको भन्दै गुनासो बढेको थियो । शनिबार मुख्यमन्त्री सिंहलाई एक पीडितले अस्पतालको बिल देखाउँदै आफूमाथि अन्याय भएको गुनासो गरेका थिए ।

सिंहले हेर्दै सुविधा केही पनि नभएको तर काठमाडौँको उच्च सुविधायुक्त अस्पतालको शुल्क लिएको भन्दै आश्चर्य व्यक्त गरेका थिए । सो बिलमा मापदण्ड विपरीत सञ्चालन गरिरहेको आइसीयू बेडको प्रतिदिनको ४५ सय जोडिएको छ ।
सवारी दुर्घटनामा परेर सो अस्पतालमा पुगेका उक्त बिरामीको अप्रेसन शुल्क ६५ हजार, एनेस्थेसिया शुल्क २० हजार, इमर्जेन्सी म्यानेजमेन्ट शुल्क २० हजार, स्टिलको ५५ हजार, अप्रेसन थिएटर सामग्रीको शुल्क २० हजार, मोनिटर शुल्क ९ हजार, उपचारात्मक शल्यक्रिया शुल्क १० हजार, ड्रेसिङ शुल्क ३ हजार, अक्सिजन शुल्क ६ हजार लिएका छन् ।

विविध मनलाग्दी शीर्षकमा महँगो शुल्क लिएर उक्त बिरामीको २ लाख ६५ हजार ९ सय रुपैयाँको बिल बिरामीलाई थमाइदिएपछि बिरामीहरु के गर्ने भन्ने अन्योलमा परेका छन् । मुख्यमन्त्री सिंहसँग बिरामीका आफन्तले गुनासो गर्दै आफूहरूलाई न्याय प्रदान गर्न हारगुहार गरेका थिए । मुख्यमन्त्री सिंहले तत्काल अनावश्यक शुल्क हटाएर बिरामीलाई डिस्चार्ज गर्न अस्पताल सञ्चालक साहलाई निर्देशन दिएका थिए । मुख्यमन्त्री गएपछि साहले किन गुनासो गरेको भन्दै थर्काएका थिए ।

सो अस्पतालले प्रहरी, एम्बुलेन्स चालक तथा इ–रिक्सा चालकसँग सेटिङ मिलाएर रौतहट जिल्लामा आसपासमा भएका सडक दुर्घटनाका घाइतेहरूलाई अस्पतालमा ल्याउने र उपचारको नाममा मनलाग्दी शुल्क असुल्ने गरेको आरोप पनि लाग्ने गरेको छ । अस्पतालले दुर्घटनाको बिरामी ल्याइदिएबापत एम्बुलेन्स चालकलाई ३५ सय, इ–रिक्सा चालकलाई ५ सय तथा प्रहरीलाई बिलको १० देखि २० प्रतिशतसम्म कमिसन दिने गरेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने