साउन १३, काठमाडौँ | २३ गते मनाउनुपर्ने जनैपुर्णिमा आज किन मनाइयो ? यस बिषयमा धेरैलाई थाहा छैन । बिशेष रुपमा आजको दिन नागपन्चमी हो, यस दिनलाइ शुभ दिन मानिन्छ, २३ गते जुन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १३, काठमाडौँ | २३ गते मनाउनुपर्ने जनैपुर्णिमा आज किन मनाइयो ? यस बिषयमा धेरैलाई थाहा छैन । बिशेष रुपमा आजको दिन नागपन्चमी हो, यस दिनलाइ शुभ दिन मानिन्छ, २३ गते जुन"/>
९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२३ गते मनाउनुपर्ने जनैपुर्णिमा आज किन ? (यस्तो छ कारण)

१३ श्रावण २०७४, शुक्रबार ०३:४९

अनिल अधिकारी | साउन १३, काठमाडौँ | २३ गते मनाउनुपर्ने जनैपुर्णिमा आज किन मनाइयो ? यस बिषयमा धेरैलाई थाहा छैन । बिशेष रुपमा आजको दिन नागपन्चमी हो, यस दिनलाइ शुभ दिन मानिन्छ, २३ गते जुन दिन जनैपुर्णिमा परेको छ त्यस दिन निकै अशुभ भएको र ग्रहण लाग्ने भएकाले त्यस दिनको जनैपुर्णिमा आज मनाउन लागिएको हो । 

हिन्दु अनुयायीहरु हरेक रिति तथा चाडहरुलाई बेदमा आधारित भएर गर्छन त्यसमा पनि जनैपुर्णिमाको महत्व बेग्लै छ ।  हामीले मान्ने चाडहरुले फलदायी र धार्मिक महत्व बोक्ने हुँदा अशुभ दिनमा चाड मनाउनु राम्रो मानिन्न । रक्षाबन्धनलाई शास्त्रमा हरेक बिकृतिलाई जोगाउने वा गरिएका नकारात्मक कार्यलाई चोख्याउनेसम्मको कर्म भन्न सकिन्छ । अझ कतिपयले यसलाई पवित्रता र रक्षामा बाध्न गरिने नित्य कर्म पनि मान्छन । कुरा जे होस् सारमा भन्नु पर्दा रक्षा बन्धन एउटा पवित्र कार्य हो यो शुभ दिनमा गर्नु पर्छ भन्ने हो । 

भनिन्छ 'पवित्रतामा शक्ति हुन्छ ।' जहाँ पवित्र काम हुन्छ त्यसमा अदृश्य भगवान (शक्ति) को सदा बास हुन्छ । जनै पुर्णिमामा कपासमध्ये कुनै एकको रेसाबाट धागो निकाली जनै बनाइन्छ । त्यसमा पनि उक्त धागोलाई तेब्राउने, त्यसपछि फेरि अर्को पटक तेब्राइ, एउटा पवित्र गाँठो बनाएर फेरी त्यसलाई पनि ६ धर्साको सम्मिलन गराई एउटा जनै बनाउने गरिन्छ । शास्त्रको कुरालाई मान्ने हो भने जनैका ९ तन्तुमा ॐकार, अग्नि, नाग, सोम, पितृगण, प्रजापति, मारुत, सूर्य र सर्वदेवता बसेका हुन्छन् । नियम अनुसार जनै बनाएर लगाउनाले अभीष्ट फल प्राप्ति हुन्छ भन्ने धार्मिक मान्यता छ । जनैपुर्णिमा जनैसँग महत्व राख्ने पर्व भएकाले जनैको बिषयमा कुरा उठाईएको हो । 


यो पटकको जनैपूर्णिमाको सम्पूर्ण धार्मिक कृत्य नागपञ्चमीको दिन अर्थात आज मनाइने शास्त्रीय निर्णय अनुसार नै आज जनैपुर्णिमा परेको हो । आज पूर्णिमा हैन, किन पञ्चमी र पूर्णिमा एकैदिन मानियो ? भन्ने पनि धेरै छन् । जुन दिन मान्नुपर्ने हो त्यो दिन जनैपूर्णिमा जस्तो पवित्र काम गर्न उपयुक्त नभएकाले नाग पंचमीको दिन सार्ने निर्णय गरिएको हो । यसलाई अनुयायीहरुले सकारात्मक मानेका छन् । धार्मिक मान्यता अनुसार दोष परेको दिन जबर्जस्ति कर्म गर्दा त्यसको असर देखिने र अनिष्ट फल मिल्ने बताइएको छ । 

जनैपुर्णिमा गुरु र शिष्यको सम्बन्धमा पनि उत्तिकै महत्वपूर्ण दिन हो । जनैपूर्णिमा साउन २३ गते नगरिए पनि त्यस दिन पर्ने पूर्णिमाको व्रत, कुम्भेश्वर मेला र गोसाइकुण्डको मेला भने श्रावण शुक्ल पूर्णिमाकै अर्थात साउन २३ गते सोमबारनै हुनेछ । २३ गते लाग्ने चन्द्रग्रहण रातिको समयमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए