साउन १३, काठमाडौँ | २३ गते मनाउनुपर्ने जनैपुर्णिमा आज किन मनाइयो ? यस बिषयमा धेरैलाई थाहा छैन । बिशेष रुपमा आजको दिन नागपन्चमी हो, यस दिनलाइ शुभ दिन मानिन्छ, २३ गते जुन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १३, काठमाडौँ | २३ गते मनाउनुपर्ने जनैपुर्णिमा आज किन मनाइयो ? यस बिषयमा धेरैलाई थाहा छैन । बिशेष रुपमा आजको दिन नागपन्चमी हो, यस दिनलाइ शुभ दिन मानिन्छ, २३ गते जुन"/>
२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२३ गते मनाउनुपर्ने जनैपुर्णिमा आज किन ? (यस्तो छ कारण)

२०७४, १३ श्रावण शुक्रबार ०३:४९

अनिल अधिकारी | साउन १३, काठमाडौँ | २३ गते मनाउनुपर्ने जनैपुर्णिमा आज किन मनाइयो ? यस बिषयमा धेरैलाई थाहा छैन । बिशेष रुपमा आजको दिन नागपन्चमी हो, यस दिनलाइ शुभ दिन मानिन्छ, २३ गते जुन दिन जनैपुर्णिमा परेको छ त्यस दिन निकै अशुभ भएको र ग्रहण लाग्ने भएकाले त्यस दिनको जनैपुर्णिमा आज मनाउन लागिएको हो । 

हिन्दु अनुयायीहरु हरेक रिति तथा चाडहरुलाई बेदमा आधारित भएर गर्छन त्यसमा पनि जनैपुर्णिमाको महत्व बेग्लै छ ।  हामीले मान्ने चाडहरुले फलदायी र धार्मिक महत्व बोक्ने हुँदा अशुभ दिनमा चाड मनाउनु राम्रो मानिन्न । रक्षाबन्धनलाई शास्त्रमा हरेक बिकृतिलाई जोगाउने वा गरिएका नकारात्मक कार्यलाई चोख्याउनेसम्मको कर्म भन्न सकिन्छ । अझ कतिपयले यसलाई पवित्रता र रक्षामा बाध्न गरिने नित्य कर्म पनि मान्छन । कुरा जे होस् सारमा भन्नु पर्दा रक्षा बन्धन एउटा पवित्र कार्य हो यो शुभ दिनमा गर्नु पर्छ भन्ने हो । 

भनिन्छ 'पवित्रतामा शक्ति हुन्छ ।' जहाँ पवित्र काम हुन्छ त्यसमा अदृश्य भगवान (शक्ति) को सदा बास हुन्छ । जनै पुर्णिमामा कपासमध्ये कुनै एकको रेसाबाट धागो निकाली जनै बनाइन्छ । त्यसमा पनि उक्त धागोलाई तेब्राउने, त्यसपछि फेरि अर्को पटक तेब्राइ, एउटा पवित्र गाँठो बनाएर फेरी त्यसलाई पनि ६ धर्साको सम्मिलन गराई एउटा जनै बनाउने गरिन्छ । शास्त्रको कुरालाई मान्ने हो भने जनैका ९ तन्तुमा ॐकार, अग्नि, नाग, सोम, पितृगण, प्रजापति, मारुत, सूर्य र सर्वदेवता बसेका हुन्छन् । नियम अनुसार जनै बनाएर लगाउनाले अभीष्ट फल प्राप्ति हुन्छ भन्ने धार्मिक मान्यता छ । जनैपुर्णिमा जनैसँग महत्व राख्ने पर्व भएकाले जनैको बिषयमा कुरा उठाईएको हो । 


यो पटकको जनैपूर्णिमाको सम्पूर्ण धार्मिक कृत्य नागपञ्चमीको दिन अर्थात आज मनाइने शास्त्रीय निर्णय अनुसार नै आज जनैपुर्णिमा परेको हो । आज पूर्णिमा हैन, किन पञ्चमी र पूर्णिमा एकैदिन मानियो ? भन्ने पनि धेरै छन् । जुन दिन मान्नुपर्ने हो त्यो दिन जनैपूर्णिमा जस्तो पवित्र काम गर्न उपयुक्त नभएकाले नाग पंचमीको दिन सार्ने निर्णय गरिएको हो । यसलाई अनुयायीहरुले सकारात्मक मानेका छन् । धार्मिक मान्यता अनुसार दोष परेको दिन जबर्जस्ति कर्म गर्दा त्यसको असर देखिने र अनिष्ट फल मिल्ने बताइएको छ । 

जनैपुर्णिमा गुरु र शिष्यको सम्बन्धमा पनि उत्तिकै महत्वपूर्ण दिन हो । जनैपूर्णिमा साउन २३ गते नगरिए पनि त्यस दिन पर्ने पूर्णिमाको व्रत, कुम्भेश्वर मेला र गोसाइकुण्डको मेला भने श्रावण शुक्ल पूर्णिमाकै अर्थात साउन २३ गते सोमबारनै हुनेछ । २३ गते लाग्ने चन्द्रग्रहण रातिको समयमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो