Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

कोटेश्‍वरमा मोटरसाइकल दुर्घटना हुँदा पैदलयात्रीको मृत्यु

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौं। काठमाडौं महानगरपालिका–३२ कोटेश्‍वर भाटभटेनीस्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मंगलबार राति बागमती प्रदेश ०२–०२० प ५१७७ नम्बरको मोटरसाइकलको ठक्करबाट एक पैदयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुषको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।