१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बम राखिएको हल्लापछि न्युयोर्क उडेको विमान साढे ८ घण्टापछि मुम्बई डाइभर्ट

२६ फाल्गुन २०८१, सोमबार १७:१४

काठमाडौँ | मुम्बईबाट न्युयोर्क गइरहेको एयर इन्डियाको विमान एआई–११९ मा बम राखिएको धम्की आएपछि उक्त उडान मुम्बई नै डाइभर्ट गरिएको छ।

सोमबार बिहान ८ घण्टा ३७ मिनेटको उडानपछि विमान डाइभर्ट गरिएको थियो । विमानमा १९ चालक दलका सदस्यसहित ३ सय २२ यात्रु सवार थिए ।

एयर इन्डियाले उडानको वासरूममा एउटा नोट भेटिएको र जसमा बमको धम्की भएको पाइएको जनाएको थियो।


सुरक्षा प्रोटोकललाई ध्यानमा राख्दै विमानलाई रुटबाटै मुम्बई फर्काउने निर्णय गरिएको थियो। विमान भारतीय समयअनुसार १० बजेर २५ मिनेटमा मुम्बई नै फर्किएको थियो।
मुम्बई एयरपोर्टको टर्मिनल-२ बाट विमानले दिउँसो त्यहाँको समयअनुसार पौने २ बजे न्यूयोर्कका लागि उडान भरेको थियो। अहिले सुरक्षा निकायहरू घटना अनुसन्धानमा जुटेका छन् । यात्रुहरूमा पर्न गएको असुविधाप्रति क्षमा मागिएको छ।

एयरलाइन्सले अब अप्रिल ११ गते बिहान ५ बजेका लागि उडान समय सारिएको जनाएको छ । यात्रुहरुलाई होटल बस्ने, खाना र अन्य आवश्यक सहयोग उपलब्ध गराइएको छ ।
यसअघि मार्च ६ मा सिकागोबाट दिल्लीका लागि एयर इन्डियाको अर्को विमान प्राविधिक गडबडीका कारण ५ घण्टापछि सिकागो फर्किनुपरेको थियो । यात्रुलाई गन्तव्यमा पुर्‍याउन समयमै वैकल्पिक व्यवस्था गरिएको एयरलाइन्सका प्रवक्ताले सोमबार जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव