२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बम राखिएको हल्लापछि न्युयोर्क उडेको विमान साढे ८ घण्टापछि मुम्बई डाइभर्ट

२०८१, २६ फाल्गुन सोमबार १७:१४

काठमाडौँ | मुम्बईबाट न्युयोर्क गइरहेको एयर इन्डियाको विमान एआई–११९ मा बम राखिएको धम्की आएपछि उक्त उडान मुम्बई नै डाइभर्ट गरिएको छ।

सोमबार बिहान ८ घण्टा ३७ मिनेटको उडानपछि विमान डाइभर्ट गरिएको थियो । विमानमा १९ चालक दलका सदस्यसहित ३ सय २२ यात्रु सवार थिए ।

एयर इन्डियाले उडानको वासरूममा एउटा नोट भेटिएको र जसमा बमको धम्की भएको पाइएको जनाएको थियो।


सुरक्षा प्रोटोकललाई ध्यानमा राख्दै विमानलाई रुटबाटै मुम्बई फर्काउने निर्णय गरिएको थियो। विमान भारतीय समयअनुसार १० बजेर २५ मिनेटमा मुम्बई नै फर्किएको थियो।
मुम्बई एयरपोर्टको टर्मिनल-२ बाट विमानले दिउँसो त्यहाँको समयअनुसार पौने २ बजे न्यूयोर्कका लागि उडान भरेको थियो। अहिले सुरक्षा निकायहरू घटना अनुसन्धानमा जुटेका छन् । यात्रुहरूमा पर्न गएको असुविधाप्रति क्षमा मागिएको छ।

एयरलाइन्सले अब अप्रिल ११ गते बिहान ५ बजेका लागि उडान समय सारिएको जनाएको छ । यात्रुहरुलाई होटल बस्ने, खाना र अन्य आवश्यक सहयोग उपलब्ध गराइएको छ ।
यसअघि मार्च ६ मा सिकागोबाट दिल्लीका लागि एयर इन्डियाको अर्को विमान प्राविधिक गडबडीका कारण ५ घण्टापछि सिकागो फर्किनुपरेको थियो । यात्रुलाई गन्तव्यमा पुर्‍याउन समयमै वैकल्पिक व्यवस्था गरिएको एयरलाइन्सका प्रवक्ताले सोमबार जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार