५ चैत्र २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गायक विक्रम राईको मृत्यु शंकास्पद, भिसेरा रिपोर्ट कुर्दै प्रहरी

३ चैत्र २०८१, आईतवार १२:१४

काठमाडौँ | गायक तथा संगीतकार विक्रम राईको मृत्यु शंकास्पद देखिएको भन्दै प्रहरीले अनुसन्धान थालेको छ। खोटाङ घर भएका राईको फागुन १७ गते राति हरसुङमा अर्गानिक खाजा घर, अनामनगरमा मृत्यु भएको थियो।

अत्यधिक मदिरा सेवन गरेका राईको मृत्यु शंकास्पद देखिएको भन्दै उनको परिवारले अनुसन्धानको माग गरेका छ। विक्रमसँग केही वर्षदेखि लिभिङ टुगेदरमा बसिरहेकी खोटाङकै युवतीविरुद्ध उनीहरूले किटानी जाहेरीसमेत दिन खोजेका छन्। घटना हुँदा ती युवती साथै थिइन्।

त्यस रात विक्रम ढलेपछि तिनै युवतीले प्रहरीलाई खबर गरेकी थिइन्। प्रहरी भ्यानमा उनलाई बागबजारस्थित काठमाडौँ मोडल अस्पताल लगिएको थियो। अस्पतालले करिब एक घण्टापछि उनलाई मृत घोषणा गरेको थियो।

शव पोस्टमार्टमपछि आफन्तले खोटाङ नै लगेर अन्तिम संस्कार गरिसकेका छन्। पोस्टमार्टमबाट पनि उनको मृत्युको कारण नखुलेको प्रहरीको दाबी भनाइ छ। अहिले प्रहरी भिसेरा परीक्षणको नतिजा पर्खिरहेको छ। भिसेरा परीक्षण प्रतिवेदन प्राप्त भएपछि थप अगाडि बढ्ने प्रहरीको भनाइ छ।

प्रहरीले घटनास्थलको सीसीटीभी पनि हेरेको छ। त्यहाँबाट युवतीको भूमिका शंकास्पद नदेखिएकाले अहिले नै उनीविरुद्ध मुद्दा चल्ने अवस्था नदेखिएको प्रहरीको भनाइ छ। विक्रमकी दिदी अमिता राई लगायत आफन्तले लिभिङ टुगेदरमा बसेकी युवतीलाई पक्राउ गरेर अनुसन्धान थाल्न माग गरेका छन्। विक्रमको मृत्यु भएको दोस्रो साता मात्रै आफन्त अनुसन्धानको माग गर्दै प्रहरी वृत्त सिंहदरबार पुगेका छन्।

सुरुमा विक्रमको मृत्युको कारण शंकास्पद नठानेको तर अहिले उनको मृत्यु नभई हत्या हुन सक्ने आधार देखिएको दिदी अमिताले बताएकी छन्। विक्रमले बोक्दै आएका दुईवटा मोबाइल लगायतका कुनै पनि सामग्री परिवारलाई प्राप्त नभएकोले घटना शंकास्पद बन्दै गएको उनको जिकिर छ।

घटनास्थलबाहिरको सीसीटीभी फुटेजले झनै शंका थपिए पनि प्रहरीले फरेन्सिक रिपोर्ट आएपछि उजुरी लिने जवाफ दिएको उनले बताइन्। तत्काल अनुसन्धान नभए र प्रमाणहरू नष्ट हुने आशंका उनको छ। परिवारको शंका मेटाउन पनि घटनाको यथासीघ्र अनुसन्धान हुनुपर्ने उनीहरूको माग छ।

गायिका समेत रहेकी युवतीले फेसबुकमार्फत विक्रमलाई माया गरेको र उनी पनि शोकमा रहेको बताएकी छन्। उनले विक्रमले अत्यधिक रक्सी पिएपछि झगडा भएको, बियरको बोतल फुटाएको र आफूलाई समेत हुत्याएको दाबी गरेकी छन्। उनले भनेकी छन्, “मैले अमिता दिदीलाई खबर गर्दा पनि वास्ता गरिनन्। अहिले सबैले मलाई दोष लगाइरहेका छन्, तर सत्य बाहिर आउन दिनुपर्छ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नौ वर्षअघि बरामद भएको सात केजी सुन र २५ करोडको ‘कनेक्सन’ खोज्दै प्रहरी मोरङको आगलागीमा परेको भनिएका बालक सकुशल भेटिए, एक बालिकाको मृत्यु प्रहरीमा जागिर लगाइदिन्छु भन्दै पौने ३ लाख ठग्ने महिला पक्राउ इजरायलद्वारा गाजामा भीषण आक्रमण, झण्डै साढे तीन सय प्यालेस्टाइनी मारिए २५ करोड रकमसहित पक्राउ परेका ४३ वर्षीय ‘फुच्चे’ भनिने कुसाङ लामा भरियामात्र: प्रहरी एसईई सुरु नहुँदै तोकियो नतिजा निकाल्ने मिति मोरङमा आगलागीबाट एक बलिकाको मृत्यु, ८ घर जले* ट्रकबाट २५ करोड बरामद:  यसअघि पनि सात किलो सुन तस्करीमा जेल बसेर छुटेका पक्राउ परेका लामा  बसको ठक्करबाट मकवानपुरमा स्कुटर चालकको मृत्यु १२८ यात्रु लिएर छेन्दुबाट पोखरा आएको सिचुवान एयर १२६ यात्रु लिएर चीन फर्कियो इजरायलद्वारा गजामा आक्रमण, हमासले भन्यो– सयभन्दा बढी मानिस मारिए कीर्तिपुर क्रिकेट मैदानमा प्यारापेट निर्माण र फ्लडलाइट जडानको काम वैशाखभित्र सकिने स्ववियु चुनाव: यी क्याम्पसमा भइरहेको छ मतदान, आरआरसहितका ठूला क्याम्पसमा विवाद ९ महिनापछि फर्किन लागेका सुनिता र बुचलाई पृथ्वीमा हुन सक्छन् यस्ता समस्या ड्रमको डुंगा चढेर कर्णाली नदी तर्ने क्रममा  बेपत्ता २३ वर्षीय सेजुवाल मृत फेला काठमाडौंबाट रसुवाको केरुङतर्फ लैजादै गरेको २५ करोड नगदसहित एक जना पक्राउ सुनको मूल्यमा नयाँ रेकर्डः कतिमा हुँदैछ कारोवार ? राप्रपा नेपालको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दै आज स्ववियु निर्वाचन हुँदै, त्रिचन्द्र र आरआर क्याम्पसमा तालाबन्दी संघीय संसद अन्तर्गत आज ६ वटा समितिको बैठक बस्दै