२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्कुल जान भनेर भागेर काठमाडौँ आउँदा बलात्कृत

२०८१, ६ चैत्र बुधबार १५:४७

काठमाडौँ | पोखराकी ‘माछापुच्छ्रे क’ (नाम परिवर्तित) की ८ कक्षामा पढ्ने १५ वर्षीय माइली छोरी ‘जावलाखेल २४’ (नाम परिवर्तित) सधैँझैँ गत फागुन २७ गते पढ्न भनेर किताबसहित ब्याग बोकेर विद्यालय गइन् ।

तर दिउँसो स्कुलबाट शिक्षकले आमा (फोन माछापुच्छ्रे ‘क’) लाई फोन गरेर सोधे, ‘छोरीलाई आज किन स्कुल नपठाएको ?’

यो सुनेर उनी एकछिन झसङ्ग भइन् । त्यसपछि साथीहरूसँग कतै गएकी होला भनेर मनलाई शान्त राखिन् । तर, बेलुका अबेरसम्म पनि छोरी फर्किनन् । त्यसपछि मात्र उनी अत्तालिएर सबैतिर खोज्न थालिन् । त्यो रात छोरी खोजेरै बित्यो, उनी फेला परिनन् । अर्को दिन फागुन २८ मा पनि खोजतलास जारी रह्यो ।

जेठीचाहिँ छोरी सर्लाही घर भई ललितपुर–३ पुल्चोक बस्ने २४ वर्षीय शिवशंकर पण्डितसँग डेढ वर्षदेखि फेसबुकमा साथी थिइन् । समय–समयमा सञ्चो–विसञ्चोको कुरा हुन्थ्यो ।

घटनाको एक महिनाअघि मात्रै पण्डितले माइली बहिनीसँगका फोटाहरू दिदीको म्यासेन्जरमा पठाएका थिए । त्यसपछि दिदीले बहिनीसँग पण्डितको कुरा हुने गरेको थाहा पाएकी थिइन् ।  उनले बहिनीलाई पण्डितले भगाएको शंका गरिन् । बेला–बेला बहिनीलाई फोन गर्ने पण्डितको नम्बर पनि दिदीले आमालाई दिइन् । उक्त नम्बरमा सम्पर्क गर्दा छोरी काठमाडौँ पुगेको थाहा भयो ।

अर्को दिन आमा काठमाडौँ आइन् । पण्डितले नै किशोरीलाई नयाँ बसपार्कसम्म पुर्‍याइदिए । आमा भेटिएपछि छोरीले पण्डितले ललाइफकाइ सुखमा राख्छु भनी बोलाएर बलात्कार गरेको बताइन् । लगत्तै आमाले प्रहरीमा जाहेरी दिइन्, त्यही दिन पण्डितलाई प्रहरीले पक्राउ गर्‍यो । ‘जावलाखेल २४’ ले प्रहरीसामु दिएको बयानअनुसार पण्डितसँग उनको फेसबुकमार्फत दुई वर्षअघि नै चिनजान भएको थियो । उनीहरूको मेसेन्जरमा कुराकानी हुने गरेको थियो । कुराकानीकै क्रममा त्यसबेलै मर्दिखोला हाइड्रोपावर (कास्की) नजिकै भैँसीगोठालो जाँदा उनले जंगलमा ती युवकसँग भेटघाट गरेकी थिइन् । उनीहरूबिच प्रेम झाँगिँदै गएपछि विवाहको कुरा हुने गरेको थियो ।

एक वर्षअघि पण्डित पुल्चोक इन्जिनियरिङ कलेजमा इन्जिनियरिङ पढ्न जागिर छाडेर काठमाडौँ आएका थिए । त्यसयता पनि निरन्तर दुईबिच मेसेन्जरमा कुराकानी हुने गरेको देखिन्छ । किशोरीले प्रहरीसँगको बयानमा ती युवकले ‘म तिमिलाई धेरै माया गर्छु, तिमीसँग विवाह गर्छु’ भन्ने गरेको र उसले काठमाडौँ आएपछि आफूलाई पनि पटक–पटक काठमाडौँ आऊ भनेर बेलाउने गरेको बताएकी छन् ।

‘काठमाडौँ आउनुभन्दा अघिको राति म्यासेन्जरमा कुराकानी हुँदा आजै बिहान तिमी मलाई भेट्न काठमाडौँ आऊ भन्यो । आउँदिनँ भनेपछि सामान्य झगडा भएको थियो,’ उनले बयानमा भनेकी छन्, ‘उसले तिमी मलाई भेट्न काठमाडौँ आइनौँ भने तिमीसँग खिचेको सबै फोटो म तिम्रो दिदीलाई पठाइदिन्छु भन्यो ।’

बेइज्जत हुने डरले बिहान ८ बजे घरबाट स्कुल जाने भनी किताब बोकेर स्कुल नगई काठमाडौँ निस्किएको उनले बयानमा बताएकी छन् । ‘माइक्रो चढेर राति ११ बजे काठमाडौँ नयाँ बसपार्कमा पुगेँ,’ उनले भनिन् ।  उनको बयानअनुसार नयाँ बसपार्क पुगेपछि पण्डितले उनलाई पुल्चोकस्थित डेरामा लगे । त्यो रात कोठामा आफन्त पनि रहेकाले आफूलाई छुट्टै सुताएको तर अर्को दिन पशुपतिनाथ मन्दिर र त्यसपछि विभिन्न ठाउँ घुमेर बेलुकाको खाना खाई दुवै एकै खाटमा सुतेको किशोरीले बयानमा भनेकी छन् । त्यसपछि पण्डितले आफूलाई चुम्बन गर्ने, स्तन चलाउने र म तिमीलाई विवाह गर्छु, सुखसयलमा राख्छु भनी माया प्रेमका कुरा गर्दै गर्दा १० बजेको समयमा शारीरिक सम्पर्क राख्न आग्रह गरेको उनले बताएकी छन् । तर आफूले ‘हुँदैन, नाइँ’ भनेको उनले बताएकी छन् । ‘तिमी मेरो बुढी हो, भनेर मेरो शरीरको तल्लो भागको कुर्ता आफैले खोलिदियो, आफ्नो कपडा पनि खोल्यो,’ उनले भनेकी छन्, ‘त्यसपछि उसले वीर्यसमेत मेरो योनीभित्रै स्खलन गरायो ।’

आमा काठमाडौँ आएपछि प्रहरीमा उजुरी

आमा काठमाडौँ आएपछि तत्काल प्रहरी परिसर जावलाखेलमा आई मौखिक उजुरी र पछि लिखित किटानी जाहेरी दिएको उनले बताएकी छन् ।उनले आफ्नो इच्छाविपरीत जबर्जस्ती करणी गरेको बयानमा उल्लेख गरेकी छन् । उनले पण्डितमाथि कानुनबमोजिम हदैसम्म कारबाही गर्न माग पनि गरेकी छन् । यता आरोपित युवकले भने उक्त आरोप अस्वीकार गरेका छन् । प्रहरीसँगको बयानमा उनले फेसबुकबाट चिनजान भएको र पोखरामा काम गर्ने क्रममा भेटघाट भएपछि किशोरीले आफूलाई माया गर्छु र विवाह गर्छु भन्ने गरेको दाबी गरेका छन् ।

त्यो कुरा घरमा थाहा पाएर गाली गरेपछि किशोरीले बारम्बार आफूलाई फोन गरेको र आफूले फेसबुक र फोनमा ब्लक गरेको उनको भनाइ छ ।

फागुन २७ गते साँझ ५ बजे किशोरीकी आमाले फोन गरेर सोधेपछि आफूसँग नभएको बताएको र त्यसपछि आमाले छोरीलाई केही भए नछाड्ने धम्की दिएपछि फोन राखिदिएको उनले बताएका छन् ।  तर पुनः फोन गरेर छोरी खोजिदिन आग्रह गरेपछि अन्ब्लक गरेर बुझ्दा किशोरीले आफू काठमाडौँ आएको र लिन आऊ भनेपछि आमालाई फोन गरेर जानकारी गराएको दाबी उनले गरेका छन् ।

किशोरीकी आमाले छोरीलाई आफू भएको ठाउँमा लग्न भनेर आफूहरू भोलि आउने बताएपछि नयाँ बसपार्कबाट पुल्चोकस्थित डेरामा लगेको उनको भनाइ छ । उक्त दिन छुट्टै कोठामा सुतेको र अर्को दिन सँगै सुत्दा आफूले शारीरिक सम्पर्कका लागि अनुरोध गर्दा नमानेपछि चुम्बन गरेर सुतेको पनि उनले बयान दिएका छन् ।

किटानी जाहेरीपछि प्रहरीले फागुन ३० गते नै पण्डितलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो । प्रहरीले मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा –३ बमोजिम सजाय गरी निज प्रतिवादीबाट सोही संहिताको दफा २१९ को उपदफा ३–क को देहाय ‘ख’ बमोजिम जरिवाना हुन समेतको मागदाबीसहित जिल्ला सरकारी वकिलको कार्यालय ललितपुरलाई अनुसन्धान प्रतिवेदन पठाएको छ । सोहीबमोजिम जिल्ला सरकारी वकिलको कार्यालयले पनि मुद्दा अघि बढाउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी