१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खल्तीमा बोकेको मोबाइल पड्किँदा युवकको अण्डकोष फुट्यो

७ चैत्र २०८१, बिहीबार १८:०५

काठमाडौँ | प्रविधिको प्रयोग बढेसँगै आजभोलि प्राय मानिसहरू मोबाइल आफ्नो खल्तीमै हालेर हिड्ने गर्छन्। तर, भारतको मध्‍यप्रदेशको राजगढ जिल्लामा खल्तीमा राखेको मोबाइल पड्किदा एक युवकको अण्डकोष नै फुटेको छ ।

राजगढको सारङ्गपुर बस्‍ने १९ वर्षीय अरविन्द कुमारको खल्तीमा राखेको मोबाइल पड्किदा उनको अण्डकोष नै फुटेको आजतकले उल्लेख गरेको छ । ती युवक पेशाले पानीपुरी बेचेर गुजारा गर्दै आएका छन् ।

मंगलबार तरकारी बजारबाट साग किनेर उनी आफ्नो गाउँ नैनवाडा फर्किँदै थिए । तर बाटोमा उनले पाइन्टको खल्तीमा राखेको मोबाइल अचानक पड्कियो। मोबाइल पड्किदा उनी सवार बाइकको सन्तुलन बिग्रियो र उनी बाइडकबाट लडेर घाइते भए। यो घटनामा उनको टाउँकोमा चोट लाग्यो । यतिमात्रै होइन मुख्‍य कुार त खल्तीमा राखेको मोबाइल पड्किदा उनको गोप्‍य अंग अण्डकोष नै फुट्‍यो ।

घाइते भएका उनलाई त्यहाँबाट तत्काल एम्बुलेन्स बोलाएर अस्पतालमा लगियो। त्यहाँ उनको प्राथमिक उपचारपछि शाजापुर अस्पताल रेफर गरिएको छ ।

अरविन्दको भाइका अनुसार उसले हालसालै एउटा कम्पनीको पुरानो मोबाइल किनेका थिए । त्यसपछि उसले रातभरी मोबाइल चार्जमा राखेका थिए। पछि सोही मोबाइल लिएर उनी तरकारी बजार सब्जी किन्‍न गएका थिए ।

यता, अरविन्दको उपचारमा संलग्न चिकित्सक डा. नयन नागरका अनुसार अण्डकोष फुटे पनि कुनै गम्भीर खतरा देखिएको छैन । प्राथमिक उपचारपछि थप उपचारका लागि सुविधासम्पन्न अस्पतालमा रेफर गरिएको डा. नागरको भनाइ छ ।

विशेषज्ञका अनुसार मोबाइल जति जति पुरानो हुन्छ, त्यति त्यसको ब्याट्रीको क्षमता पनि घट्छ । यस्तो अवस्थामा कतिपयले ब्याटी फेर्दा सस्तो खोज्ने र नक्कली कम्पनीको उत्पादन प्रयोग गर्ने गर्दछन्, जसले गर्दा यस प्रकारको दुर्घटना निम्तिन सक्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव