२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खल्तीमा बोकेको मोबाइल पड्किँदा युवकको अण्डकोष फुट्यो

२०८१, ७ चैत्र बिहीबार १८:०५

काठमाडौँ | प्रविधिको प्रयोग बढेसँगै आजभोलि प्राय मानिसहरू मोबाइल आफ्नो खल्तीमै हालेर हिड्ने गर्छन्। तर, भारतको मध्‍यप्रदेशको राजगढ जिल्लामा खल्तीमा राखेको मोबाइल पड्किदा एक युवकको अण्डकोष नै फुटेको छ ।

राजगढको सारङ्गपुर बस्‍ने १९ वर्षीय अरविन्द कुमारको खल्तीमा राखेको मोबाइल पड्किदा उनको अण्डकोष नै फुटेको आजतकले उल्लेख गरेको छ । ती युवक पेशाले पानीपुरी बेचेर गुजारा गर्दै आएका छन् ।

मंगलबार तरकारी बजारबाट साग किनेर उनी आफ्नो गाउँ नैनवाडा फर्किँदै थिए । तर बाटोमा उनले पाइन्टको खल्तीमा राखेको मोबाइल अचानक पड्कियो। मोबाइल पड्किदा उनी सवार बाइकको सन्तुलन बिग्रियो र उनी बाइडकबाट लडेर घाइते भए। यो घटनामा उनको टाउँकोमा चोट लाग्यो । यतिमात्रै होइन मुख्‍य कुार त खल्तीमा राखेको मोबाइल पड्किदा उनको गोप्‍य अंग अण्डकोष नै फुट्‍यो ।

घाइते भएका उनलाई त्यहाँबाट तत्काल एम्बुलेन्स बोलाएर अस्पतालमा लगियो। त्यहाँ उनको प्राथमिक उपचारपछि शाजापुर अस्पताल रेफर गरिएको छ ।

अरविन्दको भाइका अनुसार उसले हालसालै एउटा कम्पनीको पुरानो मोबाइल किनेका थिए । त्यसपछि उसले रातभरी मोबाइल चार्जमा राखेका थिए। पछि सोही मोबाइल लिएर उनी तरकारी बजार सब्जी किन्‍न गएका थिए ।

यता, अरविन्दको उपचारमा संलग्न चिकित्सक डा. नयन नागरका अनुसार अण्डकोष फुटे पनि कुनै गम्भीर खतरा देखिएको छैन । प्राथमिक उपचारपछि थप उपचारका लागि सुविधासम्पन्न अस्पतालमा रेफर गरिएको डा. नागरको भनाइ छ ।

विशेषज्ञका अनुसार मोबाइल जति जति पुरानो हुन्छ, त्यति त्यसको ब्याट्रीको क्षमता पनि घट्छ । यस्तो अवस्थामा कतिपयले ब्याटी फेर्दा सस्तो खोज्ने र नक्कली कम्पनीको उत्पादन प्रयोग गर्ने गर्दछन्, जसले गर्दा यस प्रकारको दुर्घटना निम्तिन सक्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार