२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पीएन क्याम्पसमा अनेरास्ववियुको अग्रता, पछ्याउँदै नेविसंघ र स्वतन्त्र

२०८१, ११ चैत्र सोमबार १७:२१

काठमाडौँ | स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तर्गत पोखराको पृथ्वीनारायण (पीएन) क्याम्पसमा अध्यक्षमा नेकपा (एमाले) निकट अनेरास्ववियुका विष्णु पोखरेलले अग्रता लिएका छन् । सोमबार अपराह्नसम्म ३८६ मतगणना हुँदा पोखरेलले १६१ मत पाएका छन् ।

उनलाई पछ्याइरहेका नेपाल विद्यार्थी संघ (नेविसंघ)का अध्यक्ष सुशील न्यौपानेले ६८ मत पाएका छन् । स्वतन्त्र उमेदवार विप्लवी न्यौपानेले ५२ पाएकी छन् ।

यस्तै, अखिल (क्रान्तिकारी)का नवीन अधिकारीले ३१ मत पाएका छन् । संयुक्त प्यानलका सन्तोष पौडेलले २४ मत पाउँदा अर्का स्वतन्त्र उमेदवार कमल सुवेदीले १६ मत पाएका छन् । प्राज्ञिक परिषद्‌का दिप्सन गुरुङले ११ मत पाएका छन् ।

सचिवमा पनि अनेरास्ववियुकै अग्रता छ । सचिवमा अनेरास्ववियुका राज दुवाडीले १८२ मत पाएका छन् । यस्तै, नेविसंघमा विवेक भट्टराईले ८३, अखिल क्रान्तिकारीका मिराज थापामगरले ३२ मत पाएका छन् ।

कोषाध्यक्षमा पनि अनेरास्ववियु अग्रस्थानमा छ । अनेरास्ववियुकी सन्दिका गुरुङले १८० मत पाएकी छन् । उनलाई पछ्याइरहेकी नेविसंघकी अमिशा यादवले ८६ मत पाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै