६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

झापामा महिला मृत भेटिइन्, श्रीमान्‌को अवस्था पनि गम्भीर

१२ चैत्र २०८१, मंगलवार १३:३०

झापा | झापाको कनकाई नगरपालिका–५, नारायणदल चौकमा एक जना महिना मृत अवस्थामा फेला परेकी छन् । उनका श्रीमान् पनि गम्भीर घाइते अवस्थामा भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार, ताप्लेजुङको सिलाम स्थायी घर भइ कनकाई नगरपालिका–५ बस्दै आएकी ४० वर्षीय मनिषा मग्रान्ती मृत अवस्थामा भेटिएकी हुन् । त्यहाँ खुकुरी प्रहार भएको भन्ने खबर आएपछि इलाका प्रहरी कार्यालय, सुरुङ्गाबाट प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) राधाकृष्ण दाहाल नेतृत्वको टोली पुगेको थियो ।

त्यसक्रममा उनका श्रीमान् अन्दाजी ३९ वर्षीय लालबहादुर सार्की पनि घाँटीमा चोट लागेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, तत्काल घटनास्थललाई सुरक्षित गरेर थप जाँचका लागि उनलाई अस्पताल पठाइएको थियो ।

प्रहरीका अनुसार, मग्रान्ती सलमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् भने पछि पासो खोलेको जस्तो देखिएको भनिएको छ । प्रहरीले ‘धारिलो हतियार प्रहार भएको नदेखिएको’ भनेको छ भने श्रीमान्‌को घाँटीमा धारिलो हतियार रेटिएको फेला परेको भनिएको छ ।

घटनाको कारण पत्ता लगाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता