५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पैसा नदिएपछि जेठी भाउजूको हत्या, घटना लुकाउन माइलो दाइमाथि पनि खुकुरी प्रहार

१४ चैत्र २०८१, बिहीबार १४:१२
हेटौँडा | हेटौँडामा देवरले खुकुरी प्रहार गर्दा भाइजूको हत्या भएको छ। माइलो दाइको अवस्था गम्भीर छ। हेटौँडा–१ चौकीटोलमा २२ वर्षीय राहुल दासले बुधबार (हिजो) आफ्नै ३५ बर्षकी भाउजू गुडिया दासलाई खुकरी प्रहार गरी हत्या गरेका हुन्। भाउजुको हत्यापछि राहुलले माइलो दाजु रुपेश दासलाई समेत खुकुरी प्रहार गरेका हुन्।
बुधबार बिहान परिवारका सबै सदस्यहरूले सँगै खाना खाए। आफ्ना दुई छोरा र एक छोरीलाई स्कुल पठाएर गुडिया घरधन्दातिर लागिन्। गुडियाका सासु–ससुरा तेस्रो तल्लामा रहेको छतमा रोपिएका फूलहरूमा पानी राख्न भन्दै छतमा उक्लिए।

काम धन्दा सकिएपछि गुडिया दोस्रो तल्लामा रहेको आफ्नो कोठामा सुत्न गइन्। दिउँसो २ बजेतिर राहुल घरतिरै घुमिरहेका थिए। यत्तिकैमा माइलो दाजु रुपेश र राहुलको जम्काभेट हुन पुग्यो। रुपेशले बोल्न नभ्याउँदै राहुल दाजुमाथि जाइलाग्न थाल्छ।

हातमा खुकुरी लिएर घुमिरहेको भाइलाई भेटेपछि रुपेश अत्तालिएर कराए। छतमा रहेका बावुआमा पनि छोराहरूको झगडा परेको थाहा पाएपछि रुँदै छिमेकीहरूको सहारा मागे।

यतिबेलासम्म रुपेशको ढाड र टाउकोमा गहिरो चोट लागिसकेको थियो। कोठाबाट आँगनसम्म आइपुग्दा रगतको धारा बगिसकेको थियो, सँगै घर रहेकी प्रत्यक्षदर्शी छिमेकीले नेपालखबरसँग भनिन्, ‘मैले नै आत्तिएर प्रहरीलाई फोन गरेँ। रुपेशलाई लिएर हामी सबैजना हेटौंडा अस्पताल गयौँ।’

यता, प्रहरीले दाइमाथि खुकुरी प्रहार गर्ने राहुलको खोजी गरिरहेको थियो। होहल्ला भएपछि राहुल आफ्नो घरसँगै जोडिएको घरको कुनामा लुकिरहेको अवस्थामा फेला पारेको थियो। राहुललाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय, मकवानपुरमा लग्यो। घरमा सबै सदस्य र छिमेकीहरू रुपेशको स्वास्थ्य अवस्थाको चिन्ताले अस्पतालमै जम्मा भए।

दिउँसो यस्तै ४ बजेतिर गुडियाका तीन छोराछोरी स्कुलबाट घर फर्किए। त्यसपछि मात्रै परिवारलाई गुडियाको याद आयो। छिमेकीले परिवारसँग गुडियाको विषयमा सोधपुछ गरे।

घरमा माइलो देवर घाइते भएको देख्न नसकेर कतै बेहोस भएर लडेको हुनसक्ने आशंकामा कोठाहरूमा हेर्न गइयो। ति छिमेकीले थपिन्, ‘हेर्न जाँदा गुडियाको कोठामा सानो ताला लगाएको पाइयो। राति ८ बजे झ्यालबाट चियाएर हेर्दा ओछ्यानमा रगतको आहाल जमेको देख्यौं। त्यसपछि तुरुन्तै प्रहरीलाई खबर  गर्‍यौँ।’

ताला फुटाएर हेर्दा गुडिया खुकुरी प्रहार गरेर हत्या गरिएको अवस्थामा फेला परिन्। भाउजूको हत्या गरिसकेपछि ब्ल्याङ्केटले बेरेर खाटको तल लुकाएको अवस्थामा शव फेला परेको थियो।

राति गुडियाको शव भेटिएपछि मात्रै परिवारका अन्य सदस्यहरूले रुपेशमाथि आक्रमण गर्नुको कारण पत्ता लगाए। गुडियाको हत्या गरेको माइलो दाइले देख्यो कि भन्ने डरले उनलाई पनि मार्ने योजनामा खुकुरी प्रहार भएको हुनसक्ने उनीहरूको अनुमान छ।

राहुल पहिल्यैदेखि लागुऔषध दुर्व्यसनीमा फसेको पारिवारीक स्रोत बताउँछ। प्रायः उनले जेठी भाउजुसँग पैसा मागिरहन्थे। हिजो पनि भाउजूसँग पैसा माग्दा नदिएको कारण हत्या गरेको भन्ने प्रहरीसामु स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुर प्रसाद सापकोटा बताउँछन्।

भाउजूलाई मारेको दाइले देखेपछि उसको पनि ज्यान मार्ने योजनाको साथ खुकुरी प्रहार गरेको पाइयो, प्रहरी निरीक्षक सापकोटाले भने, ‘दाजुमाथि खुकुरी प्रहार भयो भन्ने खबर आएपछि हामीले राहुललाई पक्राउ गर्‍यौँ। भाउजूको हत्या भएको विषय त राति मात्रै थाहा भयो। तर राहुलको बयानको अनुसार पहिला भाउजूको हत्या गरेर पछि माइलो दाइमाथि प्रहार गरेको स्वीकार गरेका छन्।’

राहुलको आक्रमणबाट उनका माइलो दाजु रुपेशको हेटौँडास्थित मकवानपुर सहकारीमा उपचार भइरहेको छ भने भाउजू गुडियाको हेटौँडा अस्पतालमा पोष्टमार्टमका लागि लगिएको प्रहरीले जनाएको छ। मृतक गुडियाका श्रीमान् रोशन दास रोजगारीको सिलसिलामा कतारमा छन्। उनी ५ महिनाअघि मात्रै कतार गएका थिए। घटनाको बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता