५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री ओली र प्रचण्डबीच टेलिफोन वार्ता, भेटेर थप छलफल गर्ने तयारी

१७ चैत्र २०८१, आईतवार १३:३३

काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच टेलिफोन संवाद भएको छ ।

टेलिफोन संवादमा प्रतिनिधि सभामा भोलि प्रधानमन्त्रीले सम्बोधन गर्ने जानकारी गराएका थिए ।

पछिल्लो राजनीतिक परिस्थिति र नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको विषयमा जवाफ दिने सहमति दुई नेताबीचमा भएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार पूर्वराजा ज्ञानेन्द्र शाह आयोजक रहेर शुक्रबार तीनकुनेमा दुईजनाको ज्यान जाने गरी गरिएको अराजक गतिविधिबारे पनि दुई नेताबीच कुराकानी भएको छ ।

ओली र प्रचण्डले पूर्व राजाको गतिविधि ठीक नभएको र पक्राउ पर्ने डरले भागेका दुर्गा प्रसाईंबारे पनि केही कुराकानी गरेको बुझिएको छ ।

कुराकानीका क्रममा दुवै नेताहरूबीच थप छलफल भेटेर गर्ने सहमति पनि भएको छ । तीनकुने घटनापछि गणतन्त्रवादीहरू एक ठाउँमा उभिनुपर्ने कुरा उठिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता