५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रहरी नै भन्छ- तीनकुने घटनामा ५८ राउन्ड गोली प्रहार, २० जनालाई लाग्यो

२० चैत्र २०८१, बुधबार १७:२२

काठमाडौँ | नेपाल प्रहरीले चैत १५ गते तीनकुनेमा भएको राजाबादी आन्दोलनका क्रममा ५८ राउन्ड गोली प्रहार भएको २० लागेको पुष्टि गरेको छ। आज पत्रकार सम्मेलन गर्दै प्रहरीले उक्त कुरा जनाएको हो।

गोली लाग्नेमध्ये २ महिला र १८ पुरुष रहेको प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यले बताए। गोली लागेका मध्ये १३ जनाको अस्पतालमा उपचार भइरहेको उनको भनाइ छ।

उनले ५८ राउन्ड गोली, ७४६ राउन्ड टियर ग्यास, १९२ पटक ब्ल्यांक फायर भएको उनले जानकारी दिए। पेस्तोलबाट दुई राउन्ड गोली चलाइएको प्रहरीले जनाएको छ।

प्रदर्शनमा ५५ नेपाल प्रहरी र २३ सशस्त्र प्रहरी घाइते भएको उनले बताए। ५३ जना प्रदर्शनकारीसमेत घाइते भएको प्रहरीको भनाइ छ।

चैत १५ गते दुर्गा प्रसाईंको आह्वानमा राजसंस्था पुनर्स्थापनाका लागि भन्दै भएको प्रदर्शन हिंस्रक बन्दा मानवीय क्षतिसहितको दुखद घटना घटेको थियो।

यस्तै प्रहरीले राजावादी आन्दोलनका क्रममा मञ्चमा राष्ट्रिय गान बज्दाबज्दै टियर ग्यास नहानेको दाबी गरेको छ। ‘कार्यक्रममा प्रहरीले अनावश्यक बल प्रयोग गरेको छैन। राष्ट्रिय गान बज्दा टियर ग्यास हानिएको होइन। त्यो डिप फेक भिडियो हो। कार्यक्रम सुरु नै भएको छैन, कसरी राष्ट्रिय गान बज्छ?,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता