टेक शाही/साउन २२, डोल्पा । जिल्ला अस्पताल डोल्पामा १० बर्ष देखि टेलिमेडिसिन सेवा बन्द रहेको छ । 

स्वास्थ्य बिभागले २०६४ सालमा स्थापना गरेको टेलिम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही/साउन २२, डोल्पा । जिल्ला अस्पताल डोल्पामा १० बर्ष देखि टेलिमेडिसिन सेवा बन्द रहेको छ । 

स्वास्थ्य बिभागले २०६४ सालमा स्थापना गरेको टेलिम"/>

२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टेलिमेडिसिन सेवा १० बर्षदेखि बन्द, फोटो खिचेर उपचार गरिदै

२०७४, २२ श्रावण आईतवार १५:५८


टेक शाही/साउन २२, डोल्पा । जिल्ला अस्पताल डोल्पामा १० बर्ष देखि टेलिमेडिसिन सेवा बन्द रहेको छ । 

स्वास्थ्य बिभागले २०६४ सालमा स्थापना गरेको टेलिमेडिसिन सेवा एक बर्ष पनि राम्रो सँग सञ्चालन नभइ बन्द भएको जिल्ला अस्पताल डोल्पाले जानकारि दिएको छ । 

भिस्याटबाट द्रुत क्षमतको इन्टरनेट चलाएर भिडियो मार्फत उपचार गरिने टेलिमेडिसिन प्रबिधि जडान गरे पनि डोल्पाली जनताले त्यस्को सदुपयोग गर्न नपाएको जिल्ला अस्पतालका प्रमुख डक्टर श्रीकान्त अग्रवालले बताए । उनले भने टेलिमेडिसिनको लागि मेसिन बिग्रीएको छ फोटो खिचेर पठाउने र फोटको आधारमा बिरामीको उपचार गर्ने गरेको छौ ।

डोल्पा जस्तो दुर्गम जिल्लाको लागि यो टेलिमेडिसिनबाट गरिने उपचार प्रभावकारि हुने तर १० बर्ष बिति सक्दा पनि यस्तो सेवा सूचारु गर्न नसक्दा दुर्गमका बिरामी मर्कामा परेको नागरिक समाजका अगुवा सुरेन्द्र ढकालले बताए । ढकालका अनुसार हाल भएको एडिएसएल इन्टरनेटको प्रयोग गरेर भए पनि यो सेवा सूचारु हुनु पर्नेमा जोड दिए । 

सि–फोनको भिस्याट मार्फत सँचालित टेलिमेडिसिनका लागि द्रुत गतिको २ केबिपिएस क्षमताको इन्टरनेट चल्ने र ठुला–ठुला अस्पतालका बिशेषज्ञले भिडियो माफर्त बिरामीको समस्याको पहिचान गर्न सक्ने सेवा भएको डक्टर अग्रवालले जानकारि दिए । अग्रवालका अनुसार हाल टेलिमेडिसिन सेवा बिरामीको फोटो खिचेर धुलिखेल अस्पतालका अर्थोपेडिस सर्जन डक्टर राजिप शर्मासँग परामर्श गर्ने गरेको बताए ।


यातयातको सहज पहुच नभएको डोल्पाका जनताका लागि टेलिमेडिसिन सेवा अनिवार्य भएकोले सेवा निरन्तर बनाउन जिल्ला अस्पतालले पहल गर्नु पर्ने नेपाल पत्रकार महासँघ डोल्पाका अध्यक्ष बबिकिशोर गूरुङ्गले बताए । उनले भने दुर्गमता मात्र होइन गरिबि र आर्थिक समस्या भोगि रहेको सर्वसाधारणका लागि यो सेवा छिटो सञ्चालन गरिनु पर्छ । 

सामान्य देखि धेरै खाले बिरामीको उपचार अस्पतालका चिकित्सकले गर्ने गरेको र अर्थोपेडिसका बिरामीका लागि टेलिमेडिसिन सेवा अति मह्त्वपूर्ण हुने भएकोले समस्या हुने गरेको अस्पतका कर्मचारिहरु बताउछन । टेलिमेडिसिन सेवा भएमा अन्य बिरामीका लागि पनि सहज हुने उनिहरु बताउछन । बन्द अबस्थामा रहेको सि–फोनको भिस्याट मार्फतको लागि पहल गरेको तर महगो पर्ने भएकोले मर्मत नभएको जिल्ला अस्पातल स्रोतले जानकारि दिएको छ । 

भिराला पाखा कडा चट्टानमा काम गर्ने भएको कारण अस्पतालमा टेलिमेडिसिनबाट उपचार गर्नू पर्ने बिरामीहरु सख्या बढी नै आउने गरेको डक्टर नरेश घर्ति मगरले बताए । उनि भन्छन हामीले सबै काम अनुभवका आधारमा गर्नु पर्छ उपचारका लागि चाहिने सामाग्रि छैनन । उपकरण नै छैनन यदि बिरामीलाइ केहि भयो भने हामी माथि बिभिन्न खाले आरोप लागने गर्छ उनले दुखेसो पोखे । 

जम्मा १५ सैयाको जिल्ला अस्पातल डोल्पामा उपचारका लागि चाहिने अधिकाँश उपकरणहरु छैनन । एक्सरे मेसिन र गर्भवतिका लागि चेकजाँच गर्ने भिडियो एक्सरे मात्र छन । सल्यक्रिया सहितको सेवा दिने शर्त गरेको कर्णाली स्वाथ्य बिज्ञान प्रतिष्ठानले पनि कुनै पनि सेवा प्रदान नगरेको स्थानियहरुको आरोप छ । दुर्गमका हिसाले पाउने सेवा कटौति गरेको तर जनतालाइ कर्णाली स्वाथ्य बिज्ञान प्रतिष्ठानले सेवा प्रदान नँगरेको नागरिक समाज डोल्पाको दावी छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना