टेक शाही/साउन २२, डोल्पा । जिल्ला अस्पताल डोल्पामा १० बर्ष देखि टेलिमेडिसिन सेवा बन्द रहेको छ । 

स्वास्थ्य बिभागले २०६४ सालमा स्थापना गरेको टेलिम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही/साउन २२, डोल्पा । जिल्ला अस्पताल डोल्पामा १० बर्ष देखि टेलिमेडिसिन सेवा बन्द रहेको छ । 

स्वास्थ्य बिभागले २०६४ सालमा स्थापना गरेको टेलिम"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टेलिमेडिसिन सेवा १० बर्षदेखि बन्द, फोटो खिचेर उपचार गरिदै

२२ श्रावण २०७४, आईतवार १५:५८


टेक शाही/साउन २२, डोल्पा । जिल्ला अस्पताल डोल्पामा १० बर्ष देखि टेलिमेडिसिन सेवा बन्द रहेको छ । 

स्वास्थ्य बिभागले २०६४ सालमा स्थापना गरेको टेलिमेडिसिन सेवा एक बर्ष पनि राम्रो सँग सञ्चालन नभइ बन्द भएको जिल्ला अस्पताल डोल्पाले जानकारि दिएको छ । 

भिस्याटबाट द्रुत क्षमतको इन्टरनेट चलाएर भिडियो मार्फत उपचार गरिने टेलिमेडिसिन प्रबिधि जडान गरे पनि डोल्पाली जनताले त्यस्को सदुपयोग गर्न नपाएको जिल्ला अस्पतालका प्रमुख डक्टर श्रीकान्त अग्रवालले बताए । उनले भने टेलिमेडिसिनको लागि मेसिन बिग्रीएको छ फोटो खिचेर पठाउने र फोटको आधारमा बिरामीको उपचार गर्ने गरेको छौ ।

डोल्पा जस्तो दुर्गम जिल्लाको लागि यो टेलिमेडिसिनबाट गरिने उपचार प्रभावकारि हुने तर १० बर्ष बिति सक्दा पनि यस्तो सेवा सूचारु गर्न नसक्दा दुर्गमका बिरामी मर्कामा परेको नागरिक समाजका अगुवा सुरेन्द्र ढकालले बताए । ढकालका अनुसार हाल भएको एडिएसएल इन्टरनेटको प्रयोग गरेर भए पनि यो सेवा सूचारु हुनु पर्नेमा जोड दिए । 

सि–फोनको भिस्याट मार्फत सँचालित टेलिमेडिसिनका लागि द्रुत गतिको २ केबिपिएस क्षमताको इन्टरनेट चल्ने र ठुला–ठुला अस्पतालका बिशेषज्ञले भिडियो माफर्त बिरामीको समस्याको पहिचान गर्न सक्ने सेवा भएको डक्टर अग्रवालले जानकारि दिए । अग्रवालका अनुसार हाल टेलिमेडिसिन सेवा बिरामीको फोटो खिचेर धुलिखेल अस्पतालका अर्थोपेडिस सर्जन डक्टर राजिप शर्मासँग परामर्श गर्ने गरेको बताए ।


यातयातको सहज पहुच नभएको डोल्पाका जनताका लागि टेलिमेडिसिन सेवा अनिवार्य भएकोले सेवा निरन्तर बनाउन जिल्ला अस्पतालले पहल गर्नु पर्ने नेपाल पत्रकार महासँघ डोल्पाका अध्यक्ष बबिकिशोर गूरुङ्गले बताए । उनले भने दुर्गमता मात्र होइन गरिबि र आर्थिक समस्या भोगि रहेको सर्वसाधारणका लागि यो सेवा छिटो सञ्चालन गरिनु पर्छ । 

सामान्य देखि धेरै खाले बिरामीको उपचार अस्पतालका चिकित्सकले गर्ने गरेको र अर्थोपेडिसका बिरामीका लागि टेलिमेडिसिन सेवा अति मह्त्वपूर्ण हुने भएकोले समस्या हुने गरेको अस्पतका कर्मचारिहरु बताउछन । टेलिमेडिसिन सेवा भएमा अन्य बिरामीका लागि पनि सहज हुने उनिहरु बताउछन । बन्द अबस्थामा रहेको सि–फोनको भिस्याट मार्फतको लागि पहल गरेको तर महगो पर्ने भएकोले मर्मत नभएको जिल्ला अस्पातल स्रोतले जानकारि दिएको छ । 

भिराला पाखा कडा चट्टानमा काम गर्ने भएको कारण अस्पतालमा टेलिमेडिसिनबाट उपचार गर्नू पर्ने बिरामीहरु सख्या बढी नै आउने गरेको डक्टर नरेश घर्ति मगरले बताए । उनि भन्छन हामीले सबै काम अनुभवका आधारमा गर्नु पर्छ उपचारका लागि चाहिने सामाग्रि छैनन । उपकरण नै छैनन यदि बिरामीलाइ केहि भयो भने हामी माथि बिभिन्न खाले आरोप लागने गर्छ उनले दुखेसो पोखे । 

जम्मा १५ सैयाको जिल्ला अस्पातल डोल्पामा उपचारका लागि चाहिने अधिकाँश उपकरणहरु छैनन । एक्सरे मेसिन र गर्भवतिका लागि चेकजाँच गर्ने भिडियो एक्सरे मात्र छन । सल्यक्रिया सहितको सेवा दिने शर्त गरेको कर्णाली स्वाथ्य बिज्ञान प्रतिष्ठानले पनि कुनै पनि सेवा प्रदान नगरेको स्थानियहरुको आरोप छ । दुर्गमका हिसाले पाउने सेवा कटौति गरेको तर जनतालाइ कर्णाली स्वाथ्य बिज्ञान प्रतिष्ठानले सेवा प्रदान नँगरेको नागरिक समाज डोल्पाको दावी छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य