पर्वत । सूचना पाउनु नागरिकको अधिकार हो भने सूचना प्रवाह गर्नु सरोकारवाला निकायको दाहित्व हो । हरेक नागरिकलाई सूचना पाउने हक  नेपालको संविधानले सुनुश्चित गरेको छ । तर अझै पनि कतिपय नाग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । सूचना पाउनु नागरिकको अधिकार हो भने सूचना प्रवाह गर्नु सरोकारवाला निकायको दाहित्व हो । हरेक नागरिकलाई सूचना पाउने हक  नेपालको संविधानले सुनुश्चित गरेको छ । तर अझै पनि कतिपय नाग"/>
१० माघ २०८२, शुक्रबार
पर्बत - PBT

सूचना दिवस– संचारमाध्यमलाई सूचना पाउन कठिन छ जनता कसरी पाउनु ?

२ भाद्र २०७४, शुक्रबार १२:०५

पर्वत । सूचना पाउनु नागरिकको अधिकार हो भने सूचना प्रवाह गर्नु सरोकारवाला निकायको दाहित्व हो । हरेक नागरिकलाई सूचना पाउने हक  नेपालको संविधानले सुनुश्चित गरेको छ । तर अझै पनि कतिपय नागरिकहरु सूचनाको हकबाट बञ्चित छन् । हरेक सरकारी कार्यालयमा नागरिकहरुको सूचनाको लागि नागरीक बडापत्र राखिएको हुन्छ भने अन्य गुनासोका बारेमा जान्ने र बुझ्नको लागि सूचना अधिकार समेत तोकिएको हुन्छ । तर अझै पनि सरकारी निकायमा सूचना प्रवाह नहुने गरेको यहाँका सरोकारवाला निकायहरुले गुनासो गरेका छन् । 

लोकतन्त्रमा पनि नागरिकले सरकारी निकायबाट सूचना पाउन अझै कठिन रहेको सूचना दिवसमा आयोजना गरिएको       अन्तरक्रिया कार्यक्रममा सहभागी भएकाहरुले गुनासो गरेका छन् ।

दशौ राष्ट्रिय सूचना दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय पर्वतले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले सूचनाको हक लागू भएको दश वर्ष पुगिसक्दा समेत आम नागरिकसम्म       हरेक सूचनाको पहुँच पुग्न नसकेको र सरकारी निकायहरुले अझै पनि सूचना प्रवाह गर्नको लागि आलटाल गरिरहेको बताएका हुन् ।

सूचनाको हक प्रयोग गर्नेमा पत्रकारहरु भएपनि सर्वसाधारणले भने नगन्य मात्रै सूचनाको हक प्रयोग गर्ने गरेको पाईएको छ । हरेक कार्यालयका पारदर्शिता र सुशासनसँग जोडिएको सूचनाको हकको प्रभावकारी कार्यान्वयनका लागि सवै पक्ष जिम्मेवार बन्नुपर्ने समेत कार्यक्रमका सहभागिले बताएका थिए । 

पर्बतमा धेरैजसो कार्यालयले सूचना अधिकारी तोकेपनि व्यवस्थित नहुँदा सूचना लिन समस्या पर्ने गरेको आमसंचारमाध्यमको गुनासो छ । सरकारी कार्यालयभित्र हुने गतिविधिहरुको तथ्याङक प्राप्त गर्नको लागि संचारमाध्यमलाई समेत कठिन भएको भन्दै सर्वसाधरणको यस विषयमा पहुँच पुग्न नसक्ने पत्रकार महासंघका उपाध्यक्ष प्रनिश गिरी      बताउँछन् ।

कार्यक्रममा बोल्दै जिल्ला समबन्य समितिका प्रमुख मनोहर बि पौडेलले सरकारले सूचना पाउने अधिकारको सुनिश्चित गरेको भन्दै सरकारी निकायमा रहेका जिम्मेवार व्यक्तिले सूचना दिन कुनै कमी गर्न नहुने बताए ।

उनले समयमै सूचना नदिनु भनेको पनि गम्भीर भ्रष्टाचार हुने बताउँदै यसतर्फ जिम्मेवार व्यक्तिहरुले ध्यान दिनुपर्ने बताए । पर्बतमा रहेका धेरै सरकारी कार्यलयहरुमा सूचना अधिकारीहरु तोकिएको र उहाँहरु स्वयं जिम्मेवार भएर सुचनाको हक प्रयोग गर्ने जो कोहिलाई पनि सुचना दिन आग्रह गरे ।

कार्यक्रममा जिल्ला न्यायधिश मोहनराज भट्टराईले कतिपय गोपनियताको हकभित्र पर्ने सूचना बाहेक नागरिक र आम संचार माद्यामले प्रकृयात रुपमा माग गरेका सुचना उपलव्ध        गराउन कुनै आनाकानी गर्न नहुने बताए । 

प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले सवै कार्यालयहरुमा तत्काल सूचना अधिकारी तोक्न तथा सुचना व्यवस्थापन गर्नका लागि र आम नागरिकहरुलाई जुनसुकै माध्यामबाट भएपनि माग गरेको अवस्थामा सूचना उपलव्ध गराउन निर्देशन दिए ।

पर्वतका विगत केहि वर्षदेखि सवैजसो सरकारी कार्यालयमा सूचना अधिकारी तोकिएको छ । सर्वसाधारणमा चेतनाको कमी हो या अन्य       कारणले हक प्रयोग नहुने गरेको सुचना अधिकारीहरुको भनाई      रहेको छ । व्यवस्थापिक–संसद्ले २०६४ साल साउन २ गते सूचनाको हकसम्बन्धीको विधेयक पारित गरेको थियो । विसं २०६४ साउन ५ गते विधेयक      प्रमाणीकरण भएको थियो भने आजैका दिनदेखि सूचनाको हकसम्बन्धी ऐन लागू भएको थियो । सोही दिन पारेर राष्ट्रिय सूचना दिवस मनाउन थालिएको हो । सुचना दिबस मनाउन लागिएको अहिले १० बर्ष भएपनि पर्बतमा भने यो दोस्रो पटक मात्र सुचना दिबस मनाईएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु