नन्दराम जैशी | भदौ-६, जुम्ला | जुम्लाको उर्थुचौतारामा दैनिकजसो बिहानैदेखि सवारी यात्रुहरुको घुईचो लाग्ने गर्दछ । पातारासि गाँउपालिकाको साविकका छुमचौर, डिल्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नन्दराम जैशी | भदौ-६, जुम्ला | जुम्लाको उर्थुचौतारामा दैनिकजसो बिहानैदेखि सवारी यात्रुहरुको घुईचो लाग्ने गर्दछ । पातारासि गाँउपालिकाको साविकका छुमचौर, डिल्"/>

११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुर्घटनाको उच्च जोखिम, जिपले यात्रुलाइ बोक्दै छ कि यात्रुले जिप ?

६ भाद्र २०७४, मंगलवार ०६:०६


नन्दराम जैशी | भदौ-६, जुम्ला | जुम्लाको उर्थुचौतारामा दैनिकजसो बिहानैदेखि सवारी यात्रुहरुको घुईचो लाग्ने गर्दछ । पातारासि गाँउपालिकाको साविकका छुमचौर, डिल्लीचौर र पट्माराबासि सवारी यात्राको पर्खाइमा बिहानैदेखि उर्थुचौतारामा पर्खिरहेका हुन्छन् । तर सहज यात्रा भने उनिहरुले कहिल्यै गर्न पाएका छैनन् । सडक संजालले भरर्खरै छोएको पातारासि गाँउपालिकामा अहिले सामान ढुवानिका लागि ट्याक्टरहरु संचालन हुदै आएका छन् । जसमध्य जुम्ला सदरमुकामदेखि उर्थुचौतारा सडक खण्डलाइ अहिले अस्थायीरुट कायम गरीएको छ । करीब १० किलो मिटर अस्थायीरुट कायम गरीएको उक्त सडक खण्डमा केहि महिना यता २/३ वटा जिपहरु संचालन हुदै आएका छन् ।     

पातारासि गाँउपालिकाको विभिन्न गाँउहरुबाट सदरमुकाम झर्ने यात्रुहरु सोहि सडक खण्डमा यात्राका लागि दैनिक उर्थुचौतारामा पर्खिरहेका हुन्छन् । तर उनिहरुलाई भने सवारी यात्रा गर्न त्यति सहज छैन । कच्ची, हिलाम्य सडकमा दिनदिनै यात्रुहरु डरै डरले यात्रा गर्न बाध्य छन् । भने अर्को तिर सदरमुकामदेखि उर्थुचौतारा सडक खण्डमा संचालन भएका सवारीहरु पनि जोखिम अवस्थामा छन् । थोरै जिप संचालन भएकाले सदरमुकामबाट उर्थुमा बल्ल बल्ल पुग्ने जिपहरु क्षमता भन्दा अत्यधिक बढि यात्रुहरु बोकेर फर्किन्छन् । त्यहाँ पिजहरु पुगेपछि झट्ट हेर्दा यात्रुहरुको घुईचोले जिपले यात्रुलाइ बोक्दैछ कि यात्रुले जिप बोक्दैछन् भन्ने छुट्याउन सकिदैन । त्यसरी संचालित सवारी र यात्रुहरु दुबै दुर्घटनाको उच्च जोखिममा देखिन्छन् ।   

यात्रु टासि लामाले भन्नुभयो, पहिले छुमचौरबाट बजार जाँदा हिडेरै ३ घण्टाले पुगिन्थ्यो । अहिले सवारीको पर्खाइमा बस्दा झन् ४/५ घण्टा समय लाग्छ । यसले गर्दा यकातिर समयको बर्बाद भएको छ भने अर्कोतिर दुर्घटनाको जोखिम मोलेका छौ । त्यस सडक खण्डमा राज्यले सवारी संचालन अनुमति नदिनु पथ्र्यो, होइन भने सडक र सवारी ब्यवस्थीत हुनुपर्छ उहाले भन्नुभयो । जिप सेवा संचालन भएपछि हिड्ने बानि हराउदै गएको भन्दै अल्छीपन सृजर्ना भएको डिल्लीचौरबासि सपना बोहोराको भनाइ छ । उहाले भन्नुभयो, अहिलेको जसरी जिप सेवा संचालन भएमा एक दिन अवश्य ठुलो दुर्घटना भोग्नुपर्छ तर त्यस भन्दा पहिले राज्यले निगरानि राख्नुपर्छ । जिप मालिकले सेवा भन्दा फाइदाको दृष्टिले हेरीरहेका छन् । हामि यात्रा गर्न बाध्य छौ । जिप चढ्नकै लागि मनपरी भाडा तिर्न तिर्नु पर्दछ । त्यो पनि जिप नपाएपछि पावर लगाउने चलन छ । नागरीकको ज्यानसँग ख्यालबाड गरी यसरी जिप संचालन हुन दिनु राज्यको चरम लापरवाहि हो, उहाले भन्नुभयो ।     

यता कर्णाली अंचल यातायात ब्यवस्था कार्यालयले हाल जिप संचालन भैरहेको सडकखण्डलाई अस्थायीरुट कायम गरेपनि के कति सवारी कसरी संचालन भैरहेका छन् भन्ने बिषयमा कुनै जानकारी नभएको जनाएको छ । यस बिषयमा जिल्ला प्रशासन कार्यालय र जिल्ला ट्राफिक कार्यालय भने बेखबर रहेका छन् ।    

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु