आज हरितालिका तीज । हरित (हरण गरिएकी) आलिका (शखीद्वारा) अर्थात् सखीद्वारा हरण गरिएकी पार्वतीले गुप्त स्थानमा शिवजी स्वामी पाउनका लागि गरिएको उपवास (व्रत) लाई हरितालिका तीज भनिएको हिन्दू धर्ममा पाइन्छ ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... आज हरितालिका तीज । हरित (हरण गरिएकी) आलिका (शखीद्वारा) अर्थात् सखीद्वारा हरण गरिएकी पार्वतीले गुप्त स्थानमा शिवजी स्वामी पाउनका लागि गरिएको उपवास (व्रत) लाई हरितालिका तीज भनिएको हिन्दू धर्ममा पाइन्छ ।

२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

आज हरितालिका तीज -ब्रत बस्दा ध्यानदिनुपर्ने चिकित्सकको सल्लाह

२०७४, ८ भाद्र बिहीबार ०२:३२

आज हरितालिका तीज । हरित (हरण गरिएकी) आलिका (शखीद्वारा) अर्थात् सखीद्वारा हरण गरिएकी पार्वतीले गुप्त स्थानमा शिवजी स्वामी पाउनका लागि गरिएको उपवास (व्रत) लाई हरितालिका तीज भनिएको हिन्दू धर्ममा पाइन्छ ।

धर्मग्रन्थअनुसार पिता हिमालयले पार्वतीको विवाह भगवान विष्णुसँग गरिदिन खोजेका थिए । तर, पार्वतीले शिवलाई पतिका रूपमा ग्रहण गर्ने बताएर व्रत बसिन् । पार्वतीको कठोर निराहार व्रतका प्रभावले महादेव पति पाउन सफल भएको धर्मग्रन्थमा उल्लेख छ । सखीले पार्वतीलाई हरित गरेर लुकाउँदा व्रत बसेकाले त्यसैको नामबाट यस व्रतको नाम ‘हरितालिका’ रहन गएको विश्वास छ । सोही बेलादेखि तीजको व्रत बस्न थालिएको धर्मग्रन्थमा उल्लेख छ ।

सोही कारण अविवाहित महिलाहरू असल पति पाउने आकांक्षामा यो व्रत बस्छन् । विवाहित महिलाहरुले आफ्नो पतिको र्दिायुको कामना गर्दै व्रत बस्ने परम्परा छ ।  रातभर जाग्राम बसेर शिवको पूजाअर्चना गर्ने गरिन्छ ।

हिमालय पर्वतकी पुत्री पार्वतीले बाल्यकालदेखि श्री महादेव स्वामी पाऊँ भनी मनमनै कामना गरिरहेको भए पनि पिता हिमालयले भगवान् विष्णुलाई कन्यादान दिन तयारी गरेको थाहा पाई सखीहरूले पार्वतीलाई हरेर कसैले नदेख्ने ठाउँमा लुकाएर राखेको र सोही स्थानमा पार्वतीले श्री महादेव स्वामी पाऊँ भनी निर्जला व्रत बसेको हुनाले यसलाई हरितालिका व्रत भन्ने गरिएको पुराणमा वर्णन गरिएको छ । हिन्दू नारीहरूको महान् धार्मिक पर्वका रूपमा लिइने हरितालिका व्रतमा पतिको लामो आयुको कामना      गरी निराहार व्रत बसेर रातभर आफ्नो अटल सौभाग्यको प्रतीकस्वरूप दियो, कलश स्थापना गरी भोलिपल्ट गोदान र पूर्ण पात्र गरेर व्रत तोड्ने परम्परा छ ।

परापूर्वकालदेखि आफ्नो सम्पूर्ण आस्था र विश्वासका साथ हिन्दू नारीहरू निराहार र निर्जल बसी आजका दिन भगवान् शिवको पूजा अचर्नासहित हरितालिका तीजको व्रत बस्दैछन । भाद्र शुक्ल द्वितीयाका दिन हिजो राति दर खाई आज तृतीयाका दिनदेखि सुरु हुने तीज पर्व पञ्चमीको दिन अरूनधत्तीसहित सप्तऋषिको पूजा गरेपछि सम्पन्न हुन्छ । दिनभरि पानी पनि नखाई निर्जल वा निराहार बस्ने व्रत भएकाले एक दिनअघि नाचगान रमाइलो गरी राति दरका रूपमा मीठामीठा परिकार खाने चलन छ। तीजको दर खान विशेष गरी माइतीले छोरी(चेलीलाई बोलाउने र विवाहित महिलाले आफ्नो अटल सौभाग्यका लागि छोरीचेलीलाई       चुरापोते प्रदान गर्नेजस्ता चलन पनि यस पर्वमा पाइन्छ ।

हरितालिका व्रतका प्रभावले हिमालयपुत्री पार्वतीले भगवान् शिवजीलाई पतिका रूपमा प्राप्त गर्न सफल भएकाले तीजको व्रतको महत्व बढेको हो । त्यसैले       राम्रो र चिताएको पति पाउन अविवाहित कन्याले पनि तीजको व्रत बस्ने गरेको     देखिन्छ ।स्कन्ध, लिङ्ग पुराणमा विभिन्न कथाका आधारमा प्रारम्भ भएको धार्मिक पर्व हरितालिका व्रतको पौराणिक महत्व एकातिर छ भने पौराणिक कथा र आख्यानलाई आत्मसात गर्दै सांस्कृतिक सञ्जीवनीले पनि यो पर्व ओतप्रोत छ ।

भगवानको आराधनासहित आजका दिन महिलाहरूले तीजको गीतको भाकामा आफ्ना वर्षभरिका पीडा पोख्ने चलनस्वरूप विभिन्न धार्मिकस्थलमा महिलाहरूले मादल घन्काउँदै नाचगान गरेको दृश्य देखिन्छ । नेपाल बहुजातीय र बहुसांस्कृतिक देश भएकाले आफ्नो धर्म संस्कृतिअनुसार मनाइने तीजको अवसरमा सरकारले महिलाका लागि आज सरकारी बिदा दिएको छ ।

केही वर्षयता तीज आउनुअघि नै भड्किलोरूपमा दर खाने र उपहार दिने क्रमले गर्दा कतै यो पर्व हुनेखानेको मात्र नहोस् भन्ने चिन्ता पनि गर्न थालिएको छ। अनावश्यक खर्च गर्ने यस्तो परिपाटीलाई निरुत्साहित गर्न सकिएमा तीजको महत्व झन् बढ्दै जाने देखिन्छ ।

तिज र स्वास्थ्य

तीज पर्वको अघिल्लो दिन दर खाने र भोलीपल्ट ब्रत बस्ने चलन छ । तीजका अबसरमा खानपानमा विशेष ध्यान दिनुपर्ने चिकित्सकहरुले बताएका छन्. । तीजका बेलामा प्रयोग हुने दुध, दहि, घ्यू तथा अन्य विभिन्न प्रकारका खानेकुराहरुको सन्तुलन नहुने हो भने त्यसले थप संकटमा पार्ने चिकित्सक     बताउँछन् ।

हरितालिका तीजको दिन व्रत बस्ने भन्दै महिलाहरू अगिल्लो रात दर खाने गर्छन् । तर, राति दरस्वरूप खाइने विभिन्न परिकार शरीरका लागि कत्तिको उपयुक्त छ भन्नेमा धेरै महिला सजग भएको भेटिँदैन । 

स्वास्थ्य अवस्था सामान्य नरहेको मानिसले व्रत बस्न रहर गर्नु पनि उचित हुँदैन । तीज आफू भोकै बसी आफ्नो पतिको दीर्घायुको कामना गर्ने दिन भएकाले पहिले नै विचार र्पुयाउनुपर्ने हुन्छ। सामान्य अवस्थामा भोकै बस्नु ठीकै भएपनि शारीरिक अवस्था ठीक नभएका मानिसका लागि निराहार बस्नु स्वास्थ्यका लागि हानिकारक हुनसक्छ । दर खाने दिन अर्थात् तीजको अघिल्लो दिन आवश्यकताभन्दा बढी खाने र भोलिपल्ट हरितालिका तीजको दिन निराहार व्रत बस्नाले शरीरको पाचन प्रक्रियामा नराम्रो असरसमेत पर्न सक्छ । पानी पनि नपिई व्रत बसेर नाचगान गर्दा शरीरबाट पसिना निस्कन्छ र पानीको मात्रा कमी भएर ’डिहाइडूेसन’ हुनसक्छ  । फलस्वरूप, कतिपय महिला नाचगान गर्दागर्दै ढल्छन् । त्यसैले तीजका दिन अन्न नखाए पनि फलफूल तथा पानी सेवन गर्नु आवश्यक हुन्छ । 

धेरैजसो नेपालीमा एसिडिटीको समस्या छ । एसिडिटी भनेको पेटमा एसिडको मात्रा बढी भएर पेट पोल्नु र अन्य लक्षण देखिनु हो । एसिडिटीका रोगी भोकै बस्दा स्वास्थ्यमा नराम्रो असर पर्छ । त्यसैले यस्ता रोगीले औषधि खाइरहेको अवस्थामा व्रत बस्नुअघि फलफूल तथा चिया खाएरमात्र व्रत बस्नु उत्तम हुन्छ । 

यसैगरी मधुमेहका बिरामी भोकै बस्दा स्वास्थ्यमा खराब असर पर्छ । मधुमेहका बिरामीले औषधि लिइरहेको अवस्थामा व्रत बस्नु हुँदैन । यस्ता बिरामी व्रत बस्दा रगतमा सुगरको मात्रा कम भएर कमजोरी हुने, बेहोसै हुने पनि हुनसक्छ । बिरामी अचेत भएर कतिपय अवस्थामा कोमामा समेत जान सक्छन् । कसैलाई त्यस्तो सुगर निकै कम भएर गाह्रो भएको शंका भए तुरुन्त मिठाइ तथा चकलेट वा केही गुलियो खानुपर्छ । यसैगरी उच्च रक्तचाप भएकाहरू पनि पानी नपिई व्रत बस्दा ’डिहाइडूेसन’ हुन्छ । 

यसैगरी रक्तचाप घट्ने एवं मुटुको धड्कन बढ्ने हुन्छ । धेरै महिलालाई व्रत बस्दा टाउको दुख्ने, रिंगटा लाग्ने हुन्छ । डिहाइडूेसनका कारण पनि टाउको दुख्छ । त्यसैगरी गर्भवती महिलाले पनि व्रत बस्नु हुँदैन । कतिपय महिला तीजका दिन निराहार व्रत बसेर भोलिपल्ट मात्र खान्छन् । भोको पेटमा सुरुमै गह्रौं खाना खानु हुँदैन । त्यसैले कालो चिया वा जुस खाएरमात्र अन्य खानेकुरा खानु उचित हुन्छ । 

शास्त्रमा निराहार व्रत बस्नै पर्ने कुरा कतै उल्लेख गरिएको छैन । त्यसैले फलाहार गरेर तीजको व्रत बस्नु उत्तम हुन्छ । चाडपर्वमा आफ्नो स्वास्थ्यलाई बेवास्ता गर्दा उल्टै बिरामी परिएला । स्वास्थ्यलाई पनि ध्यान दिएर तीज मनाइयो भने मात्र तीज मनाउनुको आनन्द रहिरहने छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध