२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

करारमा राख्न र स्थायी गर्न माग

२०७४, ९ भाद्र शुक्रबार १२:२७

भदौ ९,काठमाडौँ। नेपाल आंशिक प्राध्यापक संघले त्रिवि तथा सरकारसँग पटक पटक भएको सम्झौतानुसार त्रिविमा प्राध्यापनरत सम्पूर्ण आंशिक प्राध्यापकलाई प्रक्रिया पु¥याएर करार तथा स्थायी गर्न माग गरेको छ । 

संघले आज यहाँ पत्रकार सम्मेलन गरी विसं २०६३, २०६५, २०६६ तथा २०६९ मा पटक पटक सम्झौता भए पनि आफूहरुलाई सरकारले करारमा नियुक्त गर्ने तथा स्थायी गर्नेतर्फ कुनै कदम नचालेको जनाएको छ । 

कार्यक्रममा पूर्वशिक्षामन्त्री राधाकृष्ण मैनालीले आंशिक प्राध्यापकको मागे रोजीरोटीसँग जोडिएकाले सरकारले तिनको माग सम्बोधन गर्नुपर्ने बताउनुभयो । नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले नेपालको शिक्षा क्षेत्रमा परिवर्तन गर्नुपर्ने बेलामा राजनीति हावी भएकाले विकृति छाएको बताउनुभयो । 

त्रिवि प्राध्यापक संघका महासचिव नन्दकिशोर सिंह, प्रगतिशील प्राध्यापक संघका सचिव रामकुमार राई, आंशिक प्राध्यापक संघका संयोजक शशीकुमार शर्मालगायतले त्रिविमा एक दशकभन्दा बढीदेखि प्राध्यापनरतलाई छिटो प्रक्रिया पु¥याएर करार तथा स्थायी गर्न माग गर्नुभयो । संघले तीन महिनादेखि आन्दोलन गर्दै आएको छ । सो क्रममा आंंशिक प्राध्यापकहरु ३२ दिनदेखि अनशन बस्दै आएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा