२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बेरोजगार हुनुहुन्छ ? अब सरकारी वेबसाइटबाटै यसरि खोज्नुहोस् जागिर

२०७४, १० भाद्र शनिबार ०५:४०

भदौ १०, काठमाडौं ।  के तपाई बेरोजगार हुनुहुन्छ ? त्यस्तो हो भने तपाईले आफ्ना लागि उपयुक्त रोजगारको अवसर सरकारी वेबसाइटमै गएर खोज्न सक्नुहुन्छ । 

कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)को सहयोगमा अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) नेपालले श्रम तथा रोजगार मन्त्रालयसँगको सहकार्यमा आजदेखि सो वेबसाइट(www.jobkhoj.gov.np) सन्चालनमा ल्याएको हो ।

निजी क्षेत्रबाट रोजगारीसम्बन्धी विभिन्न वेबसाइट सन्चालनमा रहेपनि सरकारीस्तरबाट निजी क्षेत्रको रोजगारीलाई केन्द्रमा राख्दै खोलिएको पहिलो वेबसाइट हो । श्रम मन्त्रालयअन्तर्गत देशका १४ ठाउँमा रहेका रोजगार सूचना केन्द्रले समेत यसका लागि सहजकर्ताको भूमिका खेल्नेछ ।

वेबसाइटमा बिभिन्न पदहरुमा कामका लागि मागसहितको विवरण राखिएको हुन्छ, त्यो हेरेर आफूलाई उपयुक्त पदमा आवेदन दिन सकिनेछ । रोजगारको खोजीमा रहेकाहरुले आफूले चाहेको काम, सिकेको सीप, शैक्षिक योग्यतालगायतका विवरणसहितको व्यक्तिगत विवरण पठाउन सक्नेछन् ।

त्यस्तै, रोजगारदाताले आफूले चाहेको कामदार, पदलगायतका विवरण पठाउन सक्नेछ । श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मंसुरले आज एक कार्यक्रमबीच सो वेबसाइटको शुभारम्भ गर्दै यसले रोजगारदाता र रोजगारी खोज्नेहरुका लागि समन्वयको काम गर्ने विश्वास व्यक्त गरे ।

उनले विविध क्षेत्रमा नेपालभित्रै रोजगारीको अवसर रहेपनि विदेशिनै पर्छ भन्ने मानसिकताले समस्या ल्याएको टिप्पणी गरे । सरकारले सातै प्रदेशमा सीपमूलक तालीम दिने तयारी सुरु गरिसकेकोले यसले रोजगारीको अवसर सिर्जना गर्ने उनको भनाई छ ।

श्रम तथा रोजगार मन्त्रालयका सचिव लक्ष्मणप्रसाद मैनालीले वेबसाइटमार्फत बढीभन्दा बढी रोजगारदाता र रोजगारीको खोजीमा रहेकाहरुले सेवा पाउन भन्ने आफूहरुको ध्येय रहेको बताउँदै आवश्यकताअनुसार वेबसाइटको परिमार्जन गरिने बताए ।

‘आइएलओ’ नेपालका देशीय निर्देशक रिचार्ड हवार्डले वेबसाइटले रोजगारीको अवसर र सूचना देशभर पुर्‍याउने तथा निजी क्षेत्र र कामदारका लागि पुलको काम गर्ने आशा व्यक्त गरे । कार्यक्रममा रोजगारदाता र मजदुर संगठनका प्रतिनिधिहरुले वेबसाइट सन्चालनमा आएकोमा खुशी व्यक्त गर्दै यसको निरन्तरता र प्रभावकारितामा ध्यान दिन सुझाव दिएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा