२ माघ २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाढी पहिरोका कारण पाँच वर्षमा एक हजार बढीको मृत्यु

१० भाद्र २०७४, शनिबार १०:२५

भदौ १०, काठमाडौँ । बाढी पहिरोका कारण पछिल्लो पाँच वर्षमा एक हजार ३७ जनाको मृत्यु भएको छ । उक्त अवधिमा बाढी पहिरोका कारण ५३४ बेपत्ता र ५३४ घाइते भएका छन् । 

आर्थिक वर्ष २०६९/७० देखि हालसम्म बाढीबाट ४८० र पहिरोबाट ५५७ जनाको मृत्यु भएको छ । बाढीका कारण बेपत्ता हुनेको सङ्ख्या भने पहिरोको भन्दा बढी रहेको तथ्याङ्कले देखाउँछ । बाढीका कारण ३४१ जना र पहिरोका कारण १९३ जना बेपत्ता भएका छन् । 

बाढीका कारण सबैभन्दा बढी मृत्यु हुने जिल्लामा बर्दिया ४५, सुर्खेत ३४, दाङ ३१, मोरङ २३, बाँके २४, सिन्धुली २०, रौतहट १८, सुनसरी १५, सर्लाही र नवलपरासी १३/१३, उदयपुर र सप्तरी १२/१२, मकवानपुर र कालीकोट ११/११, झापा १० र काठमाडौँ नौजना छन् । 

यस्तै बाढीका कारण सुर्खेतमा ९७, बर्दियामा २५, कालीकोटमा १७, मोरङमा र सुनसरीमा १२/१२, झापा र बाँकेमा १०/१०, सिन्धुलीमा नौ र कैलालीमा आठजना बेपत्ता भएको गृह मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । 

२०७१ साल साउन अन्तिम साता आएको ठूलो बाढीका कारण सुर्खेत, बर्दिया र दाङमा ठूलो मानवीय क्षति भएको थियो । बाढीका कारण सो अवधिमा ९४ घाइते, ५९ हजार ९४ परिवारको आंशिक घर क्षति, ३८ हजार ३६ र नौ हजार ८३८ घर पूर्ण रुपमा क्षति भएको गृह मन्त्रालयले जनाएको छ । सोही अवधिमा बाढीका कारण रु १५ अर्ब दुई करोड ७५ लाख ३६ हजार ७३९ अनुमानित क्षति भएको गृहमन्त्रालयको आँकडा छ । 

यस्तै यो पाँच वर्षको अवधिमा पहिरोको कारण ५५७ को मृत्यु, १९३ बेपत्ता र ४४० जना घाइते भएका छन् । दुई हजार ८३९ परिवार प्रभावित हुँदा ७१६ घर आंशिक क्षति र ९०६ घर पूर्ण क्षति भएका छन् । पहिरोबाट सो अवधिमा रु एक अर्ब चार करोड ६२ लाख २४ हजार ५३७ अनुमानित क्षति भएको गृह मन्त्रालयको तथ्याङ्क छ । 

यस्तै पहिरोको कारण बढी मृत्यु हुने जिल्लामा ताप्लेजुङमा ५३, सिन्धुपाल्चोक ५०, कास्की ४४, गुल्मी २५, बाग्लुङ २३, सङ्खुवासभा १८, पाल्पा १७, गोरखा १३, दोलखा र इलाम १४÷१४ र नुवाकोटमा १२ जनाको मृत्यु भएको थियो । पहिरोका कारण यो अवधिमा सिन्धुपाल्चोकमा मात्रै १२३, दोलखामा ११ र सङ्खुवासभामा ६ जना बेपत्ता भएका छन् । २०७१ साल साउन १७ गते सिन्धुपाल्चोकको जुरेमा आएको पहिरोको कारण ठूलो मानवीय क्षति भएको थियो । 

पछिल्लो पटक यो वर्ष आएको बाढीपहिरोको क्षतिबाहेक यो पाँच वर्षको अवधिमा बाढी पहिरोका कारण ६१ हजार ९३३ परिवार प्रभावित भएको र जसमध्ये ३९ हजार ९३ घर आंशिक क्षति तथा १० हजार ७४४ घर पूर्ण क्षति भएका छन् । बाढीपहिरोको कारण सो अवधिमा रु १६ अर्ब सात करोड ३७ लाख अनुमानित क्षति भएको गृहमन्त्रालयको आँकडा छ । 

बाढीका कारण भौतिक संरचनामा बढी क्षति भए पनि पहिरोको कारण मानवीय क्षति बढी हुने गरेको पछिल्लो पाँच वर्षको तथ्याङ्कले देखाएको छ । 

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदी बाढीपहिरोजस्ता विपद्का घटनाबाट हुने क्षतिलाई न्यूनीकरण गर्न मन्त्रालयले आवश्यक कदम चालिरहेको बताउनुहन्छ । 

सरकारले जिल्ला, क्षेत्र र केन्द्रस्तरमा गरी तीन तहमा राहत तथा उद्धारका लागि संरचना बनाएको र सोही अनुरुप काम भइरहेको छ, उहाँले भन्नुभयो, “जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला दैवी प्रकोप उद्धार समिति, क्षेत्रमा क्षेत्रीय प्रशासकको नेतृत्वमा क्षेत्रीय समिति र केन्द्रमा गृहमन्त्रीकै नेतृत्वमा दैवीप्रकोप राहत तथा उद्धार समिति रहेको छ ।” जसले कुनै पनि स्थानमा विपद्का घटना भए आफ्नो तर्पmबाट राहत तथा उद्धारका काम शुरु गरिहाल्छ । 

यस्तै प्रमुख नदीमा जडान गरिएको पूर्व बाढी सूचना प्रणालीका कारण मानवीय क्षति कम हुँदै गएको गृह मन्त्रालयको भनाइ छ । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीभित्र पनि विपद्को समयमा राहत तथा उद्धारलाई केन्द्रमा राखेर छुट्टै गण तथा तालिम दिइराखेको उहाँले बताउनुभयो । 

मन्त्रालयले विपद् व्यवस्थापनसम्बन्धी विधेयकको खाका तयार पारिसकेको र छिट्टै मन्त्रिपरिषद् हुँदै संसद् लैजाने तयारी भइरहेको पनि प्रवक्ता सुवेदीले जानकारी दिनुभयो । 

विपद् जोखिम व्यवस्थापन विज्ञ डा कृष्ण देवकोटाले नेपालको पहाडी क्षेत्र कमजोर भू–धरातल रहेकामा भुइँचालोपछि थप कमजोर बनेको तथा इञ्जिनियरिङ र भूगोलको अध्ययनबिना जथाभावी सडक निर्माणका कारण पहिरोका घटना बढ्दै गएको बताउनुभयो । 

यस्तै चुरेको अति दोहन, छोटो समयमा अतिवृष्टि र राज्यले प्रभावकारी भूउपयोग नीति बनाउन नसक्दा वर्षेनी बाढीको कारण नेपालमा ठूलो धनजनको क्षति हुने गरेको छ । त्यसैमा भारतीय पक्षले नेपाली सीमामा लगाएका बाँधका कारण थप समस्या परेको छ । 

यो वर्ष बाढीका कारण एक सय सन्ताउन्नको मृत्यु 

गृहमन्त्रालयका अनुसार गत साउन २७ गतेपछि केही दिन लगातार परेको वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १५७ र बेपत्ता हुनेका सङ्ख्या २९ पुगेको छ । मृत्यु हुनेमा रौतहट १८, झापा १६, मोरङ १६, सर्लाही १३, सुनसरी १२, महोत्तरी नौ, बाँके आठ, दाङ सात, सिन्धुली र पर्सा ६÷६ तथा मकवानपुर र चितवन पाँच÷पाँच जना रहेको छ । 

यो वर्ष बाढी पहिरोका कारण ४३ हजार ४०६ घर पूर्ण क्षति र एक लाख ५८ हजार १९४ घर आंशिक क्षति भएको गृह मन्त्रालयले जनाएको छ । एक लाख ४८१ जना बाढी पहिरोका कारण विस्थापित भएका छन् । किरण भट्टराई/रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेलाई धरौटीमा रिहा गर्न अदालतले दियो आदेश अदालत परिसरमै वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण प्रयास समाजवादी मोर्चाले काठमाडौंमा माघ १६ गते कार्यक्रम गर्ने गर्यो निर्णय रविको थुनछेक सम्बन्धी सुनुवाइ सकियो, आजै आदेश आउने देशलाई उत्पादन केन्द्रको रुपमा परिणत गर्नुपर्छ : प्रधानमन्त्री ओली आशिका तामाङ पक्राउ ‘वार्मअप’ खेलमा नेपाल अमेरिकासँग पराजित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण: रवि पक्षका वकिलको बहस सकियो ट्रम्पलाई पेजेस्कियानको चेतावनीः इरानसँग युद्धको जोखिम नमोल ओलीको कार्यशैलीविरुद्ध आलोचना गर्दै स्टाटस लेखेपछि एमाले नेता कार्की पार्टीबाट निलम्बित रविका वकिलको माग : मुद्दा अगाडि बढाउने आधार छैन, तारेखमा छोड्नुपर्छ बेंगलोरमा ७ वर्षिया नेपाली बालिकाको बलात्कारपछि आमाकै अगाडि हत्या, एक जना पक्राउ महाभियोगपछि निलम्बित दक्षिण कोरियाका राष्ट्रपति पक्राउ क्यानाडामा नेपालीले जिते १० लाख डलरको चिट्ठा एलन मस्कका विरुद्ध सेकले हाल्यो मुद्दा जय ट्रफीको फाइनलमा पनि साहबको उत्कृष्ट बलिङ, लिए ७ विकेट काठमाडौं काडाँघारीबाट चार क्विन्टल भन्दा बढी रक्तचन्दन बरामद सुनचाँदीको मूल्यमा सामान्य वृद्धि! काठमाडौँ अदालतमा रविका पक्षमा बहस सुरु चार संसदीय समितिको बैठक आज बस्दै