भास्कर के/सी/कञ्चनपुर । भाद्र ७ गते बुधवार राति कञ्चनपुरको भिमदत्त नगरपालिका स्थित ऐठपुर ६ नहरको डिलमा ढुङ्गा माथि हत्या गरिएको सशस्त्र प्रहरी जवानको नरेन्द"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भास्कर के/सी/कञ्चनपुर । भाद्र ७ गते बुधवार राति कञ्चनपुरको भिमदत्त नगरपालिका स्थित ऐठपुर ६ नहरको डिलमा ढुङ्गा माथि हत्या गरिएको सशस्त्र प्रहरी जवानको नरेन्द"/>

११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

प्रहरी जवानको हत्या उनकै सहकर्मीद्वारा गरिएको पुष्टि

१० भाद्र २०७४, शनिबार १२:४१


भास्कर के/सी/कञ्चनपुर । भाद्र ७ गते बुधवार राति कञ्चनपुरको भिमदत्त नगरपालिका स्थित ऐठपुर ६ नहरको डिलमा ढुङ्गा माथि हत्या गरिएको सशस्त्र प्रहरी जवानको नरेन्द्र कुवँरको हत्या उनकै सहकर्मीले गरेको पुष्टि भएको छ । 

सँगै बसेर मदिरा सेवन गरेका सहकर्मीले भान वहादुर विष्टले हत्या गरेको पुष्टि भएको कञ्चनपुर प्रहरी प्रमुख एसपी प्रकाश चन्दले जानकारी दिए । 

हत्या भए लगतै विष्ट सशस्त्र प्रहरी बल अन्तर्गत कैलालीको बनवेहडामा रहेको बडिमालिका गणमा कार्यरत रहेको प्रहरीले जनाएको छ । विष्टको घरमा खानतलासी गर्दा हत्या गरिएका नरेन्द्र कुँवरको घाँटीमा लगाएको सुनको सिक्री फेला परेको छ । 

सुनको सिक्री भेटिएपछि प्रहरी नियन्त्रणमा रहेका भान वहादुर विष्टले आफूले नै हत्या गरेको स्वीकार गरेका थिए । उनको मोबाइल भने अझै फेला परेको छैन् । उनीहरुले बुधवारराति ऐठपुरस्थित नहर नजिकैको रहेको  संगम होटलमा बसेर मदिरा सेवन गरेका थिए । मदिरा सेवन गरेपछि नरेन्द्र कुँवरकै मोटरसाईकलमा चढेर गएका विष्टले नजिकै ढुङ्गामा सुतिरहेको समयमा ढुङ्गाले हानेर हत्या गरेका हुन्।

हत्या गरे लगत्तै उनले आफू उम्किन घट्नास्थलमा छुरी र नरेन्द्र कुँवरको मोटरसाइकल र आवश्यक कागजात नहरमा फालेर रातिनै विष्ट कैलालीको बनवेहडामा रहेको बडिमालिका गणमा गएका थिए । त्यहाँ बाट नेपाल प्रहरीले विहान ल्याएको थियो । 


बिहिवार बिहान शव फेला परेपछि होटल सञ्चालक, दुई युवती, भान बहादुर विष्ट लगायता ७ जनालाई नियन्त्रणमा लिएको थियो । हत्याका मुख्य अभियुक्त देखिएका भानवहादुर विष्ट आपराधिक प्रवृतिको रहेको प्रहरीले जनाएको छ । उनले यसअघि पहिले पनि गाउँमै एक युवालाई चक्कु प्रहार गरेको समेत खुल्न आएको छ ।

हत्या गरिएका सशस्त्र प्रहरी जवान कुँवरको घर तिलकपुर ३ र हत्या गर्ने भानवहादुर विष्टको घर हल्दुखाल ७ मा रहेको छ । नजिकै रहेको दुवै गाँउ भएकाले उनीहरु दुवैजना बच्चादेखी कै साथी थिए ।

सशस्त्र प्रहरी भन्सार गुल्म गड्डाचौकीमा कार्यरत २४ वर्षीय सशस्त्र प्रहरी जवान नरेन्द्र कुँवरको बुधवार राति हत्या भएको थिया उनको अन्तिम संस्कार शुक्रबार दिउसो धार्मिक परम्परा अनुसार महाकालीमा गरिएको हो । 

कुवँरका काका हर्क सिह कुँवरले दागबत्ति दिएका थिए भने सशस्त्र प्रहरी बलको एक टुकुडीले कुँवरलाई सलामी दिएको थियो । प्रहरीले घट्नाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप