पढ्न करिब 1 मिनेट लाग्छ

भदौ ११, काठमाडौँ | आफ्नै देशमा रोजगारी तथा व्यवसायिक उपार्जनको राम्रो वातावरण नभएपछी नेपाली नागरिकता त्याग्ने क्रम बढेको छ ।

बिभिन्न कारण देश छाडेर विदेश जाने गरेका नेपालीहरु विदेशमै स्थायी बसोबास मिलाएपछि नेपाली नागरिकता त्याग्ने गरेका प्रसस्त उदाहरणहरु छन् ।

यसैबीच बेलायती सेनाका सेवानिवृत्तलाई उतै स्थायी बसोबाससहितको सुविधा उपलब्ध भएपछि बेलायती सेनाका अधिकांश परिवारले नेपालको नागरिकता त्यागि देश नै छाड्ने क्रम तीव्र बनेको छ ।

कास्कीमा २०६६ बैशाखपछी नेपाली नागरिकता त्याग गरि बिदेश जानेको संख्या २ सय ५३ पुगेको छ । त्यस्तै गोरखामा पनि २०७० यता ३७ जना नेपालीले आफ्नो देशको नागरिकता त्याग गरेको पाइएको छ ।

नागरिकता त्याग गर्नेहरुले विदेशकै बसोबासको स्थाई ब्यबस्था मिलाएपछी नेपालमा बस्न मन नगरेको पाईएको छ । देशमा राजनीतिक तथा आर्थिक सवलता र रोजगारी लगायत बिभिन्न कारणको समस्या देखाई नागरिकतानै त्याग गर्नेहरु बढ्दै गएका छन् ।