२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

क्यान्सरका बिरामीलाई निःशुल्क सेवा दिँदै अटोचालक

२२ जेष्ठ २०८२, बुधबार ११:३०

काठमाडौँ । चितवनमा एक अटोचालकले क्यान्सरका बिरामीलाई निःशुल्क सेवा दिँदै आउनुभएको छ । उहाँले हरेक दिन बिहान ७ः०० देखि १०ः०० बजेसम्म नारायणगढको पुल्चोकबाट बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालसम्म निःशुल्क सेवा दिँदै आउनुभएको हो ।

पर्साको ठोरी गाउँपालिका–१ का स्थायी बासिन्दा २६ वर्षीय आकाश अर्यालले क्यान्सरका बिरामीको सेवा गर्दै आउनुभएको हो । पश्चिम नेपालबाट रात्रि बसमा आएका बिरामीहरू बसबाट झर्नेबित्तिकै क्यान्सर अस्पतालसम्म पुग्न अटो चढ्नुपर्छ ।

विगत चार वर्षदेखि भरतपुरमा अटो चलाउँदै आउनुभएका उहाँले धेरै क्यान्सर बिरामीका कथा सुन्नुभयो । कतिपय बिरामीले उपचारमा सम्पत्ति सकिएको, औषधि किन्न पैसा नभएको, खाना र बस्न पनि समस्या भएको आफ्नो दुखेसो अटोमा चढ्दै गर्दा उहाँसँग पोख्थे । उहाँले भन्नुभयो, “मैले आफ्नो अटोबाट केही सहयोग गर्न सक्छु भने किन नगर्ने ? भनेर निःशुल्क सेवा सुरु गरेँ ।” यही सोचले उहाँले गएको मातातीर्थ औँसीदेखि निःशुल्क सेवा सुरु गर्नुभएको हो । उहाँले हरेक बिहान ७ः०० देखि १०ः०० बजेसम्म पुल्चोकबाट बिपी कोइराला क्यान्सर अस्पतालसम्म बिरामी र तिनका आफन्तलाई निःशुल्क दिँदै आउनुभएको छ ।

उहाँले भन्नुभयो, “बिहान धेरै बिरामी टोकन लिन अस्पताल पुग्छन्, त्यसैले मैले यो समय छानेको हुँ ।” पश्चिमबाट आउने बसहरूले धेरै बिरामी झार्ने उहाँको अनुभव छ । त्यसैले उहाँले पुल्चोकलाई आधार बनाएर सेवा दिएको बताउनुभयो । बसमा नारायणगढमा झर्ने कतिपय बिरामी उहाँको अटो खोज्दै आउँछन्, त कतिपयलाई उहाँ आफैँले बस–बसमा गएर खबर गर्नुहुन्छ ।

दश बजेपछि पनि कोही बिरामी भेटिए आफन्तसहित तीन जना छन् एकजना बिरामीको भाडा उहाँले लिनुहुन्न । बाटोमा बुढाबुढी हिँडिरहेको देखे भने पनि उहाँले उनीहरूलाई निःशुल्क गन्तव्यसम्म पुर्याउनुहुन्छ । त्यसो त अन्य समयमा युवक अर्यालले व्यावसायिक रूपमा अटो चलाउनुहुन्छ र त्यही आम्दानीले परिवार चलाउनुभएको छ ।

विदेश जाने तयारीमा रहनुभएका युवक अर्यालले आफ्नो मामाको विदेश अनुभव सुनेपछि स्वदेशमा नै केही गर्ने अठोट लिएको सुनाउनुभयो । उहाँले भन्नुभयो, “आफ्नै देशमा बसेर आफ्नो काम गर्दै केही समय दुःखीको सेवा गर्न चाहन्छु ।” सेवाका लागि धन होइन, मन चाहिने दृष्टान्त उहाँले प्रस्तुत गर्नुभएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म