२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रदेश समाचार

पर्वतमा जेठदखि नै धान र कोदो रोपाइँ

२०८२, २२ जेष्ठ बुधबार १४:३८
काठमाडौँ । मनसुन सक्रिय बनेसँगै पर्वतमा जेठ तेस्रो सातादेखि नै धान र कोदोको रोपाइँ सुरु भएको छ ।
जिल्लाका उच्च पहाडी भूभाग तथा सिमसार क्षेत्रमा धान रोपाइँ सुरु भएको हो भने अन्य स्थानमा कोदो रोपाइँ सुरु भएका छ । गत वर्ष लामो समयसम्म खडेरी पर्दा समयमा धान रोप्न नपाएका कृषकले यस वर्ष भने मध्य जेठमा नै धान र कोदो रोपाइँ सुरु गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
कुश्मा नगरपालिका, मोदी गाउँपालिका, महाशिला गाउँपालिका र जलजला गाउँपालिकाको खाली रहेका क्षेत्रमा कृषकहरूले धानखेती सुरु गरेका छन् । मनसुन समयमा नै भित्रिएको र केही समय ढिलाइ गरेर धान रोपाइँ कार्य सुरु गर्दा जनशक्तिको अभाव हुने भएकाले पनि सुरुमा नै रोपाइँ सुरु गरिएको कुश्मा–१४ आर्थरडाँडाखर्कका कृषक चन्द्रबहादुर क्षेत्रीले बताउनुभयो ।
पर्वतमा सात हजार ६२८ हेक्टर क्षेत्रफलमा वर्खे धान रोपाइँ हुने गरेको छ । उच्च पहाडी, मध्य पहाडी र समथर भूभाग समेटेको पर्वतमा विशेषत सावित्री, राम धान, च्याम्पियन, मकवानपुर, आपझुत्ते, मानिसरा, मनसुली, अनदी, कालो मसिनो, यूएस, महाराजा, होलसी, बहुबुडी, हर्दिनाथ, जेठो बूढो, पहेँले, गुर्दी, एक्ले, खुमल, गौरिया, झिनुवा, बिरमफूल, पोखरेली जेठो बूढो, गुर्जा, लुम्ले, माछापुच्छ्रे, जर्नेली, सुगन्ध, हाइब्रिडलगायतका जातका धान लगाउने गरिएको छ ।
गत वर्षको तथ्याङ्कअनुसार जिल्लामा २७ हजार मेट्रिक टन धान उत्पादन भएको जिल्ला कृषि ज्ञान केन्द्रका सूचना अधिकारी सोविता सुवेदीले जानकारी दिनुभयो । धानखेती हुनेमध्येको ३६ प्रतिशत क्षेत्रफलमा मात्रै सिँचाइको प्रबन्ध रहेको भए पनि त्यो सबै क्षेत्रमा पनि सबै समयमा पानी उपलब्ध नहुने अवस्था रहेको सुवेदीले बताउनुभयो ।
फलेवास नगरपालिका, पैयुँ गाउँपालिका, जलजला गाउँपालिका र कुश्मा नगरपालिकामा धेरै धानखेती हुने गरेको छ । धानसँगै कोदो रोपाइँमा समेत कृषकलाई भ्याइनभ्याइ भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । कतिपय ठाउँमा कोदो रोपाइँ सकेपछि मात्र धान रोपाइँ सुरु गरिन्छ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार