२३ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

कालीगण्डकी पदयात्राः आज पूजन र आरती, भोलि यात्रा

२२ जेष्ठ २०८२, बुधबार १४:४१
काठमाडौँ । कालीगण्डकी नदीको अस्तित्व जोगाउन तनहुँको देवघाटदेखि कालीगण्डकी नदीको शिर दामोदरकुण्डसम्म हुने कालीगण्डकी पदयात्राको तयारी पूरा भएको छ ।
‘प्रकृति, संस्कृति र सभ्यताको आराधना, कालीगण्डकी पदयात्रा एक आध्यात्मिक साधना’ भन्ने मुख्य सङ्कल्प र आदर्शमा सञ्चालन हुने यो पदयात्रा बिहीबारदेखि देवघाटबाट आरम्भ भएर चार हप्ताको पैदल यात्रापछि कालीगण्डकीको शिर दामोदर कुण्डमा पुगेर सम्पन्न हुनेछ ।
सोअनुसार आज साँझ वेणी सङ्गममा गण्डकी पुजन र विशेष आरती हुने पदयात्राका संयोजक तथा देवघाटस्थित महेश संस्कृत गुरुकुलमका प्राचार्य फणिन्द्रप्रसाद पौडेलले जानकारी दिनुभयो । पदयात्रा बिहीबार बिहान ७ः३० बजे देवघाटबाट सुरु हुने उहाँले जानकारी दिनुभयो ।
राष्ट्र, राष्ट्रियता, संस्कार, संस्कृति र मौलिक सनातनी नेपाली गौरवलाई देशभित्र तथा बाहिर परिचित गराउने र आत्मगौरवले सजिएको नेपाली स्वाभिमानको पुनर्जागरण गर्ने उद्देश्यले ऐतिहासिक कालीगण्डकी पदयात्रा गर्न लागिएको पौडेलले उल्लेख गर्नुभयो ।
राष्ट्रिय स्वाभिमान र सनातन नेपाली संस्कृतिको प्रवद्र्धनमा संस्थागतरुपमै लागिपरेको महेश सन्न्यास आश्रम देवघाटधामको सङ्कल्प र आह्वानमा यो पदयात्रा सञ्चालन हुन लागेको संयोजक पौडेलले बताउनुभयो ।
उक्त पदयात्रामा महेश सन्न्यास आश्रमका सन्त मधुसुदनानन्द गिरी र रमणानन्द गिरीका साथमा गलेश्वर आश्रम, हरिहर सन्न्यास आश्रमका सन्तहरुको उपस्थिति रहनेछ भने नेपालका प्रतिष्ठित सबै मठ मन्दिरका प्रतिनिधि र भारतका विभिन्न मठ तथा आश्रमबाट आमन्त्रित साधकको पनि उल्लेख्य सहभागिता रहने छ ।
देवघाटदेखि दामोदरकुण्डसम्मको उक्त पदयात्रा २५ दिनको रहनेछ । तराईदेखि पहाड हुँदै हिमालसम्मको पदयात्राको दूरी ४३१ किलोमिटर रहेको छ । महेश सन्न्यास आश्रमका वर्तमान पीठाधीश युवासन्त स्वामी रमणानन्द गिरीजी महाराजको मौलिक नेपाली स्वाभिमान, संस्कार र सभ्यताप्रतिको सम्मान, समर्पण तथा प्रवद्र्धन गर्ने दृढ लगाव र विश्वासमा उक्त पदयात्रा सञ्चालन गर्न लागिएको पौडेलले बताउनुभयो ।
कालीगण्डकी संसारकै ठूलो हिमशृङ्खलाबाट उत्पन्न भएर नेपालको मध्यभागलाई सिञ्चन गर्दै बग्ने संसारकै पवित्रतम देवनदी हो । यसका तटवर्ती क्षेत्रहरुमा हजारौँ वर्षदेखि मानवीय अस्तित्व संरक्षित रहेको छ । त्यसका कारण कालीगण्डकीका किनारमा अनेकौं जीवन, संस्कृति र सभ्यता विकसित भएका छन् ।
विश्वमा देवताको प्रत्यक्ष स्वरुप मानिने शालिग्राम यसै नदीमा मात्र उपलब्ध हुने भएकाले पुराण वाङ्मयले कालीगण्डकीलाई देवनदीका रुपमा वर्णन गरेका छन् । यसै तथ्यलाई अवलम्बन गरेर हजारौं तपस्वी ऋषिमुनिले गण्डकीका पवित्र किनारलाई विचार र ज्ञानसाधनाको केन्द्रका रुपमा प्रयोग गर्दै आएका छन् । धार्मिक, पौराणिक र आध्यात्मिक ऊर्जाका अतिरिक्त अनुपम प्राकृतिक सौन्दर्य, जैविक विविधता तथा पर्वतीय जनजीवनको जीवन्त सम्पदाका रुपमासमेत गण्डकीको सेरोफेरो प्रसिद्ध मानिन्छ । साथमा यस क्षेत्रले सनातनको आस्था र विश्वासमा अडिएको नेपाली जनजीवन, सामाजिक संरचना र अर्थतन्त्रलाई गतिशील बनाउन सक्ने पर्यटकीय अथाह सम्भावना बोकेको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक २७.१९ अंकले बढ्यो प्रधानमन्त्री कार्की र केपी शर्मा ओलीबीच भेटवार्ता ट्याक्टरले किचेर एक जना मजदुरको मृत्यु निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्रीको आग्रह रवि लामिछाने आज चितवन जाने झापा–५ मा बालेनको सम्पर्क कार्यालयमा तोडफोड सुनचाँदीको मुल्य घट्यो नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ