२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

किर्गिजस्तानका पूर्व राष्ट्रपतिलाई ११ वर्ष जेल सजाय

२०८२, २२ जेष्ठ बुधबार १६:१८

किर्गिजस्तानको एक अदालतले देशमा भ्रष्टाचार र व्यापक अशान्तिमा संलग्नता भएको अभियोगमा एक निर्वासित पूर्व राष्ट्रपतिलाई ११ वर्षभन्दा बढी जेल सजाय सुनाएको छ ।

सन् २०११ देखि २०१७ सम्म राष्ट्रपति रहेका अल्माज्बेक अताम्बायेभले निर्वाचित राष्ट्रपतिलाई गणतन्त्र किर्गिजस्तानको शान्तिपूर्ण सत्ता हस्तान्तरण गर्नुभएको थियो ।

सन् १९९१ मा सोभियत सङ्घको पतनसँगै स्वतन्त्रता प्राप्त गरेयता किर्गिजस्तानमा तीनवटा क्रान्ति भएका छन् ।

अताम्बायेभलाई पहिलो पटक अगस्ट २०१९ मा उहाँको निवासमा छापा मारी पक्राउ गरिएको थियो, त्यसपछि सन् २०२० को आन्दोलनबीच अस्थायी रूपमा मुक्त गरिएको थियो भने पछि उहाँलाई पुनः पक्रउ गरिएको थियो ।

सन् २०२३ मा स्वास्थ्यको कारण देखाउँदै उहाँ जेलबाट छुट्नुभएको थियो । उहाँ उपचारका लागि स्पेन जानुभएको थियो भने त्यसयता उहाँ स्वदेश फर्किनुभएको छैन ।

एक नयाँ मुद्दामा अदालतले उहाँलाई अवैध रूपमा भूमि अधिग्रहण गरेको र सन् २०१९ अगस्तमा व्यापक अशान्तिमा भाग लिएको अभियोगमा दोषी ठहर गरेको छ ।

अदालतले उहाँको अनुपस्थितिमा साढे ११ वर्षको जेल सजाय सुनाएको छ ।

किर्गिजस्तानका वर्तमान राष्ट्रपति सादिर जापारोभले अताम्बायेभलाई आममाफी दिन आग्रह गरेमा आफूले माफी दिनेबारे विचार गर्ने बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “घटना भएको छ वर्ष बितिसकेको छ । स्थिति शान्त भएको छ । मलाई लाग्छ, अदालत कम कठोर हुन सक्थ्यो,” जापारोभले किर्गिजस्तानको राज्य सञ्चालित समाचार संस्था कबारसँग बताउनुभयो ।

जापारोभ सन् २०२० को आन्दोलनको बलमा सत्तामा स्थापित हुनुभएको थियो ।

यो देशलाई लामो समयदेखि मध्य एसियाको सबैभन्दा स्वतन्त्र र लोकतान्त्रिक देशको रूपमा हेरिएको थियो ।

तर हालैका वर्षहरूमा किर्गिजस्तानका सरकार र प्रशासकहरूले लोकतान्त्रिक प्रतिगमन अङ्गालेको र स्वतन्त्र नागरिक समाज र सञ्चार माध्यमहरूमाथि बढ्दो दमन गरेको भनी अधिकारवादी समूहहरूले आलोचना गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार