२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

किर्गिजस्तानका पूर्व राष्ट्रपतिलाई ११ वर्ष जेल सजाय

२२ जेष्ठ २०८२, बुधबार १६:१८

किर्गिजस्तानको एक अदालतले देशमा भ्रष्टाचार र व्यापक अशान्तिमा संलग्नता भएको अभियोगमा एक निर्वासित पूर्व राष्ट्रपतिलाई ११ वर्षभन्दा बढी जेल सजाय सुनाएको छ ।

सन् २०११ देखि २०१७ सम्म राष्ट्रपति रहेका अल्माज्बेक अताम्बायेभले निर्वाचित राष्ट्रपतिलाई गणतन्त्र किर्गिजस्तानको शान्तिपूर्ण सत्ता हस्तान्तरण गर्नुभएको थियो ।

सन् १९९१ मा सोभियत सङ्घको पतनसँगै स्वतन्त्रता प्राप्त गरेयता किर्गिजस्तानमा तीनवटा क्रान्ति भएका छन् ।

अताम्बायेभलाई पहिलो पटक अगस्ट २०१९ मा उहाँको निवासमा छापा मारी पक्राउ गरिएको थियो, त्यसपछि सन् २०२० को आन्दोलनबीच अस्थायी रूपमा मुक्त गरिएको थियो भने पछि उहाँलाई पुनः पक्रउ गरिएको थियो ।

सन् २०२३ मा स्वास्थ्यको कारण देखाउँदै उहाँ जेलबाट छुट्नुभएको थियो । उहाँ उपचारका लागि स्पेन जानुभएको थियो भने त्यसयता उहाँ स्वदेश फर्किनुभएको छैन ।

एक नयाँ मुद्दामा अदालतले उहाँलाई अवैध रूपमा भूमि अधिग्रहण गरेको र सन् २०१९ अगस्तमा व्यापक अशान्तिमा भाग लिएको अभियोगमा दोषी ठहर गरेको छ ।

अदालतले उहाँको अनुपस्थितिमा साढे ११ वर्षको जेल सजाय सुनाएको छ ।

किर्गिजस्तानका वर्तमान राष्ट्रपति सादिर जापारोभले अताम्बायेभलाई आममाफी दिन आग्रह गरेमा आफूले माफी दिनेबारे विचार गर्ने बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “घटना भएको छ वर्ष बितिसकेको छ । स्थिति शान्त भएको छ । मलाई लाग्छ, अदालत कम कठोर हुन सक्थ्यो,” जापारोभले किर्गिजस्तानको राज्य सञ्चालित समाचार संस्था कबारसँग बताउनुभयो ।

जापारोभ सन् २०२० को आन्दोलनको बलमा सत्तामा स्थापित हुनुभएको थियो ।

यो देशलाई लामो समयदेखि मध्य एसियाको सबैभन्दा स्वतन्त्र र लोकतान्त्रिक देशको रूपमा हेरिएको थियो ।

तर हालैका वर्षहरूमा किर्गिजस्तानका सरकार र प्रशासकहरूले लोकतान्त्रिक प्रतिगमन अङ्गालेको र स्वतन्त्र नागरिक समाज र सञ्चार माध्यमहरूमाथि बढ्दो दमन गरेको भनी अधिकारवादी समूहहरूले आलोचना गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव