२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

छुवाछूत उन्मूलन राष्ट्रिय दिवसमा अठार जना दलित सम्मानित

२३ जेष्ठ २०८२, बिहीबार ११:४८

काठमाडौँ । उन्नाइसौँ जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा यहाँका ८० वर्षमाथिका १८ जना दलित ज्येष्ठ नागरिकलाई आँबुखैरेनी गाउँपालिकाले सम्मान गरेको छ ।

‘जातीय भेदभाव तथा छुवाछूत अन्त्य गरौँ, समतामूलक समाजको निर्माण गरौँ’ नारासहित बुधबार आँबुखैरेनीमा आयोजित कार्यक्रममा नगदसहित दोसल्ला र सम्मानपत्रले उहाँहरूलाई अभिनन्दन गरिएको हो ।

आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले उहाँहरुलाई सम्मान गर्नुभएको हो । सो अवसरमा अध्यक्ष चुमानले दलित समुदायलाई सधैँ प्राथमिकता राखेर गाउँपालिकाले नीति तथा कार्यक्रम अघि बढाउँदै आएको बताउनुभयो ।

सोही अवसरमा गाउँपालिकामा निर्वाचित आठ जना दलित जनप्रतिनिधिलाई पनि सम्मान गरिएको थियो । सम्मान कार्यक्रम आँबुखैरेनी गाउँपालिका कार्यपालिका सदस्य गङ्गा विकको सभापतित्वमा भएको थियो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ