२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

छुवाछूत उन्मूलन राष्ट्रिय दिवसमा अठार जना दलित सम्मानित

२०८२, २३ जेष्ठ बिहीबार ११:४८

काठमाडौँ । उन्नाइसौँ जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा यहाँका ८० वर्षमाथिका १८ जना दलित ज्येष्ठ नागरिकलाई आँबुखैरेनी गाउँपालिकाले सम्मान गरेको छ ।

‘जातीय भेदभाव तथा छुवाछूत अन्त्य गरौँ, समतामूलक समाजको निर्माण गरौँ’ नारासहित बुधबार आँबुखैरेनीमा आयोजित कार्यक्रममा नगदसहित दोसल्ला र सम्मानपत्रले उहाँहरूलाई अभिनन्दन गरिएको हो ।

आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले उहाँहरुलाई सम्मान गर्नुभएको हो । सो अवसरमा अध्यक्ष चुमानले दलित समुदायलाई सधैँ प्राथमिकता राखेर गाउँपालिकाले नीति तथा कार्यक्रम अघि बढाउँदै आएको बताउनुभयो ।

सोही अवसरमा गाउँपालिकामा निर्वाचित आठ जना दलित जनप्रतिनिधिलाई पनि सम्मान गरिएको थियो । सम्मान कार्यक्रम आँबुखैरेनी गाउँपालिका कार्यपालिका सदस्य गङ्गा विकको सभापतित्वमा भएको थियो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार