सन्तोषाकुमार गुप्ता । दाङ ११ भदौ । थारु समुदायको बसोबास रहेक जिल्लाहरुमा आइतवार धुमधामका साथ अट्वारी पर्व मनाइएको छ ।  पश्चिम नेपालका दाङ, स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषाकुमार गुप्ता । दाङ ११ भदौ । थारु समुदायको बसोबास रहेक जिल्लाहरुमा आइतवार धुमधामका साथ अट्वारी पर्व मनाइएको छ ।  पश्चिम नेपालका दाङ, स"/>
२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङ सहित पश्चिम नेपालका थारु समुदायले मनाए धुमधामका साथ अट्वारी पर्व

११ भाद्र २०७४, आईतवार १४:१४

सन्तोषाकुमार गुप्ता । दाङ ११ भदौ । थारु समुदायको बसोबास रहेक जिल्लाहरुमा आइतवार धुमधामका साथ अट्वारी पर्व मनाइएको छ ।  पश्चिम नेपालका दाङ, सुर्खेत, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरका थारु समुदायले अट्वारी पर्व धुमधामसँग मनाउने गर्छन । हरेक बर्षको अष्टमीपछि चन्द्रमा देखिने बिक्तिकै मनाउने परम्परा अनुसार आइतवार उपयुक्त ठानी अट्वारी मनाउन लागिएको हो ।

मुख्यगरी थारु समुदायका पु्रुषहरुले महिलाको सम्मानको लागि भनेर यो दिनलाई विशेष रुपमा लिने गरेका छन। आजको दिन पानी समेत नखाएर निर्जला ब्रत बस्ने गरिन्छ । अट्वारी पर्व कृण्ण जन्माअष्टमीको आठ दिन पछि आउने आइतवारका दिन मनाउने प्रचलन थारु समुदायमा रहेको छ । यो पर्व सूर्य अर्थात शक्तिको उपसनाको लागि गर्ने गरिएको नेपाल सरकारका श्रम तथा रोजगार राजय मन्त्री डिल्ली बहादुर चौधरीले वताए ।

किंम्वदन्ती अनुसार दाङका थारु राजा दंगीशरण, पाण्डव र कौरवको बीचको युद्धका नायक भिमसंग समेत जोडेर यो पर्वलाई मनाउन गरिएको उनले वताए । उनले थारु राजा र पाच पाण्डवको सम्बन्धलाई बलियो बनाउन यो पर्व मनाइने गरेको उनले वताए । अट्वारीमा शनिवार साँझ दर खाएका थारु समुदायले अर्को दिन दिनभर पानी समेत नपिएर ब्रत बस्ने गर्दछन् । थारु समुदायको प्रमुख पर्व मध्येको यो पर्वमा आजै बेलुका पख घरका छुट्टै कोठामा लिपपोत गरेर चोखो रुपमा रोटी, पूरी पकाएर अट्वारी पूजा गर्ने चलन छ ।

अट्वारीमा रोटी काँक्रा, दही, केरा, अग्रासन झिकेर पूजा गर्ने परम्परा छ । भोलिपल्ट बिहान पाँच अथवा सात प्रकारका गेडागुडीयुक्त तरकारी, भातको फरहार गरिन्छ । फरहार गरिसकेपछि आफ्ना चेलीबेटीलाई काशेली अग्रासन दिन जाने चलन रहेको छ । अट्वारी पर्वलाई आफ्ना चेलीवेटीलाई सम्मान तथा दाजुभाई र दिदीबहिनीबीच एक आपासमा सद्भाव साटासाट गर्ने पर्वका रुपमा पनि लिइने गरेको श्रम तथा रोजगार राज्यमन्त्री डिल्ली बहादुर चौधरीले जानकारी दिए ।

मन्त्री चौधरीले धर्म संस्कृतिको संरक्षण आबश्यक रहेको भन्दै सबैलाई एक बनाउन धर्म र सस्कृतीले महत्व राख्ने वताएका छन , उनले सस्कृती र परमपराको संरक्षण आबश्यक भएको वताए । अटवारीमा गरिने विभिन्न विधिले थारुहरुको संस्कृती र परमपरालाई जगेर्ना गर्ने स्थानीय थारु अगुवाहरुलेले वताएका छन । यसैबिच श्रम तथा रोजगार राज्यमन्त्रीमा नियुक्त भएपछी गृह जिल्ला दाङ आएका राज्यमन्त्री डिल्ली बहादुर चौधरीले आफ्नै घरमा यो पर्ब मनाएका छन । उनले पर्बको अबसरमा सबैलाई सुभकामना समेत दिएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ